Newsletter
Email:
Home | विदेश | ब्रिटेनमा पनि पिरोल्यो दाइजोले

ब्रिटेनमा पनि पिरोल्यो दाइजोले

Font size: Decrease font Enlarge font
image

भारतमा दाइजोका कारण बर्सेनि हजारौँ महिलालाई जिउँदै जलाइन्छ । दाइजोप्रथाले भारतलाई मात्रै होइन, बि्रटेनमा बसोवास गरिरहेका भारतीय परिवारलाई पनि पिरोल्न थालेको छ । नटिङह्यामकी दिवेन्द्रजित कौर दुई सन्तानकी आमा हुन् । बिहेमा उनका बाबु-आमाले हजारौँ पाउन्डबराबरको दाइजो दिएका थिए । तर, उनका श्रीमान्का परिवारलाई त्यतिले चित्त बुझेन ।

'उनीहरूलाई दाइजो पुगेन । मलाई बिहेमा उपहार दिएका सामान पर्याप्त भएनन् रे ! गरगहनासहित मलाई मेरा आमाबाबुले थुप्रै घरायसी सामान पनि दिएका थिए । तर, मेरा श्रीमान्को परिवारलाई दाइजो पुगेन रे,' कौर भन्छिन् । उनका सासूससुराका माग स्पष्ट थिए । 'तिम्रा बाबु-आमा हाम्रो घरको ढोकामा पर्याप्त गहना, पैसा र कपडा लिएर आएनन् भने राम्रो हुनेछैन,' उनका सासूससुरा यसरी नै दिवेन्द्रजितलाई धम्की दिइरहन्थे । कौरको दैनिकी यस्तै वचनबाणबाट सुरु हुन्थ्यो ।

'केही समयपछि सब ठीक हुन्छ' भन्ने आशामा उनले सासू-ससुराका यस्ता व्यवहार सहेर बसिन् । उनका श्रीमान्का आफन्त उनीसँग कहिल्यै राम्रोसँग बोल्दैनथे । उनलाई श्रीमान्पट्टिकाले कहिल्यै मानवीय व्यवहार गरेनन् ।

बिस्तार-बिस्तारै उनलाई शारीरिक यातना दिन थालियो । र, एकदिन आफ्नो सुरक्षाका लागि कौर घरबाट भागिन् । उनी भन्छिन्, 'मानसिक र शारीरिक यातना खपेर कतिदिन बस्न सक्थेँ र म ?'
श्रीमान्सँग उनको सम्बन्ध-विच्छेद भए पनि उनका बाबु-आमाले दिएको दाइजो पूर्वसासू-ससुरासँगै थियो । आफ्नो दाइजो फिर्ता पाउनका लागि उनले अदालतमा मुद्दा हालिन् । र, दाइजो फिर्ता पाउन सफल पनि भइन् ।
बि्रटेनमा दाइजो समस्याबाट पीडित महिला धेरै छन् । दाइजोविरोधी साउथहल ब्ल्याक सिस्टर्स समूहकी हनाना सिद्दिकीका अनुसार यो समस्या बि्रटेनका हिन्दू र सिख समुदायमा विकराल रूपमा रहेको छ ।

'कयौँ महिला हामीसँग दाइजोका कारण शारीरिक र मानसिक यातना भोगेको समस्या लिएर आउँछन् । उनीहरूका श्रीमान् र श्रीमान्को परिवारले माइतीबाट दाइजो बढी ल्याउन दबाब दिएको सुनाउँछन्,' उनी भन्छिन् ।
मानव अधिकार अधिवक्ता उषा सुद पनि बि्रटेनमा दाइजोको ठूलो समस्या भएको बताउँछिन् । दाइजो फिर्ता माग गरिरहेका ५० महिलाका मुद्दा लडिरहेकी छिन् उनी ।

'दाइजो समस्या एकदमै संवेदनशील बनेको छ । दाइजोका नाममा महिलालाई थुन्ने र शारीरिक यातना दिने काम भएको छ । दाइजोकै निहुँमा कतिपय महिलाका अनुहारमा घातक रसायन हाल्नेदेखि लिएर टाउको मुडुलो बनाइदिनेसमेत गरिएको छ,' सुद भन्छिन् । उनले दाइजो नल्याएको आरोपमा कतिपय महिलालाई जलाइएका उदाहरण पनि दिइन् । दाइजोका कारण घरेलु हिंसापीडित महिला सम्बन्ध-विच्छेदपछि पनि मानसिक समस्याबाट ग्रसित हुने गरेका छन् ।

एक महिला चिकित्सक पनि दाइजो समस्याबाट पीडित भइन् । पर्याप्त दाइजो नल्याएकाले उनी मानसिक तथा शारीरिक यातनाको सिकार भइन् । सम्बन्ध-विच्छेद गरेर छुट्टै बस्न थालेको धेरै समयपछिसम्म पनि उनले काम गर्न सकिनन् । यातनाको असर उनलाई पछिसम्म परिरह्यो । दाइजोपीडित महिलाको मानसिक स्वास्थ्यमा ध्यान दिन पनि सुद आग्रह गर्छिन् । दाइजोप्रथा गैरकानुनी बनाइनुपर्ने माग गर्छिन् सुद । तर, दाइजोलाई गैरकानुनी बनाउनु मात्रै पर्याप्त नहुने उनको विचार छ । सबैभन्दा पहिले समाजको विचार परिवर्तन हुनुपर्नेमा उनी जोड दिन्छिन् ।

अहिले त केटापक्षले बिहेअगाडि नै दाइजो दिनुपर्ने लिस्ट पठाउने गरेको पनि पाइएको छ । 'कार, घर तथा गहनाका लिस्टसमेत बिहेअगाडि नै आउँछन् । यस्तो माग सामान्य परिवारले कसरी पूरा गर्ने ?' सुदको प्रश्न छ ।
एजेन्सीको सहयोगमा

Subscribe to comments feed Comments (3 posted):

shila on 30/04/2010 06:35:13
avatar
gireko jaat vaneko nai mancheko jaat ho
Thumbs Up Thumbs Down
0
menuka on 02/07/2009 06:49:30
avatar
he bagwan !!!!!!!!!!!
manche ko dukh dekhda dikka lagchha
tesaile ma bhanchu
yo sansar ma kohi pani kt bhayera janmanu naparos
Thumbs Up Thumbs Down
0
bina on 01/07/2009 13:53:33
avatar
marna nasakekaharu
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?