Newsletter
Email:
Home | मोफसल | प्रचण्डलाई प्रधानमन्त्रीको चेतावनी

प्रचण्डलाई प्रधानमन्त्रीको चेतावनी

Font size: Decrease font Enlarge font
image

'कार्यकर्तालाई नियन्त्रण गर्न सक्नुहुन्न भने अध्यक्षको कुर्सी छोड्नुस्

पाँचखाल -काभ्रे), २६ मंसिर : प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको व्यवहारले शान्तिप्रक्रिया टुंगोमा पुग्न नसकेको आरोप लगाएका छन् । माओवादीको व्यवहारले अन्य दलका साथै अन्तर्राष्ट्रिय समुदायसमेत सशंकित भएको उनको भनाइ छ ।

माओवादीले आफ्नो व्यवहार नसच्याएसम्म राजनीतिक गतिरोध अन्त्य हुन नसक्ने बताउँदै प्रधानमन्त्री नेपालले माओवादीसँग भएका हतियारका कारण पनि समस्या उत्पन्न भएको बताए । 'माओवादीबाहेक अन्य पार्टीसँग हतियार छैन,' एमाले काभ्रेको सातौँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले भने, 'हतियारकै भरमा अरूलाई दास बनाउँछु भन्ने माओवादी दम्भले उप्रति सबै सशंकित भएका छन् ।'

माओवादी लोकतन्त्रप्रति इमानदार नभएको भन्दै प्रधानमन्त्री नेपालले हतियार र सेना छाडेमात्रै उसको इमानदारिता देखिने बताए । 'उसले हतियार र सेना छाड्दै वाइसिएलको संरचना खारेज गरेर लोकतन्त्रप्रतिको प्रतिबद्धता देखाउनुपर्छ,' उनले भने, 'नत्र कोठामा गरिएको प्रतिबद्धताको कुनै अर्थ हुँदैन ।' सेना समायोजन प्रक्रिया पूरा नभई संविधानलाई अन्तिम रूप दिन नसकिने बताउँदै प्रधानमन्त्री नेपालले सेना समायोजनमा सहयोग गर्न माओवादीलाई आग्रहसमेत गरे ।

शान्तिप्रक्रिया समयमै टुंगोमा नपुगे र संविधान निर्माण नभए त्यसको सबैभन्दा प्रमुख दोषी माओवादी हुने उनको भनाइ थियो । 'संविधान समयमै नबने त्यसको दोष माओवादीलाई जान्छ,' नेपालले भने । दलहरूबीच सहमति भए समयमै संविधान बन्नसक्ने उनले बताए । अहिले प्रमुख दलहरूबीच इमानदारिता र आपसी विश्वासको कमी भएको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले १२ बुँदे सहमतिमा जस्तै विश्वास र सहमतिको आवश्यकता भएको बताए । केही समयदेखि चलिरहेको सहमतिको प्रयासले आशा जगाएको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले भने, 'यो आशालाई वास्तविकतामा बदल्न प्रचण्डलाई आग्रह गर्छु ।'

माओवादी नेताहरूले सत्ता कब्जा गर्ने धम्की दिँदै हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले माओवादीले अरू दलको विरोधसमेत सहन नसकेको बताए । उनले भने, 'सत्ता कब्जाको कुरा गर्ने अनि अरूले विरोध गर्दा सहन नसक्ने ?' माओवादीका कार्यकर्तालाई नेतृत्व तहले नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्री नेपालले कार्यकर्ता तह लगाउन नसके पार्टी अध्यक्षको पद छाड्न प्रचण्डलाई चेतावनीसमेत दिए । 'कार्यकर्तालाई नियन्त्रण गर्न सक्नुहुन्न भने प्रचण्डजीलाई अध्यक्षको कुर्सीमा बस्ने कुनै आधार छैन,' प्रधानमन्त्री नेपालले भने, 'नभए कानुनविपरीत काम गर्नेलाई कारबाही गर्न सरकारलाई सहयोग गर्नुस् ।'

