Newsletter
Email:
Home | विदेश | थाइल्यान्ड हिंसामा तीनको मृत्यु

थाइल्यान्ड हिंसामा तीनको मृत्यु

Font size: Decrease font Enlarge font

बैंकक/ समस्याग्रस्त दक्षिणी थाइल्यान्डमा संदिग्ध इस्लामिक लडाकुहरूले गोली चलाउँदा र बम हमला गर्दा तीनजना मुस्लिमको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् । पट्टानी प्रान्तमा एक स्थानीय मस्जिदबाट मोटरसाइकलमा फर्किरहेका ४५ वषर्ीय मुस्लिमको बुधकार राति गोली हानी हत्या गरिएको छ । मोटरसाइकलपछाडि बसेका उनका आठ वषर्ीय छोरा घाइते भएपछि अस्पताल पुर्‍याइएको छ ।

बुधबारै नाराथी प्रान्तमा गोलीबाट मृत्यु भएका एक ३३ वषर्ीय मुस्लिम गाउँलेको शव फेलापरेको प्रहरीले जनाएको छ । पट्टानीमा एक सडक बम विस्फोटमा चार सैनिक घाइते भएका थिए । शुक्रबार बिहानै याला प्रान्तमा बिहानको प्रार्थनाका लागि घरबाट निस्केका एक ७० वषर्ीय मुस्लिमको गोली हानी हत्या गरिएको छ ।

सोही प्रान्तमा एक बारुदी सुरुङ बिछ्याइएको स्थानमा टेक्दा एक ३२ वषर्ीया मुस्लिम महिलाले आफ्नो खुट्टा गुमाएकी प्रहरीले जनाएको छ । थाइल्यान्डका सुदूर-दक्षिणका चार प्रान्त सन् १९०२ मा बौद्धधर्मका अनुयायीको बाहुल्य रहेको थाइल्यान्डले कब्जामा लिनुअघि स्वायत्त मलाया मुस्लिम राज्यका रूपमा रहेका थिए । थाइल्यान्डले ती प्रान्तलाई कब्जामा लिएपछि दशकौंसम्म तनाब कायम छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?