Newsletter
Email:
Home | हेल्थ | टाइफाइडको संक्रमण बढ्दो

टाइफाइडको संक्रमण बढ्दो

Font size: Decrease font Enlarge font
image

 

'टाइफाइड सरसफाइको कमी, चर्पीको व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झँिगा र अन्य कीरा-फट्याङ्ग्रा बढी भएको ठाउँमा देखिने भएकाले देशभरि नै सफा पानी र खाद्यान्नका लागि चेतनामूलक कार्यक्रम अघि बढाइएको छ ।'

तनहुँको दमौलीबजार र आसपासका क्षेत्रमा विगत महिना दिनदेखि टाइफाइडका कारण झन्डै आठ हजार बिरामी परेका छन् । मौसम परिवर्तन र वषर्ात्को समयमा फैलिएको महामारीका कारण त्यहाँका अस्पतालमा बिरामीको उपचार गर्नसमेत स्थान अभाव भएको थियो । टाइफाइड फैलिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट एक टोली गएर त्यहाँको अवस्थाबारेमा जानकारी लिएर उपचारका लागि सहयोग गरेका थिए ।

दमौलीमा टाइफाइड फैलिनुका कारण त्यहाँ वितरीत प्रदूषित पानी पिउनाले दमौली र आसपासका बासिन्दामा टाइफाइडले समातेको डा. अभिषेककुमार ठाकुरले बताए । ठाकुरका अनुसार दमौलीमा गुनादी बराह मुलबाट ल्याइएको खानेपानीको ट्यांकीमा मादी नदीको बोरिङबाट ल्याइएको पानी मिसाई वितरण्ा गरिएका कारण्ा पानी दूषित हुन गई टाइफाइड देखिएको हो । दमौलीमा धेरै मात्रामा पानीमो शरीरलाई हानि पुर्‍याउने कोलिर्फम रसायन देखिएको थियो । दूषति पानीकै कारण्ा टाइफाइडको प्रकोप देखिएको पत्ता लाग्नेबित्तिकै टोलीले सबैलाई पानी उमालेर फिल्टर गरी वा क्लोरिङ गरेर मात्र पिउन सुझाव दिएको डा. ठाकुरले बताए ।

डा. ठाकुरका अनुसार दमौलीमा मात्र होइन यो मौसममा पानीका मुहान दूषित हुने भएकाले सम्पूर्ण क्षेत्रमा टाइफाडका बिरामी देख्न सकिनेछ । भन्छन्, 'वषर्ायाममा टाइफाइडका ब्याक्टेरिया पानी तथा खानेकुरामा धेरै सक्रिय हुने भएकाले पानी तथा खानेकुरा खाँदा विशेष ध्यान दिन आवश्यक छ ।' उनका अनुसार मौसममा आएको परिवर्तन तथा वषर्ात्का कारण यतिवेला देशभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा टाइफाइडका बिरामी उपचारका लागि आइरहेका छन् । उनले राजधानीको टेकुमा रहेको शुक्रराज ट्रपिकल एन्ड इन्फेक्टिएस डिजिज अस्पतालमा पनि दैनिक पाँचदेखि १० र साउनमा मात्र ७० भन्दा बढी टाइफाइडका बिरामी उपचारका लागि आइरहेको जानकारी दिए ।

अस्पतालमा टाइफाइडका बिरामी बढ्न थालेपछि चिकित्सकले यो रोगप्रति सजग रहन सुझाव दिन थालेका छन् । डा. ठाकुर भन्छन्, 'टाइफाइड सरसफाइको कमी, चर्पीको व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झँिगा र अन्य कीरा-फट्याङ्ग्रा बढी भएको ठाउँमा देखिने भएकाले देशभरि नै सफा पानी र खाद्यान्नका लागि चेतनामूलक कार्यक्रम अघि बढाइएको छ ।'

के हो टाइफाइड ?

टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरियाबाट लाग्ने संक्रामक रोग हो । टाइफाइड रोग संवेदनशील ज्वरो हो । यो स्याल्मोनेला टाइफीनामक ब्याक्टेरियाका कारण हुने गर्छ । यसका साथै यो रोग स्याल्मोनेला प्याराटाइफी ब्याक्टेरियाका कारण पनि हुने गर्छ । पानी तथा खानेकुरामा यसका ब्याक्टेरिया रहेका हुन्छन् र मानिसमा सर्ने गर्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वव्यापी रूपमा टाइफाइडका कारण बर्सेनि १३ करोडभन्दा बढी मानिस टाइफाइडका कारण बिरामी पर्ने गरेका छन् भने पाँच लाखभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । टाइफाइडलाई खतरनाक ज्वरोसमेत भन्ने गरिन्छ । यो रोग लागेपछि मानिसलाई तीव्र ज्वरो आउने गर्छ । टाइफाइड ज्वरो कम वा बढी हुँदै रहन्छ, तर उपचार नगरिएसम्म सामान्य भने हुँदैन । सामान्य रूपमा यो रोगलाई एन्टिबायोटिक औषधिबाट रोक्न तथा उपचार गर्न सकिने डा. ठाकुर बताउँछन् । उनका अनुसार सामान्यतया टाइफाइडबाट पीडितलाई निरन्तर १०२ देखि १०५ डिग्री फरेनहाइटसम्म ज्वरो रहिरहन्छ । तर, ज्वरो आउने प्रकृति भने भर्‍याङमा चढे जस्तै -स्टेप लेडर पैटर्न) को क्रमअनुसार अधिकतम १०५ डिग्री फरेनहाइटसम्म पुग्छ ।

कसरी लाग्छ टाइफाइड ?

वषर्ात्को सुरुवातसँगै तथा मौसममा आएको परिवर्तनलगत्तै देशका विभिन्न स्थानमा टाइफाइड रोग देखिन थालेको छ । अत्यधिक वषर्ा, गर्मी, मानव मलले प्रदूषति पानी र खाद्य पदार्थको सेवन तथा खानुअघि र दिसापछि साबुन पानीले हात नधुनाले टाइफाइडका बिरामी देखिन थालेको डा. ठाकुरले बताए । उनका अनुसार वषर्ाको समयमा पानी तथा खानेकुरामा टाइफाइडका ब्याक्टेरिया सक्रिय हुन्छन् र छिटोछिटो मानिसलाई आक्रमण गर्न थाल्छन् । टाइफाइड गराउने स्याल्मोनेला टाइफी ब्याक्टेरिया मानिसमा मात्रै पाइन्छ । टाइफाइडपीडितको रगत र धमनी मार्गमा यो जीवाण्ाु प्रवाहित हुन्छ । यो जीवाण्ाु सानो आन्द्रामा बस्छ, कहिलेकाहीँ भने यो पित्तासयमा समेत बस्ने गर्छ । यो त्यही नै रहेर आप\mनो संख्यामा वृद्धि गर्दै विष फैलाउँदै रहन्छ र रगतमा मिलेर यो रोगको कारण्ा बन्छ । यसरी रोगी र संवाहक दुवै व्यक्तिको दिसाबाट स्याल्मोनेला टाइफी जीवाण्ाु निस्किने गर्छ । स्याल्मोनेला टाइफी फैलाउने व्यक्तिद्वारा प्रयोग गरिएको, समातिएको खाद्य पदार्थ वा पेय पदार्थ खाने अथवा स्याल्मोनेला टाइफीबाट प्रदूषति पानीबाट नुहाउनाले, यस्ता पानीले खाद्य पदार्थ धोएर खानाले टाइफाइड हुन सक्छ । स्याल्मोनेला टाइफी जीवाण्ाु सामान्य व्यक्तिले खानु वा पिउनुलगत्तै यो रक्तकोषमा गएर धेरै गुण्ाा वृद्धि गर्छ, जसका कारण मानिसमा उच्च ज्वरो आउने, थकाइ लाग्ने तथा अन्य रोगका संकेत देखा पर्छ ।

