Newsletter
Email:
Home | मोफसल | हतियारसहित चार पक्राउ

हतियारसहित चार पक्राउ

Font size: Decrease font Enlarge font

पोखरा/ पोखराको चिप्लेढुंगामा धारिलो हतियारसहित हिँडेका चारजनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । दिउँसो साढे १२ बजे उनीहरूलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा उप-महानगरपालिका बगरका बिजु गुरुङ, सोमन गुरुङ, विश्वास प्रधान र लेकसाइडका मनीष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताए । आफ्नी प्रेमिकालाई जिस्क्याएको भन्दै एक स्थानीय युवालाई आक्रमण गर्न हिँडेको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

हतियारसहित बजारमा दिउँसै युवाहरू दौडिएको देखेर स्थानीय व्यक्तिहरूले नजिकैको प्रहरीलाई खबर गरेपछि उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ । उनीहरूलाई ड्युटीमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखराका प्रहरी जवान शंकर रिमालले समातेका थिए । पक्राउपछि रिमालले उनीहरूलाई जिल्ला प्रहरीसमक्ष बुझाएका हुन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?