साकाहारीलाई क्यान्सर लाग्ने सम्भावना कम
लन्डन/ साकाहारीलाई क्यान्सर लाग्ने सम्भावना कम हुने एक अध्ययनले देखाएको छ । साकाहारी खाना खाने मानिसलाई मांसाहारी मानिसको तुलनामा पेट, मूत्रथैली, रगतको क्यान्सर हुने सम्भावना कम हुने अध्ययन देखाएको हो ।
लन्डन/ साकाहारीलाई क्यान्सर लाग्ने सम्भावना कम हुने एक अध्ययनले देखाएको छ । साकाहारी खाना खाने मानिसलाई मांसाहारी मानिसको तुलनामा पेट, मूत्रथैली, रगतको क्यान्सर हुने सम्भावना कम हुने अध्ययन देखाएको हो । साहाकारी खानाले आन्द्राको क्यान्सरलाई फैलावटलाई रोक्ने पनि अध्ययनले देखाएको छ । अध्ययनको प्रतिवेदन बि्रटिस जर्नल अफ क्यान्सरमा प्रकाशित गरिएको छ । बेलायत र न्युजिल्यान्डका अनुसन्धानकर्ताले ६१ हजार पाँच सय ६६ बेलायती पुरुष र महिलामा अध्ययन गरेका थिए । मांसाहारी, माछा मात्र खाने, मासु नखाने तथा साकाहारी व्यक्तिमा यो अध्ययन गरिएको थियो । अध्ययनअनुसार मासु खाने सामान्य एक सय व्यक्तिमध्ये ३३ व्यक्तिलाई आफ्नो जीवनकालमा क्यान्सर लाग्ने सम्भावना हुन्छ । तर, साकाहारी व्यक्तिमा यो कम छ । मासु नखाने एक सय व्यक्तिमा २९ जनालाई मात्र क्यान्सर हुने सम्भावना रहन्छ । साकाहारी व्यक्तिलाई रगतको क्यान्सर पनि मांसाहारी व्यक्तिको तुलनामा क्यान्सर हुने सम्भावना आधाजसो कम हुन्छ । बोनम्यारोको क्यान्सर हुने सम्भावना पनि मांसाहारीभन्दा ७५ प्रतिशतभन्दा कम हुन्छ । तर, सर्भिकल क्यान्सरचाहिँ मांसहारीको तुलनामा साकाहारीलाई बढी हुने सम्भावना रहेको छ ।



del.icio.us
Digg
Post your comment