Newsletter
Email:
Home | शिक्षा | शैक्षिक र भौतिक पूर्वाधारमा पूर्ण मोर्गन कलेज

शैक्षिक र भौतिक पूर्वाधारमा पूर्ण मोर्गन कलेज

Font size: Decrease font Enlarge font
image

दीपेन्द्र भण्डारी

संस्थापक पि्रन्सिपल, मोर्गन इन्टरनेसनल कलेज

मोर्गन इन्टरनेसनल कलेज यसै वर्षबाट नयाँ योजना र उत्साहका साथ बसुन्धरामा सञ्चालनमा आएको छ । यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकीका कक्षा सञ्चालन गरिएको छ । यसै कलेजका विषयमा संस्थापक पि्रन्सिपल दीपेन्द्र भण्डारीसँग गरिएको कुराकानीः

के नयाँपन लिएर सुरु गर्नुभएको छ कलेज ?

हामीले धेरै नयाँ कुरा लिएर मोर्गन इन्टरनेसनल कलेज सञ्चालन गरेका छौँ । हामीसँग विश्वविद्यालयका प्रख्यात र उच्च योग्यता भएका, विद्यावारिधि गरेका र मेडलिस्ट शिक्षक छन् । हामीले दिने शिक्ष्ाामा गुणस्तर हुन्छ । प्राक्टिकल बेसमा पढाइने भएकाले अरू शैक्षिक संस्थाको भन्दा मोर्गनमा भिन्नखालको हुन्छ । हाम्रो शिक्षण विधिले विद्यार्थीलाई आत्मविश्वास बढाउँछ । वैज्ञानिक शिक्ष्ाण विधि रहेको छ । नियमित कक्षा सञ्चालन हुन्छ र पुस्तक लेखकहरू यस संस्थामा शिक्षक हुनुहुन्छ । अनुशासनलाई धेरै प्राथमिकता दिइएको छ ।

शैक्षिक र भौतिक सुविधालाई कत्तिको ध्यान दिनुभएको छ ?

हामीसँग प्रशस्त शैक्षिक र भौतिक सुविधा रहेका छन् । शैक्षिक र भौतिक रूपमा पूर्ण छ मोर्गन कलेज । सबै कक्ष्ााकोठामा एसी जडान गरेका छौँ । नाइटभिजन सिसिटिभी छन् । अत्याधुनिक शैक्षिक सामग्री तथा ल्याबको व्यवस्था गरेका छौँ । खेलकुदको पनि राम्रो व्यवस्था छ । सबै खेल आफ्नै कलेज परिसरमा खेल्न सकिन्छ । हामीले राष्ट्रिय महिला तथा पुरुष बास्केटबलको पनि आयोजना गरेका छौँ ।

अहिले धेरै कलेज खुलेका छन्, प्रतिस्पर्धा कसरी गर्नुहुन्छ ?

प्लस टुमा मात्र होइन अहिले सबैतिर उत्तिकै प्रतिस्पर्धा छ । हामीले गुणस्तरीय शिक्षा दिएर विद्यार्थी र अभिभावकलाई सन्तुष्टि पार्ने लक्ष्य हो । त्यस्तो सन्तुष्टि दिन सक्छौँ भन्ने हाम्रो विश्वास छ । हामीले उच्च माध्यमिक शिक्षा परिषद्को कोषका अतिरिक्त आइएलटिएस, टोफललगायतका अतिरिक्त कोर्ष पढाउँछौँ । अंग्रेजीमा कमजोर विद्यार्थीका लागि छुट्टै कक्षा सञ्चालन गर्छौं । हामीले समय-समयमा विदेशका लेक्चरर बोलाएर विद्यार्थीलाई बढी ज्ञान दिन्छौँ ।

यस कलेजमा आउने विद्यार्थी के खोज्छन् ?

राम्रा शैक्षिक वातावरण, भौतिक सुविधा, विभिन्न विश्वविद्यालयको सम्बन्धनबारे सोधखोज गर्छन् । यहाँ आउने विद्यार्थी हाम्रो शैक्षिक र भौतिक सुविधामा सन्तुष्ट छन् । यसै वर्षबाट बिबिए, बिबिएस, बिएचएमलगायतका कार्यक्रम चलाउँदै छौँ ।

 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?