एजुकेसन कर्नर
बर्नहार्टमा कहिले बाढी कहिले सुक्खा हुँदैन
केबी महर्जन
संस्थापक पि्रन्सिपल, काठमाडौँ बर्नहार्ट कलेज
बल्खुचोकमा रहेको काठमाडौँ बर्नहार्ट कलेजमा ०५७ देखि प्लस टुतर्फका शैक्षिक कार्यक्रम सञ्चालनमा आएको हो । स्कुल भने ०४२ देखि सञ्चालनमा छ । प्लस टुतर्फ अहिले विज्ञान, व्यवस्थापन र मानविकी संकायका कार्यक्रम सञ्चालन भइरहेका छन् । सो कलेजका पि्रन्सिपल केबी महर्जनसँग गरिएको कुराकानीः
कस्तो छ काठमाडौँ बर्नहार्ट कलेजको अवस्था ?
काठमाडौँ बर्नहार्ट कलेज एउटा सदावहार खोलाजस्तै शैक्षिक संस्था हो । नयाँ-नयाँ कलेजको बाढी छ । अरू कलेज नर्भस होला, तर हामी छैनौँ । किनभने, हाम्रो कलेजमा न त बाढी आउँछ न कहिल्यै सुक्छ । त्यसैले यो कलेज सदावहार खोलाजस्तै विशेषता भएको शैक्षिक संस्था हो ।
अहिले धमाधम कलेज खुल्ने क्रमलाई कसरी लिनुहुन्छ ?
मेरो यस विषयमा सकारात्मक धारणा छ । कलेज धेरै आउनुपर्छ । तर, स्वस्थ प्रतिस्पर्धामा आउनुपर्छ । माथिल्लो निकायले अनुगमन गरेर कन्ट्रोल गर्न सक्नुपर्छ । एसएलसीमा सबैभन्दा धेरै प्रतिशत ल्याउने विद्यार्थीमा हाम्रो कलेजमा आए भनेर एउटा विद्यार्थीको दुई/तीनवटा कलेजले विज्ञापन गर्छन् । यो अस्वस्थ प्रतिस्पर्धा हो । कलेजको विशेषता सार्वजनिक गर्नु, भर्ना खुल्यो भनेर विज्ञापन गर्दा राम्रो हुन्थ्यो ।
तपाइंको कलेजमा विद्यार्थीलाई के-कस्ता सुविधा दिनुभएको छ ?
अहिलेका विद्यार्थीलाई चाहिने शैक्षिक र भौतिक सबै सुविधा उपलब्ध गराएका छौँ । यस शैक्षिक संस्थामा ल्याब, लाइब्रेरीदेखि अत्तिरिक्त क्रियाकलापको सुविधा छ । आफ्नै भवन छ, खेलकुद मैदानलगायतका सुविधा छन् । काउन्सिलिङ सेल बनाएका छौँ । काउन्सिलिङ सेलमा पि्रन्सिपल, डाइरेक्टर छौँ । कुनै समस्या आएमा शान्त वातावरणमा समाधान गर्छौं ।
विद्यार्थीलाई मनोविज्ञान बुझेर व्यवहार गर्छाैं । हामीले एसएलसीमा ९० प्रतिशत ल्याएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेका छौँ । विशिस्ट श्रेणीलाई ५० प्रतिशत छानवृत्ति दिएका छौँ ।
करिअर काउन्सेलिङ गर्छौं
गोविन्द थापा
प्रबन्ध निर्देशक, एलायन्स एकेडेमी
एलायन्स एकेडेमी नयाँबानेश्वर थापागाउँमा रहेको छ । यसै वर्षबाट सञ्चालनमा आएको यो एकेडेमीमा प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायका कक्षा सञ्चालन हुने भएको छ । विशुद्ध शिक्षा क्षेत्रका विज्ञहरूको टिमबाट स्थापित सो एकेडेमीका बारेमा कलेजका प्रबन्ध निर्देशक गोविन्द थापासित गरिएको छोटो कुराकानीः
नयाँ उद्देश्यका साथ आएको यो कलेजमा के-के कुरा छन् ?
हाम्रो पहिलो प्राथमिकता नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । विद्यार्थीलाई पूर्ण अनुशासनमा राखेर प्रयोगात्मक तरिकाले अध्यापन गर्नु हाम्रो उद्देश्य हो । हामीले एउटा कक्षामा थोरै विद्यार्थी राखेर व्यक्तिगत हेरचाहमा अध्यापन गर्ने कार्ययोजना बनाएका छौँ । यो कलेज पूर्ण रूपमा शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका व्यक्तिहरूको संस्था हो, त्यसकारण नाफा कमाउनेभन्दा पनि विद्यार्थीलाई योग्य र दक्ष बनाउन हामी लागेका छौँ । हामी विद्यार्थीलाई आत्मनिर्भर बनाउने छौँ । कक्षा १२ मा अध्ययन गर्दा नै विज्ञानका विद्यार्थीलाई पि्रमेडिकल तथा पि्रइन्जिनियरिङ कक्षा सञ्चालन गछार्ंै भने व्यवस्थापनका विद्यार्थीका लागि एकाउन्ट प्याकेज तथा जेनेरल म्यानेजमेन्टका कोर्स पढाउनेछौँ ।
अरू केही नयाँ कुरा छ ?
अहिलेको प्रतिस्पर्धी विश्वमा बिक्ने जनशक्ति तयार गर्नु नै हाम्रो प्राथमिकता हो । यहाँ अध्ययन गरेका विद्यार्थीलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान करिअर काउन्सेलिङ गर्ने छौँ । यसका लागि हामीले गाइडेड काउन्सिलरको व्यवस्था गरेका छौँ । विद्यार्थीलाई विदेशी विश्वविद्यालय तथा कलेजमा सम्भव भएसम्म पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर मिलाउनेखालको व्यवस्था गरेका छौँ । यसैगरी हामीसित उच्चस्तरको ल्याबको व्यवस्था छ । त्यस्तै, हामीले विद्यार्थीलाई २० देखि सतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरेका छौँ ।



del.icio.us
Digg
Post your comment