Newsletter
Email:
Home | कभरस्टोरी | त्रिविले मनायो स्वर्ण महोत्सव

त्रिविले मनायो स्वर्ण महोत्सव

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालयले ५०औं वाषिर्क दिवस तथा स्वर्ण महोत्सव मनाएको छ ।

स्वर्ण महोत्सवका अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति माधवकुमार नेपालले उपकुलपति कार्यालयअगाडि स्थापना गरिएको स्मारकको उद्घाटन गरे । कुलपति तथा प्रधानमन्त्री नेपालले त्रिविका स्मारिकालगातका कृतिको समेत विमोचनसमेत गरेका गरे ।

स्वर्ण महोत्सवका अवसरमा बसेको त्रिवि सभामा नेपालले नयाँ-नयाँ विश्वविद्यालय स्थापना भइरहेको अवस्थामा त्रिविले आफूलाई श्रेष्ठ साबित गर्दै अघि बढ्नुपर्ने अवस्था आएको बताए । अब त्रिविका कमीकमजोरीलाई सच्चाएर अघि नबढे अरू विश्वविद्यालयले उछिन्ने दाबी गरे ।

नेपालले अब त्रिविले प्राविधिक शिक्षामा जोड दिनुपर्ने सुझाब दिए । उनले भने, 'मानिसको सहज जीवन जिउनका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने अवस्था आएको छ ।' त्रिविले अनुसन्धानका क्षेत्रमा उत्कृष्टता हासिल गरेर योग्य जनशक्ति उत्पादन गर्नसके अन्तर्राष्ट्रियस्तरबाट विद्यार्थी नेपालमा आउन सक्ने दाबी गरे ।

शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति रामचन्द्र कुशवाहले स्रोत र साधनको उचित प्रयोग गरेर अघि बढ्न सुझाब दिएका छन् । शिक्षामन्त्री कुशवाहले सहज रूपमा शिक्षा प्रदान गर्नुपर्ने बताए ।

उपकुलपति प्रा. डा. माधवप्रसाद शर्माले परीक्षा प्रणालीलाई सुधार गरी नियमित र व्यवस्थित गर्दै जाने, गुणस्तरमा सुधार गर्ने, अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा जाने नीतिका साथ अघि बढिरहेको बताए । त्यसका लागि विभिन्न देशसँग सहकार्य र सम्बन्ध विस्तार गर्ने कार्य भइरहेको उपकुलपति शर्माले जानकारी दिए । शिक्षाध्यक्ष सूर्यलाल अमात्यले त्रिविले स्रोत बढाउन ट्युसन शुल्कमा केही वृद्धि गर्ने र शैक्षिक कार्यक्रम एक वर्षमै टुंगाउने प्रतिबद्धता जनाए ।

बुधबार बसेको सभाले ४७औं ग्रेसलिस्टसमेत पारित गरेको छ । ४७औं ग्रेस्टका लागि ४० हजार चार १८ जनाको नाम पास भएको छ । ३४औं दीक्षान्त समारोहसमेत यस वर्षभित्रमा गर्ने उपकुलपति शर्माले जानकारी दिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?