त्रिवि पदाधिकारी थुनिए
काठमाडौं/ त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू बिहीबार विद्यार्थी संगठनको घेराबन्दीमा परे । एउटै हलमा थुनिएका उनीहरूलाई प्रहरीले पाँच घन्टापछि उद्धार गरेको छ । प्रवीणता प्रमाणपत्र तह खारेजीको विरोध गर्दै आन्दोलनरत ११ विद्यार्थी संगठनले त्रिविका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्मा, शिक्षाध्यक्ष सूर्यलाल अमात्य र रजिस्ट्रार भीमराज अधिकारीलाई घेराबन्दीमा पारेका हुन् । ज्ञापनपत्र बुझाउन बिहान साढे ११ बजे त्रिवि कार्यालयमा पुगेका विद्यार्थीले पदाधिकारीसँग कुरा नमिलेपछि घेराबन्दी गरेका थिए । त्रिवि सूचना शाखा-प्रमुख प्रेमकृष्ण चित्रकारले भने, 'विद्यार्थीले ज्ञापनपत्र पढेर सुनाए र पदाधिकारीबाट माग पूरा नहुने जवाफ आएपछि घेराबन्दी गरे ।' विद्यार्थीले पदाधिकारीलाई एउटै हलमा बोलाएर ज्ञापनपत्र सुनाएका थिए ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment