मनाङ फाइनलमा
काठमाडौं/ मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टारबीच आइतबार बि्रटिस गोर्खा कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा बिहीबार मनाङले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै फाइनल प्रवेश गरेको हो । यसअघि थ्री स्टारले पहिलो सेमिफाइनलमा आरसिटीलाई २-१ ले पाखा लगाएर अन्तिम दुईको स्थान सुरक्षित गरेको थियो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित तथा अतिरिक्त समयभित्र मनाङ र मच्छिन्द्रले कुनै पनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएयो । टाइबे्रकरमा मनाङका लागि पासाङ लामा, शिव श्रेष्ठ तथा जगजित श्रेष्ठले गोल गरे । टोलीलाई विजयी पेनाल्टी गोल कप्तान टासी छिरिङले गरेका हुन् । मच्छिन्द्रका नीरज रेग्मीको प्रहारलाई गोलरक्षक तीर्थ रिजालले बचाउ गरेका थिए ।
उता, मच्छिन्द्रका लागि नरेश पोखरेल, रूपेश केसी तथा विष्णु केसीले गोल गरे । मनाङका गोलरक्षक विशाल श्रेष्ठले निकै आत्मविश्वासी देखाउँदै रोहित चन्द तथा ओमप्रकाशको प्रयासलाई विफल पारे । पहिलोपटक नक प्रतियोगिताको सेमिफाइनल प्रतिस्पर्धा गरेको मच्छिन्द्रले दोस्रो तथा थपेको ३० मिनेटको अतिरिक्त समयमा अनुभवी मनाङलाई दबाबमा राखेको थियो ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले टोली फाइनलमा प्रवेश गरे पनि आफू सन्तुष्ट हुन नसकेको बताए । उनले अभ्यास खेलमा सिकाएको रणनीतिअनुसार खेलाडीले मच्छिन्द्रविरुद्ध नखेलेको बताए । 'खेलाडीले भनेको जस्तो खेल्न सकेनन्,' मनाङका प्रशिक्षक छिरिङले भने, 'मिडफिल्डर र स्ट्राइकरको कमजोरी रह्यो ।'
मच्छिन्द्रका प्रशिक्षक नरोत्तम श्रेष्ठले भाग्यले साथ नदिँदा हारको सामना गरेको बताए । 'पहिलो तथा दोस्रो हाफभित्र चार-पाँच गोल हुनुपथ्र्यो,' उनले भने, 'भाग्यले साथ दिएन ।'
कमर्स क्याम्पस सेमिफाइनलमा
काठमाडौं/ नेपाल कमर्स क्याम्पस उपत्यकाव्यापी अन्तरकलेज अखिल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा कमर्स क्याम्पसले शंकरदेवलाई ३-० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । नेपाल कमर्सका लागि युडी गुरुङ, सिद्धि श्रेष्ठ र निरेश दुलालले एक-एक गोल गरेका थिए ।
सेरेना उपाधि नजिक
सिड्नी/ एक सेट र ५-२ ले पछाडि परिसकेकी शीर्ष स्थानकी सेरेना विलियम्सले अन्ततः बिहीबार प|mान्सकी एभारेन रजाईलाई ३-६, ७-५ र ६-४ ले हराउँदै सिड्नी अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन इलेना डेमेन्टियभासँग भिडन्त पक्का गरेकी छिन् । दोस्रो सेटमा रजाइले ५-३ मा रहेर म्याच प्वाइन्टका लागि सर्भिस गरे पनि अस्ट्रेलियन ओपन च्याम्पियन सेरेनाले त्यसपछि लगातार पाँच खेल जित्नुका साथै तेस्रो सेटमा पनि उनलाई बे्रक गरिन् ।
'त्यति धेरै अंकले पछाडि पर्दा जित्छु भन्ने लागेको थिएन,' सेरेनाले भनिन् । ११ वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी शुक्रबार हुने फाइनलमा सेरेनासँग खेल्ने ओलम्पिक च्याम्पियन डेमेन्टियभाले भने बेलारुसकी भिक्टोरिया एजारेन्कालाई ६-३ र ६-१ ले हराइन् ।
टेनिस छाड्दै सानिया
नयाँदिल्ली/ भारतकी सर्वाधिक सफल महिला टेनिस खेलाडी सानिया मिर्जाले विवाहपछि टेनिस र्याकेटलाई भित्तामा झुन्ड्याउने निर्णय गरेकी छिन् । जुलाई २००९ मा बाल्यसखा सोहराव मिर्जासँग विवाह गर्ने पक्कापक्की गरेकी सानियाले कहिले विवाह-बन्धनमा बाँधिने भन्नेबारे भने केही खुलाइन् । 'विवाहपछि म व्यावसायिक टेनिसबाट टाढा हुनेछु, तर त्यसमा पनि केही समय बाँकी नै छ,' सानियाले भनिन् ।
उता सोहरावले भने विवाहपछि पनि सानियालाई आफ्नो टेनिस जीवनबारे निर्णय गर्ने पूरा छुट रहेको बताए । साथै उनले सानियाले विवाहपछि किन टेनिसबाट सन्न्यास लिने गरेकी हुन् भन्ने जानकारी आफूसँग नरहेको बताए । 'उनी जे गर्न चाहन्छिन् त्यसमा मेरो पूर्ण समर्थन रहनेछ । कहिलेसम्म खेल्ने भन्ने निर्णय उनले मात्रै गर्न सक्छिन्,' सोहरावले भने ।
बनिनलाई शुभकामना
काठमाडौं/ बंगलादेशमा हुने ११औँ दक्षिण एसियाली खेलकुद -साग) मा सहभागी जनाउन लागेका पौडीका बनिनसेन्सा श्रेष्ठलाई बिहीबार बिदाइ गरेको छ । उनी अध्ययनरत बाबा बोर्डिङ हाईस्कुलले बनिनलाई एक कार्यक्रमबीच बिदाइ गरेको हो । सागमा उनले ब्याक-स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । विद्यालयकी पि्रन्सिपल विनता प्रधानले आफ्ना विद्यार्थी बनिनलाई शुभकामना दिइन् । यसैगरी, शिक्षक हरिशरण खनालले बनिनजस्ता प्रतिभाशाली खेलाडी पाउँदा विद्यालय गौरवान्वित भएको बताए ।
नाइकसँग सारापोभाको सम्झौता
सिड्नी/ पूर्वविम्बल्डन विजेता मारिया सारापोभाले नाइक कम्पनीसँग आठ वर्षका लागि सम्झौता गरेकी छिन् । सम्झौतापछि सारापोभाले ७० लाख डलर पाउनेछिन् । अब सारापोभाले नाइक कम्पनीबाट उत्पादित खेलसामग्री प्रयोग गर्नेछिन् ।
संसारकै ठूलो खेलकुद उत्पादक सामग्री कम्पनी नाइकसँग सारापोभाले ११ वर्ष सहकार्य गरिसकेकी छिन् । सन् २००४ मा विम्बल्डन ग्रान्डस्लाम उपाधि जितेपछि सारापोभा टेनिस महिला जगतकी सर्वाधिक महँगो खेलाडी बनेकी थिइन् । सारापोभाले सोनी एरिक्सन तथा कानोनजस्ता विश्वस्तरीय कम्पनीसित सहकार्य गदै वाषिर्क २२ लाख डलर आर्जन गर्छिन् ।



del.icio.us
Digg
Post your comment