कोचिला र लिम्बुवान गणराज्य घोषणा
झापा, २६ मंसिर : एकीकृत माओवादीले पूर्वका आठ जिल्लालाई अलगअलग दुई स्वायत्त गणराज्य घोषणा गरेको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत माओवादीले कोचिला र लिम्बुवान स्वायत्त गणराज्यको घोषणा गरेको हो । यसअघि दोस्रो चरणको आन्दोलनका बेला गणराज्य घोषणा गर्ने कार्यक्रम तय भए पनि कूटनीतिज्ञको आग्रहमा माओवादीले सो कार्यक्रम स्थगित गरेको थियो । त्यसबेला सत्तारुढ दलले पनि संविधानसभाको अवमूल्यन भएको भन्दै गणराज्य घोषणाको विरोध गरेका थिए । चौतर्फी विरोध हुँदाहुँदै पनि माओवादीले शुक्रबार झापाको बिर्तामोडमा कोचिला र तेह्रथुमको म्याङलुङमा लिम्बुवान स्वायत्त गणराज्य घोषणा गरेको छ । कोचिलामा झापा, मोरङ र सुनसरी गरी तीन जिल्ला समेटिएका छन् । लिम्बुवान स्वायत्त गणराज्यअन्तर्गत धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम परेका छन् । सशस्त्र आन्दोलनकालमा माओवादीले झापा, मोरङ र सुनसरीलाई 'कोचिला प्रदेश' नामकरण गर्दै संगठन विस्तार गरेको थियो । यी तीन जिल्लामा कोचहरूको संख्या करिब तीन लाख छ । कोचमा राजवंशी, धानुक, गनगाईं, ताजपुरियालगायतका जाति पर्छन् । झापाको बिर्तामोडमा आयोजित घोषणासभामा संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोचिला स्वायत्त गणराज्यको घोषणा गरे । घोषणासभालाई सम्बोधन गर्दै उनले स्वायत्त राज्य घोषणासँगै मुलुकमा एकात्मक शासनसत्ताको अन्त्य भएको बताए । उनले स्वायत्त गणराज्य घोषणा गरिरहँदा भिक्षुहरूले शान्तिमन्त्र वाचन गरेका थिए । एकैपटक १५ वटा दीप प्रज्ज्वलन गरिएको थियो । त्यसलाई माओवादीले जातीय एकताको प्रतीक भनेको छ । विभिन्न जातजातिले एकैपटक सामूहिक रूपमा झाँकी प्रस्तुत गरेका थिए । पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्दै माओवादीले स्वायत्त गणराज्य घोषणा गरेको हो । गणराज्य प्रमुखको जिम्मेवारी माओवादी नेता पूर्णसिंह राजवंशीलाई दिइएको छ । द्वन्द्वकालमा कोचिला मुक्ति मोर्चाका अध्यक्ष रहेका राजवंशी झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् हुन् । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै आदिवासी समुदायका राजवंशीले संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । उनी ०५७ देखि माओवादीमा आबद्ध छन् । माओवादीले स्वायत्त गणराज्य घोषणा गरिरहँदा संघीय लिम्बुवान राज्यपरिषद्ले भने कोचिला चाहिँदैन, लिम्बुवान टुक्र्याउन पाइँदैन भन्दै नाराबाजी गरेको थियो । परिषद्ले शुक्रबारै बिर्तामोडमा विरोधसभाको आयोजना गरेर माओवादीको कोचिला र लिम्बुवान स्वायत्त गणराज्य घोषणाप्रति असहमति जनाएको छ । माओवादीको कार्यक्रमस्थलभन्दा पाँच सय मिटर उत्तर परिषद्ले सभाको आयोजना गरेको थियो । अरुणपूर्वका नौ जिल्लालाई परिषद्ले स्वायत्त लिम्बुवान राज्य घोषणाको माग गर्दै आएको छ । दुवै पक्षको कार्यक्रम एकै स्थानमा तय भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो । कार्यक्रमस्थलवरिपरि करिब पाँच सय प्रहरीले सुरक्षा दिएका थिए । माओवादी र लिम्बुवानले सयौँको संख्यामा आ-आफ्नै युवादस्तालाई सुरक्षाका लागि परिचालन गरेका थिए । कार्यक्रमस्थलमा एक हजार पाँच सय वाइसिएल कार्यकर्ता परिचालन गरिएको माओवादीले जनाएको छ । कार्यक्रम वाइसिएलको बाक्लो सुरक्षा घेराबीच भएको थियो । माओवादीले शुक्रबारै तेह्रथुममा लिम्बुवान गणराज्य घोषणा गरेको छ । राज्यप्रमुखको जिम्मेवारी श्रीप्रसाद जबेगूले पाएका छन् । माओवादी केन्द्रीय सदस्य सुरेश आलेमगरले तेह्रथुममा लिम्बुवान स्वायत्त गणराज्यको घोषणा गरेका थिए ।



del.icio.us
Digg
सबै लै राज्य, तर नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ??
खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ…तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले…..याद राख …. नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!
Post your comment