माओवादीले अहिलेको सरकारलाई कठपुतली र दक्षिणपन्थी भन्नुको कुनै तुक नभएको भन्दै प्रधानमन्त्री नेपालले सरकारबाट हटेको पीडाले माओवादी बर्बराउँदै हिँडेको बताए । 'यो कठपुतली सरकार होइन, शानका साथ बहुमत पुर्‍याएर बनेको सरकार हो,' नेपालको भनाइ थियो, 'बहुमत गुमाएर सरकारबाट हटेपछि अहिले उसको पीडा बोलिरहेको छ ।'

कैलाली घटनामा माओवादी नै दोषी रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री नेपालले सरकारले कुनै पनि हालतमा जंगल कब्जा गर्न नदिने बताए । माओवादीले सरकारमा छँदा ४० प्रतिशत भू-भागमा जंगल विस्तार गर्ने प्रतिबद्धताविपरीत कैलालीमा मान्छे ओसारेर जंगल कब्जा गर्न लगाएको नेपालको आरोप थियो । 'सुकुम्बासीका नाममा धेरै ठाउँमा हुकुमबासीको राज भइरहेको छ,' नेपालले भने, 'अब नक्कली सुकुम्बासीको सम्पत्ति खोस्ने, जरिवाना तिराउने र जेल हाल्नेसमेतको काम हुन्छ ।'

पत्रकार टीका विष्टमाथि माओवादीले नै आक्रमण गरेको प्रधानमन्त्री नेपालको दाबी थियो । सरकारले पत्रकारमाथि आक्रमण गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताउँदै नेपालले भने, 'माओवादीबाहेक यस्तो आततायी काम कसैले गर्न सक्दैन, दोषीलाई कुनै पनि हालतमा कारबाही गरेरै छाड्छौँ ।'

कार्यक्रममा एमाले वरिष्ठ नेता केपी ओलीले वर्तमान सरकार ढल्ने सपना नदेख्न माओवादीलाई आग्रह गरे । अहिलेकै सरकारले संविधान निर्माण गर्ने बताउँदै ओलीले भने, 'सरकार ढलेको सपना देख्न छाडे हुन्छ, खल्तीमा राजीनामा बोकेर हामीले सरकार बनाएका होइनौँ ।' देशकै ठूलो पार्टीका रूपमा रहेको माओवादीले संसद्मा गएर वितण्डा मच्चाउन नसुहाउने ओलीले बताए । 'आफूलाई ठूलो पार्टी भन्छ अनि संसद् चल्न नदिएर वितण्डा मच्चाउन खोज्छ,' ओलीको भनाइ थियो, 'माओवादीको यस्तो गैरराजनीतिक चरित्रले समस्या झन् चर्कंदै जान्छ ।'

२८ मंसिरसम्म चल्ने एमाले अधिवेशनले नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नेपाल काठमाडौंबाट हेलिकोप्टरमा आएका थिए । उनी त्रिविको दीक्षान्त समारोहमा सहभागी हुन हेलिकोप्टरबाटै काठमाडौं फर्किएका थिए । दोलखाबाट हेलिकोप्टरमा पाँचखाल आएका नेता ओली पनि हेलिकोप्टरबाटै काठमाडौं फर्किए ।

Subscribe to comments feed Comments (16 posted):

