चार लुटेरा गेस्टहाउसबाट समातिए
काठमाडौं/ धम्क्याएर जबर्जस्ती रकम लुट्न खोज्ने चार लुटेरा पक्राउ परेका छन् । राजधानीको एक गेस्टहाउसका म्यानेजरलाई नियन्त्रणमा राखेर रकम माग गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं मनमैजु बस्ने २८ वर्षीय भीषण ढकालसमेत चारजना छन् । प्रहरीका अनुसार ढकाल समूहले काठमाडौं महानगरपालिका-२९ नयाँबसपार्कस्थित सप्तकोसी गेस्टहाउसका मेनेजर २८ वर्षीय देवेन्द्र लुइँटेललाई शनिबार बेलुका केही काम छ भनी जबर्जस्ती ट्याक्सीमा राखेर भीमसेनगोलाको गेस्टहाउसमा लगेर राखेका थिए ।
उनीहरूले लुइँटेलसँग ४० हजार रकम माग गरी नदिए ज्यान मार्ने धम्की दिएर भीमसेनगोलाको सुनसरी गेस्टहाउसमा बन्धक बनाएर राखेका थिए । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै गेस्टहाउस घेरा हाली बन्धक बनाइएका लुइँटेलको उद्धार गरेको थियो । पक्राउ चारै अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



del.icio.us
Digg
Post your comment