सिद्धान्त र व्यवहारबीचको खाडल पुर्नेछौँ
दिवस शाक्य
प्रबन्ध-निर्देशक, पिरामिड इन्टरनेसनल कलेज
पिरामिड इन्टरनेसनल कलेज गौशाला पिंगलास्थानमा रहेको छ । वि.सं. ०५८ मा काठमाडौं कम्युनिटी कलेजका रूपमा स्थापित यो कलेजले यस वर्ष मात्रै आफ्नो नाम परिवर्तन गरेर पिरामिड इन्टरनेसनल कलेज नामकरण गरेको हो । कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको जनाएको छ । कलेजहरूको भीडमा नयाँ नामकरणसहित नयाँ व्यवस्थापनमा आएको सो कलेजका बारेमा कलेजका प्रबन्ध-निर्देशक दिवस शाक्यसँग गरिएको छोटो कुराकानीः
कलेजमा के त्यस्तो नयाँ कुरा छ ?
हाम्रो कलेजको सबैभन्दा पहिलो लक्ष्य भनेको नै सिद्धान्त र व्यवहारबीचको खाडल पुर्नु हो । विद्यार्थीलाई सहभागितमूलक र प्रयोगात्मक तरिकाबाट अध्यापन गरेर गुणस्तरीय शिक्षा दिनु नै हाम्रो प्राथमिकतामा रहँदै आएको छ । हामीले विद्यार्थीलाई आत्मनिर्भर बनाउन इन्डिपेन्डेन्ट डिपार्टमेन्टको स्थापना गरेका छौँ । नेपालका कलेजमा अहिलेसम्म यस्तो व्यवस्था हुन सकेको छैन । विद्यार्थीलाई भविष्यमा
आफ्नो खुट्टामा उभिन मद्दत पुगोस् भन्ने उद्देश्यले हामीले यो डिपार्टमेन्ट खडा गरेका हौँ । यसमा विद्यार्थीले अध्ययन तथा जीवनका बारेमा आत्मनिर्भर हुने कुरामा परिचित हुने अवसर प्राप्त गर्नेछन् । यसका साथै हामीले कलेजमा साइकोलोजिकल डिपार्टमेन्ट पनि खोलेका छौँ । विद्यार्थीको मनोविज्ञान बुझेर अध्यापन गर्न तथा विद्यार्थीलाई पनि आफू के-के गर्न सक्छु भन्ने ज्ञान होस् भनेर यो डिपार्टमेन्ट स्थापना गरिएको हो ।
विद्यार्थी तान्न मात्र यस्तो व्यवस्था गरेको त होइन ?
त्यस्तो होइन । हाम्रो मुख्य लक्ष्य भनेकै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर आत्मनिर्भर बनाउनु हो । विद्यार्थी आकर्षण गर्न हो भने हामी जति पनि विद्यार्थी भर्ना गर्ने थियौँ । तर, हामीले त्यसो गरेका छैनौँ । हामीले थोरै विद्यार्थी भर्ना गरेर उत्कृष्ट शिक्षा दिने प्रयास गरेका छौँ । हामी हरेक कक्षामा ३५ जनाभन्दा विद्यार्थी राख्दैनौँ । हाम्रो उद्देश्य कलेजमा विद्यार्थीको भीड जम्मा पार्नु होइन । हामीले कलेजमा भर्ना भएका विद्यार्थीको हितका लागि दुई साताको एकपटक सम्बन्धित विषयका विज्ञ ल्याएर प्रत्यक्ष विद्यार्थीसित भेट गराउने व्यवस्था गरेका छौँ । विद्यार्थीको हितका लागि यो उत्तम उपाय हो र यो उपाय हरेक कलेजले गर्नुपर्छ भन्ने हामीलाई लागेको छ ।
विश्वबजारमा बिक्ने जनशक्ति तयार पार्छां
तोया घिमिरे
पि्रन्सिपल, ग्ल्यासियर इन्टरनेसनल उच्च मावि
ग्ल्यासियर इन्टरनेसनल उच्च माध्यमिक विद्यालय मीनभवन, शान्तिनगरमा रहेको छ । गत वर्ष स्थापित यो कलेज यस वर्षबाट नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको छ । छोटो समयमै राम्रो परिचय बनाउन सफल सो उमाविले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिन व्यवस्थापनमा परिवर्तन गरेको हो । उमाविका विषयमा पि्रन्सिपल ताया घिमिरेसित गरिएको छोटो कुराकानीः
उमाविका विशेषता के-के छन् ?
एक वर्षअगाडि स्थापित हाम्रो विद्यालयमा प्लस टुतर्फ विज्ञान, मानविकी र व्यवस्थापन संकायमा पढाइ भइरहेको छ । अहिलेको ग्लोबलाइजेसनको समयमा विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनुपर्छ भनेरै हामीले विद्यार्थीलाई अध्यापन गराउने व्यवस्था गरेका छौँ । विगतमा एसओएस कलेजमा शिक्षण गरेका अनुभवी र दक्ष शिक्षक मिलेर यो विद्यालय सञ्चालनमा ल्याएका हौँ । विद्यार्थीलाई अन्तर्राष्ट्रिस्तरमा बिक्ने बनाउन हामीले विशुद्ध शिक्षामा लामो अनुभव बटुलेका प्राध्यापक तथा शिक्षक राखेका छौँ । विश्वबजारमा बिक्ने दक्ष जनशक्ति निर्माण गर्न प्रयोगात्मक शिक्षामा जोड दिएका छौँ ।
छात्रवृत्तिको व्यवस्था छ ?
हामीले गरिब, जेहेन्दार, सीमान्तकृत तथा अन्य आवश्यक पर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने गरेका छौँ । विद्यार्थीको आवश्यकता हेरेर आंशिक तथा पूर्ण छात्रवृत्ति दिएका छाँै र दिइनै रहेका छौँ । यस वर्ष पनि हामीले झन्डै दुई सयजना विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम बनाएका छौँ ।
केही नयाँपन छ कि ?
हाम्रो चासो भनेकै विद्यार्थीलाई सक्षम र योग्य बनाउनु हो । त्यसकारण हामीले विद्यार्थीलाई राष्ट्रिय पाठ्यक्रममा आधार भएर अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने व्यवस्था गरेका छौँ । कक्षा १२ मा पढ्दा नै विद्यार्थीलाई पि्रमेडिकल र पि्रइन्जिनियरिङ कोर्स अध्यापन गराउनेछौँ ।



del.icio.us
Digg
Post your comment