सुनसरी र मोरङमा विद्युत् आपूर्ति बन्द
विराटनगर, १४ साउन : सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा दुई दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् आपूर्ति नहुँदा यस क्षेत्रका करिब पाँच सय उद्योगबाट उत्पादन हुन सकेको छैन । मोरङ व्यापार संघका अनुसार बिहीबार दिउँसोदेखि भारतको कटैयाबाट आयात गरिएको विद्युत् आपूर्ति बन्द भएको हो । संघका अध्यक्ष महेश जाजूले विद्युत् आपूर्ति नहुँदा जेनेरेटरबाट केही उत्पादन गरे पनि खर्चिलो भएकाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । भारतको कटैयाबाट आपूर्ति हुने ६५ मेगावाट विद्युत्को फारबिसगन्ज, कटिहार र किसनगन्ज सबस्टेसनमा राखिएका ट्रान्सफरमर बिग्रेपछि विद्युत् आपूर्ति हुन नसकेको प्राधिकरण दुहवी गि्रडका प्रमुख लक्ष्मी मुखियाले जानकारी दिए । तर, विद्युत् आपूर्ति व्यवस्था मिलाउन प्राधिकरणका क्षेत्रीय प्रमुख गणेश राज र जिल्ला प्रमुख सच्चिदानन्द यादवलाई सम्पर्क गर्न खोजे पनि उनीहरू नभेटिएको अध्यक्ष जाजूले गुनासो गरे । उनीहरू जिल्लाबाहिर गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्योगी र स्थानीयको गुनासोको बेवास्ता गर्ने प्राधिकरण कार्यालयका प्रमुखमाथि कारबाही गर्ने प्रशासनले जनाएको छ । 'विनास्विकृती जिल्ला छाडेका प्रमुखहरूमाथि कारबाही गछौर्ं,' प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले भने, 'यसको जानकारी गृह मन्त्रालयमा दिइसकेको छु ।' दुई महिनायता विद्युत् प्राधिकरणलगायत मोरङका अधिकांश कार्यालय प्रमुखहरू जिल्लाबाहिर रहेको गुनासो आएको प्रशासनले जनाएको छ । राजनीतिक दलको पहुँचमा सरुवा भएर आएका कार्यालय प्रमुखहरूलाई अनुशासनमा राख्न नसकेको प्रजिअ अधिकारीले गुनासो गरे । प्रशासनका अनुसार हाल विद्युत् प्राधिकरणका क्षेत्रीय प्रमुख गणेश राज, प्राधिकरण विराटनगर शाखा प्रमुख यादव, भन्सार प्रमुख मित्रलाल रेग्मी जिल्लाबाहिर छन् । त्यस्तै, सडक, जल उत्पन्न, कृषि, जिल्ला विकास समितिलगायत कार्यालयमा पनि प्रमुख छैनन् । उनीहरू पनि जिल्लाबाहिर गएका सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । प्रमुख नहँुदा बाढीप्रभावितले राहतसमेत पाउन कठिन भएको छ ।
बिरामीको चाप बढ्यो सुनसरी/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनयता बिरामीको चाप बढेको छ । गर्मी बढेपछि बालबालिका र वृद्धवृद्धा बढी बिरामी परेका छन् । प्रतिष्ठानमा हाल दैनिक तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् । अरू वेला दैनिक समान्यतः सयदेखि एक सय ५० बिरामी आउने गरेको प्रतिष्ठानको तथ्यांकमा उल्लेख छ । प्रतिष्ठानमा आउने बालबालिका र वृद्धवृद्धामा निमोनिया, डाइरिया, भाइरल फिभरलगायत समस्या देखिएको प्रतिष्ठानका सञ्चार अधिकृत विजय रिमालले जानकारी दिए । प्रतिष्ठानमा बिरामीको चाप बढेपछि आकस्मिक कक्षमा शय्या अभाव भएकोे रिमालले बताए ।



del.icio.us
Digg
Post your comment