Newsletter
Email:
Home | मोफसल | वर्ष दिनमा तीन दर्जन चोरीका सवारी बरामद

वर्ष दिनमा तीन दर्जन चोरीका सवारी बरामद

Font size: Decrease font Enlarge font
image

बुटवल, १४ साउन : पश्चिमाञ्चल क्षेत्रमा वर्ष दिनमा प्रहरीले झन्डै तीन दर्जन चोरीका सवारी बरामद गरी भन्सार चलान गरेको छ । ०६६ साउनदेखि ०६७ असार मसान्तसम्ममा १५ गाडी र १९ मोटरसाइकल बरामद गरी भैरहवा भन्सार पठाइएको हो ।

बरामद भएकामा १५ जिप, कार र १९ मोटरसाइकल रहेका छन् । तिनीहरूलाई लिलामीका लागि प्रहरीले भन्सार चलान गरेको हो । जिप, कारको ९० लाख र मोटरसाइकलको सात लाख ५५ हजार रुपैयाँ मूल्यांकन गरिएको ट्राफिक प्रहरी कार्यालय पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवल प्रमुख प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले बताए ।

चोरीका सवारी साधन बरामद गरे पनि प्रयोगकर्ता पक्राउ गर्न भने प्रहरी असफल भएको छ । चोरीका सवारी साधनको प्रयोग बढेको गुनासो बढिरहेको अवस्थामा ट्राफिक प्रहरीले गत २०६६ चैतयता मात्र आठ कार तथा जिप बरामद गरेको छ । सबैजसो सवारी सुराकीका आधारमा पक्राउ गरेको बताउने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले धेरैजसो चोरीका सवारी तराईका जिल्लाबाट बरामद गर्ने गरेको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल प्रमुख प्रनाउ माझी प्रहरीले शंका लागेका सवारी रोकी जाँच गर्ने क्रममा चालकले कागजपत्र लिन जान्छु भनी भाग्ने गर्नाले पक्राउ पर्न नसकेको बताउँछन् ।

प्रहरीले यस्ता सवारी प्रयोग गर्ने गिरोह भिन्नाभिन्नै किसिमका रहेको अनुमान गरेको छ । केहीले नेपाली नक्कली नम्बर प्लेट, केहीले भारतीय नक्कली नम्बर प्लेट त केहीले एकीकृत नेकपा माओवादीले प्रयोग गर्ने सवारीको नक्कली नम्बर प्लेटसमेत प्रयोग गरेको पाइएको प्रनाउ माझीले बताए । त्यस्तै, समातिएका सवारी साधन नयाँ-नयाँ मोडेलका रहेको प्रहरीले जनाएको छ । पछिल्लोपटक समातिएको बा६च ४५१५ नम्बरको जाइलो गाडी कम्प्युटर सिष्टम भएकाले चाबीसमेत बनाउन नसकेको प्रहरीले जनाएको छ ।

 

डिजिटल नम्बर प्लेट हटाउने अभियान

गुल्मी/ आपराधिक घटना बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक कार्यालय गुल्मीले सवारी साधनमा डिजिटल नम्बर प्लेट हटाउन सुरु गरेको छ । बिहीबारदेखि सञ्चालन गरिएको उक्त अभियान क्रममा सदरमुकाम तम्घासमा एघार मोटरसाइकलका डिजिटल नम्बर प्लेट जफत गरिएका छन् ।

डिजिटल नम्बर प्लेट राखी सवारी साधन चलाउँदा कलर भिजन अंक देखिने र कुनै आपराधिक घटना घटाएर अपराधी फरार हुन सक्ने खतरा रहेको जिल्ला ट्राफिक कार्यालय गुल्मी प्रमुख डोरबहादुर थापाले बताए । ट्राफिकले सवारी चालक अनुमति-पत्र नलिई जथाभावी सवारी साधन चलाउने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा सवारी साधन चलाउनेलगायत गतिविधि गर्ने सवारी चालकलाई समेत कडा कारबाही गरिने उनको भनाइ छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?