Newsletter
Email:
Home | मोफसल | सात वर्षसम्म लिंग छुट्टिन

सात वर्षसम्म लिंग छुट्टिन

Font size: Decrease font Enlarge font
image

परिवार चिन्तामा, गाउँलेलाई रमिता

प्रकाश लम्साल/नयाँ पत्रिका

बारा, ३० भाद्र

जन्मिएको सात वर्षसम्म पनि आप\mनो बच्चाको लिंग थाहा पाउन नसकेर एक दम्पती पीडामा परेका छन् । बच्चाको शरीरमा जन्मैदेखि पुरुष र स्त्री दुवै जननेन्दि्रय पाइएको छ ।

बाराको भरतगन्जसिगौलका दम्पती लक्ष्मी गुरो र रतनीदेवी गुरोका दोस्रो सन्तानमा यस्तो समस्या देखिएको हो । 'छोरा हो कि छोरी छुट्टयाउनै सकिएन,' आमा रतनीदेवीले भनिन् । आफ्नो सन्तानलाई गाउँलेले 'अलच्छिना' भनेर बोलाउन थालेपछि दम्पतीले थप प्रताडित बन्नुपरेको छ ।

बच्चामा पुरुष लिंग २-३ इन्च लामो रहेको छ भने त्यसका दुवैतिर अण्डकोषसमेत देखिन्छ । बच्चाले मूत्रत्याग भने योनिमार्फत गरिरहेको परिवारले जानकारी दिएको छ । बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।

रतनी र लक्ष्मीका थप दुई छोरा र एक छोरी छन् । अन्य छोराछोरीमा भने यस्तो समस्या नरहेको बाबु लक्ष्मीले बताए । बच्चाको लिंग खुट्याउन नसकिएपछि गाउँलेलाई रमिता भएको छ । उनीहरूले बच्चालाई 'खोजा' र 'खाजिन' भन्न थालेका छन् भने कोहीले त अलच्छिने भनेरसमेत बोलाउन थालेका छन् ।

आदिवासी कछडिया समुदायमा दुवै लिंगसहित जन्मिएको बच्चाको उमेर वृद्धिसँगै पुरुष जननेन्दि्रय सक्रिय भएमा 'खोजा' र स्त्री जननेन्द्र सक्रिय भएमा 'खोजिन' भन्ने गरिएको भरतगन्जसिगौल गाविस३ का रतन धामीले बताए ।

अनेक नाम दिएर आप\mना सन्तानलाई गाउँलेले बोलाउन थालेपछि आजित बनेकी रतनीदेवीले पैसाका अभावमा बच्चालाई अस्पताल नलगिएको दुखेसो गरिन् । दिनभरि ज्यामी काम गरी दैनिक गुजारा चलाउँदै आएका दम्पतीले आर्थिक अभावकै कारण बच्चालाई विद्यालयसमेत पठाएका छैनन् । गुरो दम्पतीले गाउँका केही नेतालाई सरकारी अस्पतालमा निःशुल्क उपचारका लागि पहल गरिदिन आग्रह गरे पनि सबैले बेवास्ता गरेको गुनासो गरे । बच्चाको पुरुष र स्त्री जननेन्दि्रय दुवैको समान विकास भए पनि केही समययता आएर छोरीको जस्तो व्यवहार देखाउन थालेेको उनीहरूले बताएका छन् ।

केटी साथीहरूसँग खेल्न मन पराउँछ, कहिलेकाहीँ कपाल बाट्ने र आँखामा गाजलसमेत लगाएर हिँड्छ,' आमा रतनीदेवीले बताइन् । आमाबुबाले भने बच्चा छोरा भइदिए हुन्थ्यो भन्ने चाहना राखेको पाइएको छ । कपाल छोटो पारेर काटिदिने, सर्ट पाइन्ट र कट्टुजस्ता छोराका कपडा लगाइदिने गरेका छन् उनीहरूले ।

Subscribe to comments feed Comments (4 posted):

Ctrl+c on 16/09/2009 08:04:19
avatar
picture plzz......
Thumbs Up Thumbs Down
0
on 16/09/2009 03:46:03
avatar
रतनीदेवीले बताइन् । आमाबुबाले भने बच्चा छोरा भइदिए हुन्थ्यो भन्ने चाहना राखेको पाइएको छ । कपाल छोटो पारेर काटिदिने, सर्ट पाइन्ट र कट्टुजस्ता छोराका कपडा लगाइदिने गरेका छन् उनीहरूले ।
Thumbs Up Thumbs Down
0
milan timsina on 15/09/2009 21:56:49
avatar
U call urself ganatantrik, sabai ko lagi samanta ko kura garchhau, U should be ashamed of this, suru ma tini haru ko gau ko manchhe lai matra thaha thiyo aba u made them nepal famous, timro neta ko bachha lai yesto bhako bhaye pani photo rakhera lekhna sakthyou, people like u r responsible for every kind of discriminations, **** u.
Thumbs Up Thumbs Down
0
harihar on 15/09/2009 18:34:25
avatar
21st century ma pani yesto hunu parne. tyaha ka neta bhanauda harule kasko rajnity gareka 6an. tiniharuko naauma pani sama4ar aaos. khoi janatako samasya ma help gareko. Neta laai tauko dukhda Bankok, singapur, USA, sarkaari dhukuti rityayer jan6an, janata le testo samasya ma pani mukta hun napaune yo ta sarai vo.
Thumbs Up Thumbs Down
0
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?