अर्घाखाँचीका सबै पत्रिका बन्द
०५४ देखि ०६३ सालसम्म प्रकाशित भई सञ्चालन भएका पत्रिका सधैँका लागि बन्द भएका हुन् । जिल्लाबाट प्रकाशित हुँदै आएका आठवटा समाचारमूलक पत्रिका बन्द भएका छन् । ०५४ सालमा जिल्लामा पहिलोपटक प्रकाशित भएको भू-सन्देश साप्ताहिक दुई वर्ष प्रकाशन भएर बन्द भएको छ भने पछिल्लोपटक ०६४ सालबाट प्रकाशन भएको नवगुराँस पाक्षिक पत्रिका पनि आर्थिक अभावले नै बन्द भएको छ । त्यस्तै, अर्घाखाँची टाइम्स पाक्षिक, बुलन्द पाक्षिक, अन्तरपुकार पाक्षिक, अर्घा सन्देश साप्ताहिक, अर्घाखाँची संवाद, दिगो संसार मासिक र नवगुराँस खबरपत्रिका पाक्षिक बन्द भएका हुन् । अर्घाखाँची टाइम्सका प्रकाशक सूर्यप्रसाद भुसालले पत्रिका प्रकाशन गरेर आर्थिक अवस्थाले थेग्न नसकेकाले प्रकाशन बन्द गर्नुपरेको बताए । नवगुराँसका प्रकाशक हरिबहादुर खड्काले पनि आर्थिक अभावले प्रकाशन बन्द गर्नुपरेको जानकारी दिए । बजार क्षेत्र सानो र ठूला उद्योग कलकारखाना नभएकाले विज्ञापन आउन नसकेको प्रकाशकहरू बताउँछन् । जिल्लाको समाचारमूलक पत्रिका प्रकाशन गर्न सरकारले सहयोग गनुपर्ने माग प्रकाशकहरूको छ । प्रकाशित पत्रिका बन्द हुन पुग्दा पत्रकार विस्थापित भएका छन् । जिल्लाबाट चारदेखि आठ पेजको एउटा पाक्षिक पत्रिका प्रकाशन गर्न आठदेखि १० हजारसम्म खर्च हुने गर्छ ।



del.icio.us
Digg
Post your comment