मोबाइल टावर तीन महिनामै बिगि्रयो
गुल्मी/ जिल्लाको वामिटक्सार र आसपास गाविसमा ७ वैशाखमा सञ्चालनमा ल्याइएको स्काई मोबाइल टावर ३ महिना नबित्दै बिगि्रएको छ । मोबाइल टावर बिगि्रएपछि उपभोक्ता मोबाइल सम्पर्कबाट विच्छेद हुनुपरेको छ । नेपाल टेलिकम गुल्मीले १३ असारमा प्राविधिक आई सेवा सञ्चालनमा गर्ने बताए पनि अहिलेसम्म मोबाइल सञ्चालन नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । बम्घाको टावरमा समस्या देखिएको भन्दै १५ असारमा फर्केको प्राविधिक टोली अहिलेसम्म मर्मतका लागि नपुगेको स्थानीयको गुनासो छ । ५ सय मोबाइल चल्ने क्षमता हुँदा राम्रोसँग चलेको टावर क्षमता बढाई हजार मोबाइल चल्ने बनाइएपछि बन्द भएको हो । नेपाल टेलिकम भैरहवा कार्यालयमा सम्पर्क गर्दा प्राविधिक नभएको भनी चासो नदेखाएको टावर सञ्चालन समिति अध्यक्ष धनीश्वर लोहनीले बताए । २ प्राविधिकमध्ये एक कृष्णनगर र एकजना पाल्पा गएको भन्दै चासो नदिइएको उनको भनाइ थियो । टावर बिगि्रंदा वामी र आसपास गाविसका उपभोक्ता सञ्चारविहीन बनेका छन् ।



del.icio.us
Digg
Post your comment