चौध वषर्ीया बालिकामाथि सामूहिक बलात्कार
बझाङ, १७ कात्तिक : स्याँडी गाविस— ८ की एक बालिकालाई दाइ नाता पर्ने सोही गाउँका दुईजनाले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले दुवैलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सदरमुकाम चैनपुरबाट २३ कोस दक्षिण-पश्चिममा रहेको सो गाउँकी १४ वषर्या बालिका पार्वती बोहरा -नाम परिवर्तन) लाई ४२ वषर्ीय वीरजित बोहरा र ४० वषर्ीय नरबहादुर बोहराले आइतबार राति बलात्कार गरेका हुन् ।
मदिरा-सेवन गरी आएका उनीहरूले आमासित सुतिरहेकी बालिकाको मुख थुनेर बाहिर ल्याएको र आमालाई मार्ने धम्की दिई सामूहिक बलात्कार गरेको खुल्न आएको छ । बलात्कार गरेर भाग्ने क्रममा आमा सन्जाले गाउँलेलाई गुहारी उनीहरूलाई समातेर प्रहरीलाई बुझाएको बालिकाका काका मानबहादुर बोहराले बताए ।
सदरमुकाम चैनपुरस्थित प्रहरी कार्यालयमा जाहेरी दिन आएका बोहराका अनुसार दुईवटा हँसियासमेत बोकेर आएका आरोपीहरूले पीडित बालिकाकी आमाले कानमा लगाएको गहना पनि लुछेर लगेका छन् ।
आरोपी दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको निमित्त प्रहरी नायब उपरीक्षक मिलन बस्नेतले बताए । बलात्कृत बालिकाको स्वास्थ्यपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको र रिपोर्ट आएपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । पीडित बालिकाकी आमाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुलुकी ऐनमा १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा अभियुक्तलाई आठदेखि १२ वर्षसम्म कैद-सजायको व्यवस्था छ ।
अपहरणको छानबिनमा टोली
नयाँ पत्रिका
नेपालगन्ज, १७ कात्तिक
पाँच महिनाअघि अपहरण गरिएका नेपालगन्जका प्रतिष्ठित व्यापारी गौवरकृष्ण रस्तोगीका विषयमा थप अनुसन्धान गर्न सरकारले दुई प्रहरी अधिकारीको नेतृत्वमा विशेष टोली नेपालगन्ज पठाएको छ ।
सरकारद्वारा खटाइएका नेपाल प्रहरीको अपराध अनुसन्धान केन्द्रीय कार्यालयका प्रहरी उपरीक्षक विजयकुमार भट्ट र प्रहरी निरीक्षक श्याम तामाङसहितको विशेष टोली नेपालगन्ज आएर अनुसन्धान प्रक्रिया सुरु गरिसकेको छ । टोलीले अपहरित गौरव रस्तोगीका परिवार, विभिन्न निकाय तथा शंकास्पद विषयवस्तुका बारेमा एकसाता अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय, बाँकेका
प्रमुख प्रहरी उपरीक्षक मिङमार लामाले बताए ।
गत असार ७ गते अपहरण गरिएका गौरव रस्तोगीको परिवारले अपहरणकारीको मागअनुसार सात लाख फिरौती बुझाउँदा पनि उनको अवस्था सार्वजनिक भएको छैन । छोरा खोज्न सञ्चारमाध्यममा सार्वजनिक विज्ञापन गरिरहेका नेपालगन्जका व्यापारी कृष्णमुरारी रस्तोगीले प्रहरी-प्रशासनले आफूसँग समन्वय नगरेको गुनासो गर्दै आएका छन् ।
सीमावर्ती भारतीय रुपैडिया बजारमा रहेको पसलबाट र्फकने क्रममा रस्तोगी ७ असारमा अपहरणमा परेका थिए । त्यसलगत्तै अपहरणकारीले मोबाइल फोनबाट सम्पर्क गरी फिरौती रकम माग गरेका थिए । चार करोड फिरौती रकम मागिएकामा 'बार्गेनिङ' गर्दै जाँदा अपहरणकारी सात लाख रुपैयाँ फिरौतीमा सहमत भएका थिए ।
त्यसअनुसार बाबु कृष्णमुरारीले हेटौँडा पुगेर अपहरणकारीलाई उक्त रकम बुझाएका थिए । फिरौती बुझाएको २४ घन्टाभित्रै अपहरणकारीले रस्तोगीलाई रिहा गर्ने बताएका थिए । तर, फिरौती रकम बुझेलगत्तै अपहरणकारी सम्पर्कविहीन भएका छन् ।



del.icio.us
Digg
Post your comment