स्याल्मोनेला टाइफी ब्याक्टेरिया मानिसको दिसासँगै बाहिर निस्किन्छ । जब झँिगा तथा अन्य जीव दिसामा बस्छ अनि उनीहरूको खुट्टामा यो ब्याक्टेरिया टाँसिन्छ । जब त्यही झँिगा तथा जीव खाद्य पदार्थ, पानीका स्रोत वा मानिससित सम्पर्क हुन पुग्छ त्यतिखेर उनीहरूको खुट्टामा टाँस्सिएको ब्याक्टेरियाले खाद्य र पानी तथा अन्य चीजलाई दूषति बनाउँछ । त्यस्ता खाद्य वा पेय पदार्थ प्रयोग गर्नाले मानिसमा सो रोगका ब्याक्टेरिया प्रवेश गरी टाइफाइडले समात्ने गर्छ ।

टाइफाइडका लक्षण

यो रोग अरू ज्वरो तथा रुघाखोकीजस्तै शरीर तथा टाउको दुख्ने लक्षण्ाबाट सुरु हुन्छ । बिस्तारै यसका ब्याक्टेरियाले समाउँदै गएपछि बिरामीलाई भोक लाग्दैन र ऊ बिस्तारै सिकिस्त हँुदै जान्छ । अन्य लक्षण्ामा ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, जिउ दुख्नु, काँचो केराउको झोलजस्तो पखाला लाग्नु वा कब्जियत पनि हुने गरेको पाइन्छ । ज्वरो बढ्ने घट्ने भइरहन्छ भने शरीर काँप्ने र बिरामी बेहोस पनि हुन सक्छ । यसमा कलेजो र फियो सुन्निन सक्छ । बिरामीलाई कमजोरी अनुभव हुन सक्छ । टाइफाइड रोगीबारे जान्ने एउटा मात्र उपाय दिसा वा रगतको नमुनामा स्याल्मोनेला टाइफीको परीक्षण्ा गर्नु हो । डा. ठाकुरका अनुसार अन्य ज्वरोमा भने शरीरको तापक्रममा नाडीको गतिसमेत बढ्ने गरेको छ । तर, टाइफाइड ज्वरोमा भने यसको विपरीत नाडीको गति दर तापक्रमको अनुपातमा नगएर कम हुन सक्छ । डा. ठाकुर भन्छन्, 'धेरैजसो व्यक्तिमा यो रोगले संक्रमण गरेको सातदेखि दस दिनसम्म यसको लक्षण देखिन्छ ।

बच्ने उपाय

टाइफाइड लाग्ने प्रमुख कारण दूषित पानी तथा खाद्यान्नका कारण हो । त्यसकारण यो संक्रमण्ाबाट सफा र संक्रमणमुक्त पानी तथा खाद्य पदार्थ खानुपर्छ । डा. ठाकुरका अनुसार टाइफाइडबाट बच्न दुई उपाय अपनाउनुपर्नेछ । पहिलो भनेको जोखिमयुक्त खानपानबाट बच्ने र दास्रो, टाइफाइडविरुद्ध खोप लगाएर वा औषधिको प्रयोग गरेर । डा. ठाकुर भन्छन्, 'टाइफाइडबाट बच्न खानेपानी उमालेर वा विषाण्ाुमुक्त बनाई प्रयोग गर्नुपर्छ । विषाण्ाुरहित खाद्य वा पेय पदार्थ खानुहुन्न ।' उनका अनुसार उमालेको पानी प्रयोग गर्ने र स्वस्थ र ताजा खाना खानाले तथा खाना खानुअगाडि साबुनपानीले हात धुने गरेमा यो रोगबाट ८० प्रतिशत बच्न सकिन्छ । टाइफाइड ज्वरोले गर्दा आन्द्रा सुन्निएको अवस्थामा रहने भएकाले यसवेला कडा खाद्य पदार्थ खानुहुन्न । यसो गर्दा आन्द्रामा घाउ हुने वा फुट्ने जोखिमसमेत देखिन सक्छ । मौसम परिवर्तन तथा वषर्ायाममा टाइफाइड बढ्ने भएकाले चिकित्सकहरूले यस रोगबाट बच्न खानपानमै ध्यान दिनुपर्ने कुरामा जोड दिँदै आएका छन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?