Newsletter
Email:
Home | कभरस्टोरी | सबै दललाई विश्वासमा लिन सुझाब

सबै दललाई विश्वासमा लिन सुझाब

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री माधवकुमार नेपाललाई सबै दललाई विश्वासमा लिएर अघि बढ्न सुझाब दिएका छन् ।

प्रधानमन्त्री निर्वाचित भएपछि दोस्रोपटक राष्ट्रपतिलाई भेट्न शुक्रबार अपराह्न प्रधानमन्त्री नेपाल राष्ट्रपतिभवन शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति यादवले प्रधानमन्त्रीलाई संविधानविपरीत कुनै कदम नचाल्न सचेत गराउँदै सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न सुझाब गरेका हुन् ।

प्रधानमन्त्री नेपालले भने राष्ट्रपतिसँगको भेट नियमित भएको बताएका छन् । 'राष्ट्रपतिसँग मेरो नियमित र सिष्टाचार भेट हो,' उनले भने । भेटमा मुलुकको समसामयिक विषयका साथै संसद्को जारी गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रपतिसँग छलफल भएको उनले बताए ।

संसद्को जारी गतिरोध अन्त्य गर्ने र नीति तथा कार्यक्रम कसरी पेस गर्ने भन्ने विषयमा पनि भेटमा छलफल भएको छ । हिउँदे अधिवेशनको अन्त्य र बजेट अधिवेशन सुरु गर्ने विषयमा ध्यानाकर्षण गराउँदै राष्ट्रपति यादवले संविधानअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाब दिएका थिए । राजनीतिक दलहरूको सहमतिमा तत्काल उचित निकास खोज्न पनि प्रधानमन्त्रीलाई राष्ट्रपतिले आग्रह गरेका थिए ।

माओवादीले पेस्की बजेट ल्याउन मात्र संसद्को गतिरोध अन्त्य गर्ने तर सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्न नदिने घोषणा गरेको एक दिनपछि सरकार प्रमुख र राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री नेपालले बिहीबार माओवादीसँग भएको वार्ताको बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । उनले माओवादीलाई पनि विश्वासमा लिएर अघि बढ्ने प्रयास भइरहेको बताएका थिए ।

भेटका क्रममा राष्ट्रपति यादवले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु र निर्धारित समयमा नयाँ संविधान निर्माण गर्नु मुलुकको पहिलो दायित्व भएको दोहोर्‍याउँदै राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकता नभए संविधान निर्माण र शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन कठिन हुनेमा प्रधानमन्त्रीलाई सचेत गराए ।

राष्ट्रपति डा. यादव र प्रधानमन्त्री नेपालबीच सरकार गठन प्रक्रिया, राजनीतिक दलहरूबीच मन्त्रालय बाँडफाँडमा देखिएको किचलोका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाको बारेमा समेत छलफल भएको थियो । त्यसक्रममा राष्ट्रपति यादवले सरकार गठन भएको लामो समयसम्म पनि सरकारले पूर्णता नपाएको भन्दै असन्तुष्टि जनाएको शीतलनिवास स्रोतले जनाएको छ ।

 

 

Subscribe to comments feed Comments (3 posted):

Rabindra Dhital on 05/07/2009 13:03:04
avatar
oli jee. football tapaiko khuttaama chha goal hane bhaigo ta. kina bipachhile haana diyenan bhandai runuhunchha? uukhaan tukkale desh bandaina.
Thumbs Up Thumbs Down
1
Rabindra Dhital on 05/07/2009 12:55:34
avatar
naya raaja jasto ruup ma kaaryakaari pradhaanmantrilai yo garnu yo nagarnu bhanne khatayeko malai chitta bujhena.
Thumbs Up Thumbs Down
0
अमर वली ढिकपुर दाङ हाल मलेसिया on 04/07/2009 07:20:09
avatar
नेपाल मा जता कुर्सी पाइन्छ तेतै हाम फाल्ने कुनै बिचार र सिद्दान्त नभएका आफ्नो नैतिकता को ख्याल नै नगरने कुर्सी का लागि श्रीमती समेत् दाउ मा लगाउने हुतिहारा भारती दलाल लाई नेपाल का पार्टी हरुले ले काखी च्यापेर राष्ट्रपती सम्म बनाउन पछी पर्दैनन तेसै माथि त्यस्तो राष्ट्रपती ले नै फेरी देश का निम्ती यो गर्छु र त्यो गर्छु अनी वामपन्थी का खोल ओढेका मन्त्रिहरु पनि उही भारतीय राष्ट्रपती भवन् शितल निवास मा सत्ता र कुर्सी टिकाउन आशिर्वाद थाप्न पाउमा दाम चढाउन जानु कती न्याय संगत छ त्यो कुरा आम् पत्रकार, बुद्दिजिवी,संघ, संस्था, ब्यापारीहरु लाई चेतना हुनु पर्‍यो पत्रकार हरुले राष्ट्रपती भयो भन्दै मा भारतीय दलाल उही दोस्रो ज्ञानेन्द्र शाह र उस्का मतियार हरुको नाम हाइलाइट मा ल्याएर के गर्न खोजेको ? के यसैका लागि गरिन्छ पत्रकारिता ? एउटा बेक्ती रातारात आफ्नो अस्मिता बेचेर छिटो धनी बन्ने सपना बोकेर राष्ट्रपती र मन्त्री बन्न पुग्छ अनी पत्रपत्रीका हरुले पनि उसैको जयजयकार गर्नु फेरी पनि वाह् हमारा नेपाल महान ।।। अमर वली ढिकपुर दाङ हाल मलेसिया
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?