Newsletter
Email:
Home | विचित्र विश्व | मरेको बच्चो बौरिएपछि

मरेको बच्चो बौरिएपछि

Font size: Decrease font Enlarge font

पाराग्वेको एक अस्पतालमा जन्मेको बच्चालाई जन्मेको एक घन्टापछि नै मृत घोषित गरियो । दाहसंस्कारका लागि मृत बच्चालाई घरमा लगियो ।

बाकसमा हालेर धार्मिक विधि गरिरहेका वेला बच्चा रुन थाल्यो । आफ्नो छोरो जिउँदै भएको थाहा पाउनेबित्तिकै बच्चाको बाबु जोसे एलभारेंजाको खुसीको सीमा रहेन ।

हाल त्यस बच्चालाई त्यही अस्पतालको सघन उपचार कक्षमा राखिएको छ र उसको स्वास्थ्य विलकुल दुरुस्त छ । अस्पतालको प्रसूति सेवाका प्रमुख अर्नेस्टो वेबरका अनुसार राम्ररी स्वास्थ्य परीक्षण नगरी बच्चालाई मृत घोषित गरिएको थियो । उनी भन्छन्, 'यो लापरबाहीको उदाहरण हो । यस घटनाबारे अनुसन्धान गरिनेछ ।'

यसै अस्पतालको प्रसूति विभागमा कार्यरत एक डाक्टरका अनुसार बच्चालाई मृत घोषित गर्नुअगाडि एक घन्टासम्म विभिन्न परीक्षण गरिएका थिए । 'तर,' उनी भन्छन्, 'उसको नाडी चले/नचलेको पत्ता लगाउनै मुस्किल परेको थियो ।'

समय नपुगी जन्मेको उक्त बच्चाको तौल मात्र पाँच सय ग्राम थियो । जन्मँदा सबभन्दा कम तौल भएको बच्चाको विश्व रेकर्ड भने एक अमेरिकी बच्चाले राखेको थियो, जसको तौल केवल दुई सय ८० ग्राम थियो ।

एजेन्सीको सहयोगमा

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?