दाता सम्मानित
सो अवसरमा सम्मानित राजेन्द्र अधिकारीले विद्यालयलाई गरिँदै आएको सहयोग भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दप्रसाद घिमिरे, प्रधानाध्यापक विष्णुमणि घिमिरेलगायतले विद्यालयलाई आगामी वर्ष उच्च मावि बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाली विद्यालयमा तिब्बती पढाइ म्याग्दी/ हिमालापारिको जिल्ला मुस्ताङमा तिब्बती भाषा ऐच्छिक रूपमा पढाइ हुने गरेको छ । उपल्लो मुस्ताङको चराङ गासिवस्थित चराङ निमाविमा तिब्बती भाषाको पढाइ हुने गरेको हो । यहाँका बासिन्दाको व्यापार-व्यवसाय, राजनीतिक तथा धार्मिक संस्कार तिब्बतसँग मिल्ने भएकाले सो विद्यालयमा तिब्बती भाषाको पढाइ सञ्चालन गरिएको हो । चराङ गाविसकी निवर्तमान अध्यक्ष माया विष्टका अनुसार तिब्बतसँगको सम्बन्ध राम्रो भएको सो गाउँमा प्रायः तिब्ब्ाती भाषा बोलिने भएकाले तिब्बती भाषाको पढाइ हुने गरेको छ । विद्यालयकी शिक्षिका रिमा गुरुङले भनिन्, 'विद्यालयमा तिब्बती भाषा पढाइँदा स्थानीय बासिन्दालाई तिब्बतसँग व्यापार-व्यवसाय बढाउन सजिलो भएको छ । आठ शिक्षक र २५ विद्यार्थी रहेको सो विद्यालयमा चराङको मराङ र चराङ गाउँका विद्यार्थी अध्ययन गर्छन् ।



del.icio.us
Digg
Post your comment