संविधानमा दलित
यो पुस्तक पढ्दा सबै दलित नेताको पीडा, भोगाइ, समस्या र संघर्ष उस्तैउस्तै जस्तो लाग्छ । दलित सभासद्हरूका अन्तर्वार्तामा सबैले एउटै पीडा भोगेर आएका छन् । समस्या त एउटै हो, दलितहरू उत्पीडनमा परेका छन् । आँसुको स्वाद त नुनिलो नै हुन्छ, जसको भए पनि । समुद्रको पानी एक चम्चा पिए, समुद्र नै पिए पनि एउटै स्वाद आउँछ । उत्पीडनमा परेको कथा एउटै छ व्यथा एउटै छ । समाधानका उपाय पनि झन्डै-झन्डै उस्तैउस्तै छन् ।
सबै उस्तैउस्तै लागेपछि फेरि मैले पुस्तक दोहोर्याएर पढेँ, सबै एउटै हो कि भनेर । तर, सबै एउटैचाहिँ होइन रहेछ । चार किसिमका दलित नेतृत्वमा पुगेको देखिन्छ । पहिलो चरणको दलित नेतृत्वमा पलायनको बाटो रोजेका वा बिदेसिएका दलितहरूको कथा देखिन्छ । उनीहरू विदेशमा सम्मान देखेर दलितहरूको सम्मानका लागि लड्नुपर्छ भनेर आएका देखिन्छन् । उनीहरूले विशेषगरी समाजमा सम्मानित जीवनको अपेक्षा गरेको देखिन्छ ।
दोस्रो चरणमा आएर बिदेसिएर नहुँदो रहेछ, बरु संस्थापनकै पछि लागे केही हुन्छ भनेर आएको दलित नेतृत्व देखिन्छ । संस्थापनमा नै लागेर केहीले विशेष सुविधा पनि लिएका छन् । हामीले पनि सुविधा पाउनुपर्छ र लिनुपर्छ भनेर एकथरी दलित युवा चाहिँ संस्थापनमा लागेको देखिन्छ ।
तेस्रो चरणको नेतृत्व विभिन्न सामाजिक क्षेत्रबाट आएको छ । विभिन्न सामाजिक संघसंस्थामा लागेर अधिकारका बारेमा केही वकालत गरेकाहरूले मागे, अवसर सिर्जना हुनुपर्छ, श्रमको सम्मान हुनुपर्छ । समान अवसर आएपछि दलितहरूको अधिकार पनि स्थापित हुन्छ भनेर आएको देखिन्छ यो नेतृत्व । र, चौथो किसिमको दलित नेतृत्व चाहिँ माओवादी जनयुद्धबाट आएको देखिन्छ ।
विदेशबाट आएकाले पहिलो पुस्ता सम्मान पाउनुपर्छ भन्ने कुरामा केन्दि्रत भएको रहेछ । विदेश नगएर नै संस्थापनमा लागेर केही विशेष सुविधा पाउनुपर्छ भन्ने विषयमा केन्दि्रत दोस्रो किसिमको नेतृत्व रहेछ । अहिले पनि केहीले विशेष सुविधाको उपभोग गरिरहेका छन्, दलितले पनि विशेष सुविधा पाउनुपर्छ भन्दै विशेष सुविधाको खोजी गर्ने अर्को नेतृत्व रहेछ । यो तप्का गैरसरकारी संस्थाहरूको अवसरको खोजीलाई नै मुख्य मुद्दा बनाएर नेतृत्वमा आएको देखिन्छ । र, अर्को चाहिँ सशस्त्र संघर्षबाट आएको नेतृत्वमा दलित मुद्दा भनको मूलतः वर्गीय समस्या हो भन्ने भनाइ रहेछ । यी चारै पुस्ताका नेतृत्वमध्ये पहिलोले सम्मान, दोस्रोले विशेष सुविधा, तेस्रोले अवसर सिर्जना र चौथोले वर्गीय कुरा उठाएका छन् । उनीहरूका तिनै सवाललाई सामान्यीकृत (जनरलाइज्ड) गरिएको छ ।
वर्गीय कुरा गर्दा भूमिहीन र दलित समानार्थीजस्तै लाग्ने गर्छ, तराईमा त छुट्टयाउनै गाह्रो । जातीय मुद्दासँगै वर्गीय मुद्दा हल हुनुपर्छ । यस्तो बृहत् सोचाइ र विचार राख्नेहरू चौथो पुस्ताको नेतृत्वमा देखिन्छन् । अस्तित्वका लागि लडाइँ र दलितहरूको चुनौती बढिरहेको देखिन्छ । अहिले दलित आन्दोलनको न्यूनतम एजेन्डा बन्न सक्नुपर्छ ।
दलितहरूको अवस्थाका बारेमा यो पुस्तकमा चर्चा गरिएको भए पनि यसको समापनमा उपसंहार चाहिँ आएको छैन । उपसंहारमा न्यूनतम साझा एजेन्डाहरू पनि समावेश हुनुपथ्र्यो, त्यो चाहिँ आएन ।
त्यस्तै, दलितहरूको सम्मानको कुरा, विशेष सुविधान हुनुपर्छ, विपन्नता सबैको प्राथमिक एजेन्डा बन्नुपर्छ । यो दलितको मात्रै एजेन्डा बन्यो भने हराउन सक्छ, त्यसैले यो सबैको प्राथमिक र दलितको मात्रै नभई सबैको एजेन्डा बन्नुपर्छ । अब सबै विपन्नको नेतृत्व दलितले गर्नुपर्छ, किनभने उनीहरूसँग जातीय उत्पीडन र वर्गीय उत्पीडनको अनुभव छ ।
पुस्तकमा समावेश भएका दलित सभासद्हरूका अन्तर्वार्तामा चाहनाहरू समेटिएका छन् । चाहना मात्रैले सबै कुरा हुँदैन, त्यो सपनाको तहसम्म पुग्नुपर्छ । ती चाहनाका कुरा अन्तर्वार्तामा सपनाका रूपमा आएका छैनन् । तिनका चाहना वास्तविकता र पीडामा मात्रै अल्भिmएका छन् । दलित नेताहरूले सपना कम देखेका छन्, यो चाहिँ पीडाको विषय हो । सपना नदेख्ने व्यक्ति र संस्था कहीँ पुग्न सक्दैन ।



del.icio.us
Digg
gopal baraili
dubai
thank you new old thing every
is good i on live malaysia but i can looking this think you no i like you
Post your comment