Newsletter
Email:
Home | विदेश | जापानका एक चौथाइ महिला 'वृद्धा'

जापानका एक चौथाइ महिला 'वृद्धा'

Font size: Decrease font Enlarge font

 

टोकियो/ जापानका एक चौथाइ महिला वृद्धा भएको सरकारी तथ्यांकले देखाएको छ । सरकारी अनुमानअनुसार एक करोड ६० लाख जापानी महिला ६५ वर्ष वा त्यसभन्दा बढी उमेरका छन् । यो संख्या सन् १९५० यता सबैभन्दा धेरै हो । यसैगरी, २० प्रतिशतभन्दा बढी जापानी पुरुष ६५ वर्ष वा त्यसभन्दा बढी उमेरका छन् ।

वृद्ध जनसंख्या बढी भएका कारण जापानमा कामदारको कमी हुने अनुमान गरिएको छ ।

जापानमा दुई करोड ९९ लाख ८० हजार वृद्धवृद्धा छन् । जापानको कुल जनसंख्या १२ करोड ७० लाख रहेको छ । गत वर्षको भन्दा यस वर्ष वृद्धवृद्धाको जनसंख्या आठ लाख वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ६५ वर्ष वा त्यसभन्दा बढी उमेरलाई वृद्धवृद्धा भनिन्छ ।

जापानको नयाँ सरकारले बच्चा जन्माउने दम्पतीलाई विशेष सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?