Newsletter
Email:
Home | मोफसल | सौंठा र जनक भिड्ने

सौंठा र जनक भिड्ने

Font size: Decrease font Enlarge font

काठमाडौं/ कोकाकोला अन्तरविद्यालय राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आइतबार एन्फा कम्प्लेक्समा हुने भएको छ । तालिकाअनुसार शनिबार हुनुपर्ने सेमिफाइनल खेल प्राविधिक कारणले हुन सकेन ।

पहिलो सेमिफाइनलमा सौंठा उच्चमाविले जनक बोर्डिङको सामना गर्नेछ । समूह 'बी' मा शीर्ष स्थान ओगटेर जनकले अन्तिम चारको स्थान पक्का गरेको थियो । समूह 'ए' मा मोरङको सौंठाले लिगको अन्तिम खेलमा वीरेन्द्र सैनिकलाई १-० ले निराश पार्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गरेको एकमात्र टोली अरुणोदयले गत वर्षको उपविजेता कास्कीको गण्डकीलाई अन्तिम खेलमा ३-२ ले हराउँदै सेमिफाइनलको स्थान पक्का गर्‍यो । गण्डकीलाई लिग चरणबाट बाहिर पठाउनमा सनी लामाले निणर्ायक गोल गरेका थिए ।

सहिद भीमसेन कप

पोखरा/ चौथो विद्यालयस्तरीय सहिद भीमसेन दाहाल स्मृति फुटबल प्रतियोगिता पोखरामा आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा पोखराका क्लबमा आबद्ध खेलाडीले भाग लिन पाउने छैनन् । प्रतियोगितामा ए, बी र सी कुनै पनि क्लबबाट खेलिसकेका खेलाडीलाई समावेश नगरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा सहारा क्लबका अध्यक्ष विक्रम थकालीले जानकारी दिए ।

प्रतियोगितामा ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीले भाग लिनेछन् । प्रतियोगितामा कास्कीका १० सरकारी र ३४ निजी विद्यालय गरी ४४ विद्यालयको सहभागिता रहेको छ । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले प्रतियोगिताका लागि २५ हजार रुपैयाँ दिएको छ ।

पोखरा रंगाशालामा हुने प्रतियोगिताको विजयी टोलीले दस हजार र रनिङ सिल्ड प्राप्त गर्नेछ भने उपविजेताले ५ हजार नगद पाउनेछ ।

मिश्रति नतिजा

काठमाडौं/ नयाँदिल्लीमा सञ्चालन एसियन जोन बुद्धिचाल प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा नेपालले मिश्रति नतिजा निकालेको छ । पुरुषतर्फको दसौं चरणमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामाले श्रीलंकाली हापुराचीलाई सहजै पराजित गरे । प्रतियोगितामा सुरवीरले ३ दशमलव ५ अंक बटुलेका छन् । यता नेपाली महिला च्याम्पियन मोनालिसा खुम्बू सातौं चरणमा ग्रान्डमास्टर स्वाती घाटेसित पराजित भइन् । प्रतियोगितामा मोनानिसाले कुनै पनि अंक बटुलेकी छैनन् ।

दर्शन ग्रुप विजयी

काठमाडांै/ एकदिने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा दर्शन ग्रुपले आइसिएफसीलाई ४-२ ले पराजित गरेको छ । च्यासलको एन्फा एकेडेमीमा भएको खेलमा दर्शनले पूरै खेलमा आफ्नो आधिपत्य जमायो । वित्तीय संस्था आइसिएफसीका खेलाडीले गरेको गल्तीमा दर्शनका खेलाडीले गोल गर्न पछि परेका थिएनन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?