Newsletter
Email:
Home | शिक्षा | 'परिषद् पदाधिकारीलाई कारबाही गर’

'परिषद् पदाधिकारीलाई कारबाही गर’

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, ६ साउन

व्यवस्थापिका संसद्को सार्वजनिक लेखासमितिले कक्षा ११ र १२ को उत्तरपुस्तिका छपाइ र वितरण प्रक्रियामा दोषी देखिएका उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारी र कर्मचारीलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ

 

 

समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत यथाशीघ्र कारबाही अगाडि बढाउन आग्रह गरेको छ

 

 । समितिको निर्देशनमा शिक्षा मन्त्रालयले शिक्षा विभागका निर्देशक हरि बस्यालको संयोजकत्वमा उत्तरपुस्तिका छपाइ र वितरण अनियमितताबारे छानबिन समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदनमा परिषद्का उपाध्यक्ष, सदस्य-सचिव, लेखाप्रमुख र भण्डारण शाखा-प्रमुखलाई दोषी देखाइएको छ । परिषद् उपाध्यक्षमा प्रा.डा. उपेन्द्र कोइराला, सदस्य-सचिव रामबहादुर खड्का, लेखाप्रमुख कामेश्वर मण्डल, भण्डारण शाखा-प्रमुख रमाकान्त तिवारी रहेका छन् । बिहीबार भ्रष्टाचार आरोपित परिषद् पदाधिकारी र कर्मचारीले लेखालाई स्पष्टीकरण दिएका थिए 

यसैबीच, छानबिन समितिविरुद्ध परिषद्का उपाध्यक्ष डा. कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएका छन्

 

 । 'बदनियतपूर्ण दृष्टिकोणले छानबिन समितिले जुन प्रतिवेदन दिएको छ, त्यसले सार्वजनिक लेखा समितिलाई गुमराहमा पारेकाले उजुरी दिएको हुँ,' उपाध्यक्ष डा. कोइरालाले समितिको प्रतिवेदनमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोप लगाउँदै भने, 'छानबिन समितिले गलत र भ्रामक सूचना सम्प्रेषण गरेको छ ।'

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?