:
Home | मोफसल | अवैध निकासीका २८ गाडी पक्राउ

अवैध निकासीका २८ गाडी पक्राउ

Font size: Decrease font Enlarge font
image

गलिकटिन नाका हुँदै सुरही नदीबाट ढुंगा निकासी गर्दै गरेका १२ ट्रक र १६ टि्रपर प्रहरीले नियन्त्रणमा लिई आवश्यक छानबिन थालिएको छ

नयाँ पत्रिका

कपिलवस्तु, ७ असोज 

जिल्लाको शिवपुर-१ मा पर्ने चुरे वनक्षेत्रअन्तर्गत सुरही खोलाबाट अवैध ढुंगा र बालुवा निकासी गरिरहेका २८ वटा ट्रक र टि्रपरलाई नियन्त्रणमा लिइएको छ । जिल्ला वन कार्यालयले प्रहरी सहयोगमा काठ नियन्त्रणमा लिएको हो । 

गलिकटिन नाका हुँदै सुरही नदीबाट ढुंगा निकासी गर्दै गरेका १२ ट्रक र १६ टि्रपर प्रहरीले नियन्त्रणमा लिई आवश्यक छानबिन थालिएको छ । अहिले ६ वटा ट्रक र टि्रपर इलाका प्रहरी कार्यालयमा र २२ वटा इलाका वन कार्यालय चन्द्रौटामा राखिएका छन् ।

राष्ट्रिय वन क्षेत्रबाट नदीजन्य सामग्री निकासी गर्न पूर्ण रोक लगाइए पनि गैरकानुनी तरिकाले तस्करहरू ढुंगा, गिट्टी निकासीमा पाइएकाले ट्रक, टि्रपर नियन्त्रणमा लिइएको जिल्ला वन अधिकृत कृष्णप्रसाद पोखरेलले बताए । उनले भने, 'नियमित रूपमा अवैध निकासी भइरहको सुराकीका आधारमा ती साधन नियन्त्रणमा लिइएको हो ।' 

जिविसले भने नयाँ खानी खोल्न नपाइने, तर पुरानो आवादी क्षेत्रमा सञ्चालित खानीले ठेक्कामा ढुंगा, गिट्टी निकासी गर्न पाउने जनाएको छ । 

यसअघि शिवपुर र शिवगढीका राजनीतिक दल र उपभोक्ता नदीजन्य पदार्थको निकासीसँगै राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रबाट काठ तस्करी बढेपछि दुईपटकसम्म सर्वपक्षीय, सर्वदलीय बैठक बसी वनक्षेत्रभित्र पूर्णरूपमा निकासीमा रोक लगाउने निर्णय पारित गरिसकेको छ । तर, चालू आर्थिक वर्ष मात्रै जिविसले सुरही नाकामा ३१ लाखको ठेक्का लगाएको छ । जिविस र जिल्ला वन कार्यालयबीच नीतिगत समस्याले नदीजन्य पदार्थ निकासी दिने/नदिने विवाद हुँदै आएको छ । ढुंगा, गिट्टी, बालुवा निकासीसँगै वन अतिक्रमण बढ्ने र वन पैदावर घट्ने वनको ठम्याइ छ । 

From Other News sources (English)

Blog Post: A leader for LGBTI students in Nepal - Bikya Masr

Bikya MasrBlog Post: A leader for LGBTI students in NepalBikya MasrToday the president of Nepal's LGBTI (lesbian, gay, bisexual, transgender, and intersex) Student Forum, Mahato...
 Visit website

Nepal: Concern over condition of elderly, women and children homeless by evictions - Bikya Masr

Bikya MasrNepal: Concern over condition of elderly, women and children homeless by evictionsBikya MasrThis eviction is the first part of a government plan to clear...
 Visit website

Nepal remains stuck on constitution - Bikya Masr

Bikya MasrNepal remains stuck on constitutionBikya Masr“Nepali Congress and CPN-UML have been stuck to the idea of eight federal states to be incorporated in the...
 Visit website

Nepal's kung fu nuns practise karma with a kick - The Malaysian Insider

The Malaysian InsiderNepal's kung fu nuns practise karma with a kickThe Malaysian InsiderThe sisters of the Amitabha Drukpa Nunnery — aged from nine to 52...
 Visit website

Nepal's mystery language on the verge of extinction - BBC News

BBC NewsNepal's mystery language on the verge of extinctionBBC NewsBy Bimal Gautam BBC News, Nepal Gyani Maiya Sen, a 75-year-old woman from western Nepal, can...
 Visit website

Subscribe to comments feed Comments (0 posted)

total: | displaying:

Post your comment

  • Bold
  • Italic
  • Underline
  • Quote

Please enter the code you see in the image:

Captcha

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?