urmila on 14/12/2009 10:19:23
avatar
pahile aaphano aanuhar aaina ma hernus aani aaruli bhanda hunchha madhab je
Thumbs Up Thumbs Down
0
shash on 12/12/2009 15:43:48
avatar
ye mantri makune , teso ta taile gareko kati paya sabai galat disigen haru pani tai maobadi saga bhayako hatiyar le garda hola ni? kala pathar ma famely leyara gako pani maobadi ko dar le hola haina thukka.
Thumbs Up Thumbs Down
0
Gobindda on 12/12/2009 13:05:17
avatar
thikai ho kura madhav n oli g.chodnu hunna yi sale maobadi bhanauda huarlai.yinley jantlai kati dukha diyeko cha.ek ek garera goli hannu parcha chor daka harulai.
Thumbs Up Thumbs Down
2
simit, on 12/12/2009 10:40:15
avatar
हरे दैव, माकुने र ओलिले देश सक्ने भये | चोरका सन्तान किन यसरी बहुलाएका हुन हँ ? जनताले बनाएको सरकार भए पो छोड्नु | धोतीले बनाईदिएको सरकार किन छोड्नु परो | खाउ खाउ अर्को पल्ट त जनताले लादी भुँडी न निकाली कहाँ छोड्छन |
Thumbs Up Thumbs Down
-1
patriotic nepali on 12/12/2009 09:32:42
avatar
kutta ....gadha.........madarchod ........madhav nepal ra k.p. oli....kukkur haru ajhai pani desh lai aafnai muththi ma rakhna chahanchhan...
Thumbs Up Thumbs Down
0
rim on 12/12/2009 07:52:31
avatar
arunima pagal whats your problem mawobadi le nepal lai santhi dinch vanne tero manko galat dhararna ahile dekhinai hataye huncha.
Thumbs Up Thumbs Down
2
ganesh on 12/12/2009 07:25:18
avatar
Haruwa neta,aphnai chhetrako jantale saport garena aba arulai dhamkau6s.sak6s bhanekhulla challange gar udako ghosada gar mawobadisanga,army le har khayo ,what u think?
Thumbs Up Thumbs Down
0
कल्पित चन्द्र खत्री तित्याङ ३ बाग्लुङ on 12/12/2009 07:22:22
avatar
आफ्ना कार्यकर्ता नियन्त्रण मा राख्न नसके अध्यक्ष को पद छोड्न सुझाव दिने प्रम नेपाल ले पहिला आफ्नो अनुहार हेर्ने पो हो कि ? देस को हालत भताभुङ्ग भयको छ गरिव निमुखा राज्य बाट पिडित हुने क्रम बढ्दो छ । अपराधी हरु निर्धक्क हिडेका छन । तै पनि राज्य ले ति अपराधी हरु लाई कार्वाही गर्न सके को छैन । र पनि आफु पद मा बसी रहन लाज नमान्ने प्रम नेपाल ले अरु लाई यसो गर उसो गर भन्न सुहाउदैन ।
kalpitkhatri@ymai.com
कल्पित चन्द्र खत्री तित्याङ ३ बाग्लुङ
Thumbs Up Thumbs Down
4
arunima on 12/12/2009 06:47:17
avatar
haruwa ko chheruwa dau bhaneko yahi ho jaslai janta le loppa khwai diyako makune ra raja badi kp oli kina singha ko byahora dekhaudai chha haruwa ko sarkar sabailai thaha. Bideshi ko kamisan khayo janta maryo ani balhula kukur jastai bhokyo. Laj saram pachekeharu.
Thumbs Up Thumbs Down
-7
Pukar on 12/12/2009 04:50:43
avatar
Ahile bane basan ma nai bhaya pani Makune le sahi kura garecha yasari naai nadarai kana janata ko man jitne kam gara makune ani tyo mawobadi saga darayara tasai pachi nalaga yak din mawobadi ko tagan janata haru le nai lagauni cha mawobadi le jati nai furti lagayara janata hamro pakcha me cha bane pani mawobadi bata ajit bhayara mawobadi sabda sunni bitikai ris le ago huni janata pani nepal ma chan jasle mawobadi ko patan bhayako herna chahanchan kura basan ma matra simit narakera doshi mathi karbahi garna parcha
Thumbs Up Thumbs Down
1
shiva on 12/12/2009 04:09:09
avatar
A kamred ju hajur prachanda ji ko malik ki waha ko karakarta hunu hunchha malai ris uthako kura.. mao ko addachha ko kurchi tapailai chaaiyo ki..k oli ta pragati mao hunu paryo
Thumbs Up Thumbs Down
0
govinda adhikari on 12/12/2009 02:38:39
avatar
yo sarkarlai bahumat banauna kati samaya lageko thiyo ra kasari banayeko ho sabai jantalai thaha cha. Pm Madhavjile sambidhaan nirman ko jimbewari vanda Pm hunu thulo kura thanekale nai thulo samasya aayo. Sambaidhanik samitiko savapati ko jimbewar nivayeka vaye pachi pani Pm hune thiye.Tara k garna Pm ko kursi mathi pahila dekhi nai ryaal gadera baseko hunale mauka ma chauka haneka hun.
Thumbs Up Thumbs Down
0
mohan on 11/12/2009 19:39:53
avatar
Indiale nepali bhumi purai kabga garna lageko sale madav lai pir chhaina sojha garib janta le bhumi joti khanchhau bhanda tyo saleko tauko kina dukhchha please anybody have answer this question answer?
Thumbs Up Thumbs Down
0
hari on 11/12/2009 19:06:14
avatar
अध्यक्षमा हार्छु भनेर चुनाव नै लड्न नसक्ने नपुंसकहरुले अरु पार्टीका व्यक्तिहरुलाई अध्यक्ष पद छोड् भन्नु कतिको न्याय संगत हो ? आफ्नै देश भित्रका समस्यालाई सहमतिको माध्यमबाट समाधान गर्न नसक्ने, देश सुरक्षाको लागि खटिएका महिला प्रहरी पुरुष प्रहरीबाट सामुहिक रुपमा बलात्कार हुदा अपराधीहरुलाई सम्मानित र पीडितलाई कार्वाही गर्ने, दिन दहाडै सिंगो जिल्लाको सुरक्षा जिम्मेवारी लिएर बसेको सिडिओ माथि हातपात हुदा उल्टै सिडिओलाई कार्वाही गरेर हिजडा बहादुरी देखाउने र हरुवा प्रधानमन्त्री भनेर गिनीज बुकमा नाम लेखाउन लालायित हरुवा एण्ड कम्पनीका डाइरेक्टरलाई कठपुतली भन्दा कुनै पनि अन्याय हुन सक्दैन । सुकुम्बासीहरु माथि गोली बर्साएर बहादुरी देखाउनु, राज्यको धनमा फुपुको श्राद्ध गर्नु अनि करोडौका राज्यकोष विनाकारण स्वाहा पारेर देश र जनताको सेवा अनि बहुमत प्राप्त भनिएको वैशाखी सरकारको गुणगान अन्धो रुपमा गाइरहन्छ भने कमारा सरकारलाई नया नेपालको नया कालिदास बाहेक केही भन्न सक्ने अवस्था छैन । यदि अलिकति पनि लाज छ भने विदेशीको रिमोटबाट चल्न बन्द गरि राजीनामा दिएर पशुपति तिर लागे माकुने को भलो हुन्छ ।
Thumbs Up Thumbs Down
0
Joy on 11/12/2009 17:59:38
avatar
खवरदार ! जनतालाई धोका नदिइयोस्

