गणराज्य घोषणा गरिछाड्ने धम्की
खोटाङ/ एकीकृत माओवादीको खोटाङ जिल्ला कमिटीले गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिने चेतावनी दिएको छ । केन्द्रीय कमिटीको निर्णयविपरीत माओवादी खोटाङले यस्तो चेतावनी दिएको हो । पूर्वघोषित गणराज्य घोषणा फिर्ता नलिने जिल्ला इन्चार्ज धीरेनले बताए । 'किराँत गणराज्य घोषणा गरेरै छाड्छौँ,' उनले नयाँ पत्रिकासँग भने । टेलिफोन सम्पर्कमा इन्चार्ज धीरेनले भने, '२३ कात्तिकमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा जिल्लालाई समेटेर किराँत स्वायत्त गणराज्य घोषणा गर्ने तयारी भइरहेको छ ।' खोटाङ माओवादीले महासचिव रामबहादुर थापा बादल, पोलिटब्युरो सदस्य गोपाल किराँती, पूर्वराज्यमन्त्री पदम राई, केन्द्रीय सदस्य पेशल खतिवडा, किराँत राज्यका सभासद्लगायतको उपस्थितिमा किराँत गणराज्य घोषणा गर्ने तयारी पूरा भएको जानकारीसमेत दिएको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment