अठार वर्षसम्म कालकोठरीमा
जेसी सन् १९९१ मा अपहरित भएकी थिइन् । त्यतिबेला उनी मात्र एघार वर्षकी थिइन् । अठार वर्षपछि उनी भेटिएकी छिन्, दुई छोरीकी आमाका रूपमा । एघार वर्षमा अपहरण गरिएकी एक किशोरी १८ वर्षपछि फेलापरेकी छिन् । आफ्नै अपहरणकर्ताबाट दुई सन्तान पनि जन्माएकी छिन् उनले । उनी हुन् जेसी ली डुगार्ड । उनी र उनका ११ र १५ वषर्ीया छोरीलाई अपहरणकर्ताले आफ्नो घरपछाडि लुकाएको थियो ।
आरोपी अपहरणकर्ता ५८ वर्षीय फिलिप गारिडो र उसकी पत्नी न्यान्सीलाई क्यालिफोर्नियामा हिरासतमा लिइएको छ । जेसी डुगार्डको डिएनए परीक्षण गरिँदै छ । हाल उनको आफ्नी आमासँग पुनर्मिलन भएको छ ।
'उनको स्वास्थ्य राम्रै छ,' एल डोराडो काउन्टी पुलिसका सहायक अधिकृत फ्रेड कोलर भन्छन्, 'तर, घरपछाडि यौटा कोठामा अठार वर्षसम्म गुम्सिएर बस्नु अवश्य आघातपूर्ण र पीडादायी हुन्छ ।'
जेसी सन् १९९१ मा अपहरित भएकी थिइन् । त्यतिबेला उनी मात्र एघार वर्षकी थिइन् । उनलाई गारिडो दम्पतीले अपहरण गरेको थियो र कारमा राखेर लगेको थियो ।
पुलिस सहायक अधिकृत फ्रे
ड कोलरका अनुसार अपहरणपश्चात् जेसीलाई फिलिप र न्यान्सीको जोडीले आफूसँगै राखेको थियो । उनलाई उनको घर भएको स्थान साउथ लेक ताहोबाट करिब तीन सय किमि टाढा सानफ्रान्सिस्कोनजिकै एन्टिओच भन्ने ठाउँमा रहेको एक घरमा राखिएको थियो । घरपछाडिको ठाउँमा अपहरितका लागि सानो घर यसरी बनाइएको थियो कि अपहरित बाहिरी दुनियाँ देख्न र सम्पर्कमा रहन पूर्णतः असमर्थ थिइन् ।
जेसी र उनका बच्चालाई त्यही सानो घरमा राखिएको थियो । यस्तो परिस्थितिमा जेसीका छोरीहरूले स्कुल जान पाउने कुरै भएन । बिरामी पर्दा ओखतीमुलोसमेत पाउँदैनथे यी तीन दुःखी प्राणी । बर्कली क्याम्पसमा दुई किशोरीका साथमा गारिडो देखिएपछि पुलिसले उनीमाथि शंका गरेको थियो । यौनविरोधी मानिसका रूपमा चिनिने गारिडोलाई त्यसपछि पुलिसले सोधपुछका लागि बोलाएको थियो । गारिडो जेसीसहित दुई बच्चीका साथ पुलिसथाना पुगेको थियो । जेसीलाई उसले आफ्नो घरमा काम गर्ने केटी एलिसा भनेर चिनाएको थियो । तर, सोधपुछका क्रममा उसले एलिसा नै वास्तवमा जेसी डुगार्ड भएको कबुल गरेको थियो । उता, जेसीसँगको सोधपुछबाट प्रहरीले वास्तविकता पत्ता लगायो । जेलबाट एक टेलिभिजन च्यानललाई दिएको टेलिफोन अन्तर्वार्तामा गारिडोले आफूले अपहरण गरेको अस्वीकार गरेको थियो । उसले १५ वर्षअघि पहिलो बच्ची जन्मिएपछि आफ्नो जीवन पूर्णतः बदलिएको बताएको थियो । 'मेरो घरपछाडिको कथा साँच्चिकै हृदय छुने खालको छ,' उसले उक्त टेलिभिजन च्यानललाई एकदमै चलाखीपूर्वक अन्तर्वार्ता दिएको थियो । हालका वर्षहरूमा ऊसँग सम्पर्कमा रहेका मानिसहरू गारिडो झन्-झन् धार्मिक हुँदै गइरहेको थियो भन्छन् । गारिडोको छपाइ कम्पनीसित व्यापार गरेका टिम एलेन भन्छन्, 'यस्तो लाग्थ्यो, 'गारिडो चाँडै नै एउटा चर्च स्थापना गर्दै छ ।' पुलिसका अनुसार एन्टिओचमा रहेको गारिडोको घरपछाडि यौटा कार भेटियो जसको रंग जेसीलाई अपहरण गर्दा प्रयोग गरिएको कारको रंगसँग मिल्थ्यो । गारिडोले जेसी र उनका छोरीहरू राखेको घरलाई झाडी तथा रुखबिरुवाभित्र लुक्ने गरी बनाएको थियो । १० जुन, १९९१ मा जेसीको अपहरण भएको देखेका थिए उनका सौतेनी बाबु कार्ल प्रोबिनले । तर, उनले हेर्दाहेर्दै जेसीलाई गारिडो दम्पतीले कारमा हालेर लगिसकेको थियो । अठार वर्षदेखि सबैले कार्लमाथि नै आफ्नी सौतेनी छोरीलाई अपहरण गरेको आशंका गरिरहेका थिए । 'मेरो जीवन नर्कसरी भयो । मेरी श्रीमतीले मलाई छोडिदिइन्,' उनले भने । जेसीको अपहरणमा आफ्नो हात नभएको बताउँदा-बताउँदा हैरान भएका थिए उनी ।



del.icio.us
Digg
Thanks for the news.Not all the lephants have pearl on their heads and not all the mountains have daimondin their womb.This psychopath was planning to fool the people by establishing a church!
Originally Church is a holy place where we can meet God.Church is the body of christ.
Post your comment