Newsletter
Email:
Home | मोफसल | पूर्वउपकमान्डरसहित चार पक्राउ

पूर्वउपकमान्डरसहित चार पक्राउ

Font size: Decrease font Enlarge font


गुल्मी/ जनमुक्ति सेना पाँचौँ डिभिजनका पूर्वप्लाटुन उपकमान्डर गोपाल गैरे शीतलसहित चारजनालाई लुटपाट र चोरीको आरोपमा गुल्मी प्रहरीले पक्राउ गरेको छ । 
पाँच महिनादेखि गुल्मीका विभिन्न ठाउँमा लुटपाट र चोरी गरेको आरोपमा पक्राउ परेका चारैजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा शीतलसहित गुल्मी हाडहाडे— १ का मैतबहादुर नेपाली, सोही गाविसका अनील बस्नेत र हेमन्त भलामी छन् । सो समूहमा सक्रिय रहेका अन्य पाँचजना भने फरार रहेको प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीले बताए ।

गत १७ असोजमा गुल्मी पुर्कोटदहका ढालबहादुर रावतको पसलबाट चार लाख, जैसीथोककी गोमा भण्डारीको पसलबाट एक लाख पचास हजार, अर्घाखाँची खनदहका भगीरथ खनाल, इन्द्रमणि बन्जाडे र पदम भुसालबाट चार लाख पचास हजार लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

उनीहरूबाट प्रहरीले एकथान नक्कली पेस्तोल, तीनथान खुकुरी र केही भारतीय रुपैयाँसमेत बरामद गरेको छ । गुल्मीमा लुटपाट, चोरी र बलात्कारका घटना बढेपछि सक्रियता बढाइएको प्रहरीले बताएको छ ।

Subscribe to comments feed Comments (3 posted):

rajendra on 29/01/2010 12:58:06
avatar
हैन हौ पूर्व कमान्डर मात्र त्यस्ता हैनन बर्तमान पनि त्यसै गर्छन् पहिले पो कोही बोल्न सक्दैन थियो अब त थाहा भयो होला नि कस्ता कमाण्डर रहेछन माओवादी मा ?
Thumbs Up Thumbs Down
1
bishnu on 28/01/2010 05:35:39
avatar
katputali sarkarko kukurr vhim rowal home ministerle jasari vayapani moaist lai naramro parna diifferent bhannama samayako hunuparchaaaaa
Thumbs Up Thumbs Down
-1
raj kranti on 28/01/2010 03:53:33
avatar
bichara harule k nai thulo kam gareka hun ra prachanda ra baburam le j sikayo tyahi gareka ta hun nee kun naulo kura bhayo ra yo ta
Thumbs Up Thumbs Down
1
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?