Newsletter
Email:
Home | शिक्षा | सहभागितामूलक शिक्षणमा जोड

सहभागितामूलक शिक्षणमा जोड

Font size: Decrease font Enlarge font
image

सुरेन्द्र सिटौला
अध्यक्ष, बागमती मोडर्न कलेज

बागमती मोडर्न कलेज सन् १९९६ मा स्थापना भएको हो । विश्वविद्यालयका अनुभवी र दक्ष शिक्षकको सहभागितामा स्थापना भएको सो कलेजले विद्यार्थीलाई सुरुदेखि नै सामाजिक र नैतिक ज्ञान दिँदै आएको छ । नक्सालमा सञ्चालन हुदै आएको सो कलेज हालै मात्र सुकेधारमा आफ्नै भवनमा सरेको छ । कलेजका विशेषताबारे अध्यक्ष सुरेन्द्र सिटौलासित गरिएको छोटो कुराकानी ः

कलेजका विशेषता के-के छन् ?

करिब २० रोपनी क्षेत्रफलमा फैलिएको हाम्रो कलेज भौतिक तथा शैक्षिक रूपमा राम्रो अवस्थामा छ । सात करोडको लगानीमा यस वर्षबाट बृहत् रूपमा भौतिक तथा शैक्षिक गुणस्तरमा जोड दिएर विद्यार्थीलाई सहभागितामूलक र प्रयोगात्मक तरिकाले सिकाइ गर्ने कार्यक्रम बनाएका छौँ । यसका साथै हामीले दुईपटक प्लस टु बोर्ड टप गरेका छौँ भने नेपाल छात्रा विद्यापदकसमेत प्राप्त गर्न सफल भएका छौँ ।

विद्यार्थी आकषिर्त गर्न भौतिक पूर्वाधारमा जोड दिइएको हो ?

त्यसो होइन, भौतिक पूर्वाधार हुँदैमा कलेजमा राम्रो र गुणस्तरीय शिक्षा हुन्छ भन्ने छैन । हाम्रो पहिलो प्राथमिकता भनेको नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । हामी विद्यार्थीलाई परेका हरेक समस्या समाधान गर्ने गर्छां । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन हामीले एउटा कक्षामा ३५ जनासम्म विद्यार्थी राखेर समूहगत छलफल तथा अन्तर्त्रिmया गराएर पढाउने गरेका छाँै । गुणस्तरीय शिक्षा दिन भौतिक पूर्वाधार पनि आवश्यक पर्छ । तर, हामीले विद्यार्थी आकषिर्त गर्न भौतिक पूर्वाधारमा जोड दिएका भने होइनौँ ।

छात्रवृत्तिको व्यवस्था छ ?

यस कलेजमा आउने धेरैभन्दा धेरै विद्यार्थीलाई हामीले छात्रवृत्ति दिने व्यवस्था गरेका छौँ । विज्ञान, व्यवस्थापन र मानविकी सबै संकाय गरी हामीले वर्ष दिनमा एक सय २० विद्यार्थीलाई २५ देखि शतप्रतिशतसम्म छात्रवृत्ति दिने गरेका छौँ । विद्यार्थीको अवस्था र अध्ययनको स्थिति हेरेर छात्रवृत्तिको कोटा निर्धारण हुन्छ ।

हामी ई-स्कुलिङ गर्दै छौँ

भेषराज पोखरेल
पि्रन्सिपल, टेक्सास इन्टरनेसनल कलेज

टेक्सास इन्टरनेसनल कलेज चाबहिल मित्रपार्कमा रहेको छ । टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कअन्तर्गत रहेको सो कलेज सन् २००९ मा स्थापना भएको हो । 'पूर्ण मानव विकासका लागि शिक्षा' भन्ने मूल नारा लिएर स्थापना भएको सो कलेजमा विभिन्न विश्वविद्यालयका प्राज्ञिक व्यक्ति रहेका छन् । कलेजहरूका भीडमा आफूलाई गुणस्तरीय शिक्षामा अब्बल कलेजका रूपमा छोटो समयमै चिनाउन सक्नुका कारणका विषयमा कलेजका पि्रन्सिपल भेषराज पोखरेलसित गरिएको कुराकानी ः

छोटो समयमै सबैको मन जित्न सक्नुका कारण ?

हाम्रो कलेज शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका प्राज्ञिक व्यक्तिहरूको व्यवस्थापन र शिक्षण कार्यबाट सञ्चालित हो । हाम्रो कलेजमा आएका विद्यार्थीका सम्पूर्ण वृतिविकासका लागि हामीले कार्य गर्दै विद्यार्थीलाई सहभागितामूलक शिक्षणबाट गुणस्तरीय शिक्षाबाट छोटो समयमै विद्यार्थी तथा अभिभावकलगायत सबैको मन जितेका हौँ ।

कलेजका विशेषता के-के छन् ?

हाम्रो कलेजको प्रमुख उद्देश्य भनेकै विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिनु हो । त्यसकारण हामीले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरका विषयवस्तु सिकाइरहेका छौँ । विद्यार्थीलाई सकारात्मक सोच र खोजका विषयमा जानकारी दिने गरेका छौँ । मल्टिमिडियाको प्रयोगबाट शिक्षण गर्दै आएका तथा प्रयोगात्मक शिक्षालाई बढी जोड दिएका छौँ । अत्याधुनिक सुविधासम्पन्न ल्याब तथा लाइब्रेरी रहेको हाम्रो कलेजमा हामीले विद्यार्थीलाई चौबीसै घन्टा इन्टरनेटको सुविधा दिएका छौँ । यसका साथै यस वर्षबाट हामीले इ-लाइब्रेरी पनि सञ्चालनमा ल्याउनेछौँ । इ-लाइब्रेरीसँगै हामी अन्तर्राष्ट्रिय क्षेत्रका कलेज तथा शिक्षण संस्थासित सम्पर्क गर्नेछौँ । मध्यम तथा उच्चमध्यम परिवारका विद्यार्थीका लागि स्थापित हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले विद्यार्थीको अवस्था हेरेर २० देखि सतप्रतिशतसम्म छात्रवृत्ति दिने गरेका छौँ ।

कलेजलाई ई-स्कुलिङतर्फ जाँदै छ भन्न मिल्छ ?

मिल्छ । हाम्रो लक्ष्य नै त्यही हो । ई-लाइब्रेरीसँगै हामीले विद्यार्थीलाई एक-एकवटा आइडी बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका शिक्षण संस्थामा लिंक गरेर उनीहरूलाई अन्तर्राष्ट्रियस्तरका कलेज तथा विद्यार्थीसित सम्पर्क गराउन सहयोग गर्ने छौँ । इ-स्कुलिङका माध्यमबाट विद्यार्थीलाई प्राविधिक विषयमा ज्ञान दिनेछौँ । आइटी क्षेत्रमा इ-स्कुलिङको प्रक्रियामा हामी गएका छौँ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?