Newsletter
Email:
Home | मोफसल | जालीनोट प्रकरणमा जिल्ला अदालतको आदेश बदर

जालीनोट प्रकरणमा जिल्ला अदालतको आदेश बदर

Font size: Decrease font Enlarge font

बाँके, २६ पुस : भारतीय नक्कली नोट कारोवारको मुद्दामा पुनरावेदन अदालत नेपालगन्जले जिल्ला अदालतको आदेश बदर गरेको छ । चार लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका तीन अभियुक्तलाई बाँके जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गराएको थियो ।
तर, पुनरावेदन अदालतका न्यायाधीश हरिराम कोइरालाको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै अभियुक्तहरूसँग जनही पाँच लाख रुपैयाँ धरौटी मागेको छ । नेपालगन्ज नगरपालिका- १ धम्बोझीका २४ वषर्ीय अब्दुलरहिम मिया, वडा नं. ६ फुल्टे्रकाका ३० वषर्ीय दीपक केसी र वडा नं. ७ बस्ने ३१ वषर्ीय विनय गौतमलाई बाँके प्रहरीले नेपालगन्जको गुरुद्वार रोडस्थित बेम्बो होटलबाट असार ११ गते पक्राउ गरेको थियो । प्रहरीले पक्राउपछि जालीनोटसहित सार्वजनिक गर्दै मुद्दा चलाएको थियो ।
तर, सरकारी वकिलले कमजोर ऐनमार्फत अभियुक्तमाथि मुद्दा चलाएकाले रंगेहात पक्राउ परेका अभियुक्त रिहा भएको भन्दै नेपालगन्जका वकिलले आपत्ति जनाएका थिए ।
प्रहरी र सरकारी वकिलले मुुलुकी ऐनको खोटाचलन महलअन्तर्गत मुद्दा नचलाई राष्ट्र बैंक ऐनअन्तर्गत मुद्दा चलाएर अभियुक्तलाई रिहा गराएको भन्दै पुनरावेदन अदालत बार नेपालगन्जले छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदन आउन बाँकी नै छ ।
यता, जिल्ला सरकारी वकिल राजन घिमिरेले राष्ट्रिय बैंक ऐन हुँदाहुँदै मुलुकी ऐनको खोटाचलनअन्तर्गत मुद्दा नचलाइएको जिकिर गर्दै आएका छन् ।
'नक्कली नोटसम्बन्धमा विभिन्न जिल्लामा राष्ट्रिय बैंक ऐनअन्तर्गत मुद्दा चलाइएको छ । त्यहीअनुरूप हामीले पनि सोही ऐनअन्तर्गत मुद्दा चलाएका हौँ,' उनले भने, 'बाँके जिल्लाको हकमा पहिलोपटक यो ऐनअन्तर्गत मुद्दा चलाइएकाले कानुन व्यवसायीलाई नौलो लागेको हो ।'

मानव बेचविखनको मुद्दा दायर

कपिलवस्तु/ चेलीबेटी बेचविखनमा रंगेहात पक्राउ परेका दुई दलालविरुद्ध प्रहरीले मानव बेचविखन तथा ओसार-पसारविरुद्धको मुद्दा दायर गरेको छ । अहिले उनीहरूलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक शरद चन्दले बताए ।
कपिलवस्तुको प्रमुुख भन्सारनाका कृष्णनगरबाट दुई चेलीलाई बेच्न लैजाने क्रममा प्रहरीको विशेष सुराकी टोलीले जिल्लाको पत्थरदेइया- ५ बस्ने वर्ष ३८ का भीमबहादुर सुनार र सोही ठाउँ निवासी वर्ष ३२ की कविता सुनारलाई शुक्रबार पक्राउ गरेको थियो । जिल्लाको शिवगढी गाविस- ३ बस्ने गंगा गुरुङ र बाग्लुङ जिल्ला भीमगिठे- ७ बस्ने ३१ वर्षकी कल्पना गुरुङलाई बेच्ने उद्देश्यले उनीहरूले सीमानाका कटाउँदै गर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्ण केसीले बताए ।
मुलुकी ऐनमा भएको व्यवस्थाअनुसार मानव बेचविखन तथा ओसार-पसारविरुद्धको मुद्दामा आरोपीलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धानपछि मात्रै कारबाही प्रक्रिया बढाउन सकिन्छ । प्रहरी उपरीक्षक चन्दले आरोपीद्वयले घटना स्विकारेकाले मुद्दा लगाएर कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

पाँच सय टेलिफोन अवरुद्ध
बुटवल/ लगातार तार चोरी भएपछि बुटवल नगरपालिका वडा नं. १४ र १५ का साथै देवदहको घोडाहा क्षेत्रका करिब पाँच सय लाइन टेलिफोन तीन महिनादेखि अवरुद्ध भएका छन् । नेपाल टेलिकम बुटवल शाखाका अनुसार तार चोरीबाट तीन वर्षयता कम्पनीलाई एक करोड रुपैयाँबराबरको घाटा भएको छ ।
मनकामना मन्दिरदेखि जितगढी पेट्रोलपम्पसम्म पटक-पटक तार चोरी हुने गरेको टेलिकमको भनाइ छ । टेलिकमले चोरीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न र चोरी नियन्त्रण गर्न आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवललाई पटक-पटक पत्र लेखे पनि चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेपछि पछिल्ला दिनमा चोरीका घटना झनै बढेको टेलिकमका अधिकारीले बताएका छन् ।
स्थानीय बासिन्दाले विरोध गरेपछि टेलिकमले नियमित अवरुद्ध भएका लाइनको महसुल नलिने बताएको छ । टेलिकम बुटवल शाखाप्रमुख विष्णु पौडेलले अप्टिकल नेटवर्क प्रयोग गरी टेलिफोन सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?