संवैधानिक आयोगका सदस्य अमेरिकामा मजदुरी गर्दै
खाती र चुनाराले सिकेको ज्ञान र सीप नेपाली दलितहरूको अधिकारको मञ्चमा होइन, अमेरिकी डिपार्टमेन्ट स्टोरमा सामान बेच्न प्रयोग भइरहेको छ
नयाँ पत्रिका
काठमाडौं, ३ साउन
दलितहरूलाई अधिकार दिलाउन राष्ट्रिय दलित आयोगको नेतृत्वमा पुगेका दुईजना नेता अमेरिका जाने एक मौका पाउनासाथ उतै हराएका छन् । एकहप्ते तालिमका लागि अमेरिका गएका होमबहादुर खाती र कृष्णबहादुर चुनारा उतै नोकरी खोजेर बसेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगजस्तै राष्ट्रिय दलित आयोग पनि संवैधानिक अंग हो । तर, दलित आयोगको जिम्मेवार सदस्य बनेका सदस्यहरू आफ्नो र राष्ट्रको प्रतिष्ठा भुलेर रोजगारीमा रमेका छन् ।
चुनारा गत पुस र खाती गत चैतमा कूटनीतिक राहदानी प्रयोग गरी अमेरिका पुगेका थिए । समावेशी र दलित हकहितसम्बन्धी सेमिनारमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका खाती र चुनाराले सेमिनारमा भाग त लिए, तर उनीहरूले सिकेको ज्ञान र सीप नेपाली दलितहरूको अधिकारको मञ्चमा होइन, अमेरिकी डिपार्टमेन्ट स्टोरमा सामान बेच्न प्रयोग भइरहेको छ ।
आयोग अध्यक्ष रामलाल विश्वकर्माले खाती र चुनारा आयोग सदस्यकै हैसियतमा अमेरिका पुगे पनि अहिले सम्पर्कविहीन रहेको पुष्टि गरे । 'उहाँहरू अमेरिका जानुभएको हो, एक हप्तामा नै फर्किने कुरा थियो, तर र्फकनुभएन,' अध्यक्ष विश्वकर्माले नयाँ पत्रिकासँग भने, 'सम्पर्कको प्रयास गर्यौँ, तर भएन ।'
आयोगकी सदस्यसचिव जानका बराहाले त खाती र चुनाराले दलित आन्दोलनप्रति बेइमानी गरेको टिप्पणी गरिन् । 'उनीहरू आयोगको कार्यक्रममा गएका हुन्,' बराहाले भनिन्, 'अमेरिका गएपछि आयोगसँग पूरै सम्पर्कविहीन छन्, उनीहरू उत्तै बेपत्ता भए ।' आयोग स्रोतका अनुसार खाती र चुनारा दुवै हाल अमेरिकाको एक व्यापारिक कम्प्लेक्समा मजदुरी गर्दै छन् ।
खाती एमाले कोटामा ०६४ मा आयोग सदस्य नियुक्त भएका थिए । उनी अहिले पनि एमालेनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य छन् । त्यस्तै चुनारा कांग्रेस कोटाबाट आयोग सदस्य बनेका हुन् ।
दोलखामा जन्मेका खातीको परिवार कामनपा- १३, चागल डल्लुमा बस्छ भने चुनाराको परिवार बुटवल नगरपालिका-९ शिवनगरमा बसोबास गर्दै आइरहेको छ ।



del.icio.us
Digg
aba k garnu ta bi4hraule pani dalit ayogko mamber bhayara matra bhayana kayre khana lagaunalai paisa chahiyo paisa napugepachhi k garun ta ramrai ta ho ni j gare ramro garechhan aba nepal sarkarle khana basnalai ramro bebastha gareko bhayao ko janchha ra arkako mulukma dasi bannalai ... ki kaso ma ku ne ji ...
kaha gaye tiniharule dalit harusanga gareka bacha haru .........
k bhayo timiharule dekhayeka aasha haru
Hari Karki
Daju Bhai ho thik garau !
Nepal ma basera k garne. Mahangi lai garda kati kamaya pani khana pugdaina. Yaha dalit ra jan jati ko naam bechera thula thalu aly kati kamaya. Timi haru ko balla sano mouka aayo mouka lai sadhupayog garau.
Dhanya Baad
what u do if u return nepal?
better earn money n support family, it wil be best 4 u guyes
3 jana Bahun neta haru le dhesh lai khaldo ma hali sakyo, 2 jana dalit ko ke kura.
Ke garnu ta chor neta haru timi harule des lai khaldo ma halyeu. aba jasari hunchha bidesh ma majduri garera bhaye pani basnai paryo. future ko kehi asha nadekhera kina teso gare tyo sochnu chor neta haru?
Post your comment