देशको काँचुली फेर्न तथा नयाँ नेपाल बनाउन र्सवहारा वर्गको शासन नभई सम्भव छैन भन्ने लागेर देशका पीडित, निमुखा गरीब जनता १०वर्ष जनयुद्धमा होमिन बाध्य भए। यही जनयुद्धका क्रममा कति आमाको काख रित्तियो, कति छोराछोरी टुहुरा भए, कतिले श्रीमान् गुमाए त कतिले श्रीमती गुमाए। यो सबै केका लागि ? सामन्तवाद र निरंकुशताको अन्त्यका लागि सबै जनतालाई समान बनाई र्सवहारा वर्गको राजका लागि।

१०वर्ष जनयुद्धपश्चात् १२बुँदे सहमति गरी माओवादीहरू पनि संसदीय व्यवस्थामा आएका हुन्। तर आज पनि ती सहमतिलाई लत्याएर धोका दिने काम गरिँदै छ। यसमा शीर्षस्थ भनाउँदा कामरेडहरूसमेत संलग्न भएको देख्दा अचम्म लाग्छ। नागरिक सर्वोच्चताका लागि घोषित आन्दोलनले क्रान्तिकारीहरूमा थोरै भए पनि उत्साह जगाएको थियो। क्रान्तिकारीहरूको सभाका बीच क्रान्तिका ठूल्ठूला कुरा गर्ने र अर्को सम्मेलनमा गई अर्कै थरीको कुरा गरेको देख्दा यी कामरेडहरूको नियतमाथि नै शंका लाग्न थालेको छ।कार्यकर्ताहरूलाई भने एक छाक खान पनि धौधौ परिरहेको छ। जनसेनाको समायोजन तथा व्यवस्थापनमा पनि एकोहोरो ढिपी गरी जनसेनालाई अलपत्र पार्न तल्लीन देखिन्छ। हालै नागरिक सर्वोच्चताका लागि घोषित आन्दोलनलाई पनि विभिन्न बहानामा कहिले स्थगित गर्ने, कहिले फिर्ता लिने जस्ता दोधारे कुरा गरेको देख्दा दिक्क लाग्छ।

कार्यकर्ताको बुई चढेर माथि पुगेका यी नेताहरू आँखामा छारो हालेर गोप्य सम्झौता गर्न लागेको शंका लाग्छ। खवरदार ! कुरा यही हो भने, क्रान्तिकारी जनताका भावनामाथि खेलबाड गरियो भने, जनयुद्धका उपलब्धिलाई अवमूल्यन गरियो भने, हिजो सामन्ती र निरंकुशताका विरुद्ध उठेका हतियार तपाईं कामरेडहरूका विरुद्ध नउठ्लान् भन्न सकिन्न। समयमै चेतना रहोस्।

गोवर्धन राई
तनहुँ-३, हालः काठमाडौं
क्रान्तिकारी कार्यकर्ता, एकीकृत
नेकपा माओवादी
Thumbs Up Thumbs Down
0
Joy on 11/12/2009 17:56:31
avatar
! अब दश हजार हैन, दशौं लाखको बलीदानीः प्रचण्ड !
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले सरकारवादी दलहरुले ४८/४९ साततिर जस्तै युद्धको तयारी गरेको भन्दै त्यसो भएमा दशौं लाखको बलिदानी दिएर भएपनि जितेरै छाड्ने बताउनुभएको छ । फेरि लडनुपरे भयङ्कर लडाई हुने दावी गर्नुभयो ।
‘पहिले त हामीसित एउटा होलटाइमरमात्र थियो, थोरै कार्यकर्ता थिए, त्यो बेला त हामी लडेर यहाँसम्म आइपुग्यौँ भन्दै उहाँले भन्नुभयो-’अहिले त हामीसित पहिलेभन्दा बढी चीज छ, हजारौँ कमाण्डर र योद्वा छन्, हाम्रो पार्टी जनतामा लोकपि्रय छ, त्यसैले हामीलाई कमजोर नठाने हुन्छ, हामी अब दशहजार होइन, दस लाखको बलिदान गरेर पनि राजनीतिक डाँकाहरुलाई सखाप पारेरछाड्छौँ ।’- प्रचण्डको चेतावनी थियो ।राजनीतिक रङ्गमञ्चमा चलचित्रमा झैँ वास्तविक हिरो र भिलेनबीच लडाईं भइरहेको छ । ‘
‘अन्तिममा हिरोले भिलेनलाई हराइछाड्ने छन्- आफुलाई हिरो र अन्य दललाई भिलेनसंग तुलना गर्दै प्रचण्डले भन्नुभयो- ‘अहिलेका हाम्रा राजनीतिक भिलेनहरुको पनि त्यही हालत हुनेछ ,
आफ्ना उच्च नेताहरुको हत्या गर्ने षडयन्त्र भइरहेको दाबी गर्दै अध्यक्ष दाहालले एक/दुई मारिए त्यसको प्रतिरोधमा तिनै करोड जनता जुरुक्कै उठ्नेछन् भन्नुभयो |
सत्तासञ्चालनका लागि विदेशी तस्कर, माफियाका गिरोहबाट कतिसम्म षडयन्त्र गरिरहँदोरहेछ भन्ने ज्ञान आफूलाई नौ महिना प्रधानमन्त्री हुँदा भएको बताउँदै उचित समयमा सबै रहस्य खोलिदिने खुलासा पनि गर्नुभयो ।
Thumbs Up Thumbs Down
0
total: 16 | displaying: 1 - 16

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?