चामलका डल्ला हेर्नोस्, मान्छे बाँचून् कसरी ?
नयाँ पत्रिका नेपालगन्ज, २० साउन मध्य तथा सुदूरपश्चिमका जाजरकोट, दैलेख, रुकुम र डडेलधुरामा फैलिएको हैजाको महामारीले अहिलेसम्म दुई सय ११ जनाको मृत्यु भएको छ । महामारीले यति धेरैको ज्यान लिएको देख्दा सिंगो नेपाल दुःखी छ । तर, राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले बाँडेको ढुसी परेको चामल देखेपछि तपाईं पनि भन्नुहुनेछ, 'यस्तो चामल खाएपछि मान्छे बिचरा बचे होलान् कसरी ?' सहायताका नाममा विश्व खाद्य कार्यक्रमले जाजरकोटका विकट गाविसमा वितरण गरेको चामललाई गुणस्तरहीन मात्र भन्न सकिन्न, त्यसमा त ढुसी लागेको छ, डल्ला परेको छ ।
झाडापखाला र हैजाको महामारी अहिलेसम्म अनियन्त्रित छ । प्रधानमन्त्री, मन्त्री र नेता चढेका हेलिकोप्टर आकाशमा उडिरेहका छन्, तल औषधी नपाएर जनता छट्पटाइरहेका छन् । मर्ने मरिहाले, बाँच्नेले अहिले पनि कुहिएको चामल खाइरहेका छन् । कुहिएको चामलले महामारी फैलिएको भन्दै मध्यपश्चिममा कार्यरत संघसंस्थाको क्षेत्रीय सञ्जालको मंगलबार बसेको बैठकले छानबिनको माग गरेको छ । जाजरकोटमा वितरण गरिएको चामलबारे अनुसन्धान गर्न सञ्जालले नेपाल सरकारसँग माग गरेको छ । सञ्जालले अनुसन्धानका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग पनि आग्रह गरेको छ । विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामल र दाल डल्लो र ढुसी परेका कारण खानै नहुने र घरनजिक फाल्न पनि नहुने स्थितिमा थियो । तर, राष्ट्रसंघीय संस्थाले दिएको भनेपछि स्थानीयवासीले खाए, त्यसैका कारण महामारी फैलिएको मानवअधिकारकर्मीहरूको आरोप छ । स्थानीय बासिन्दा भन्छन्, 'कुहिएको चामल र दाल दुई घन्टासम्म पकाउँदा पनि काँचै रहन्छ ।' तर खाद्यान्नको अभावमा छट्पटिएका जनताले त्यही काँचो भात पनि खाए, जसका कारण महामारी फैलियो । दूषित चामल र दाल वितरण गर्ने राष्ट्रसंघीय संस्थाका नेपालस्थित कार्यक्रम-प्रमुखलाई कारबाही गर्न स्थानीय जनता तथा मानवअधिकारवादीले माग गरेका छन् । तर, कार्यक्रमका सञ्चार अधिकृत हेडर सुत्लिफले आफूहरूले वितरण गरेको खाद्यान्नबाट हैजाको महामारी नफैलिने दाबी गरे । चामल कुहिएको भए पनि त्यसलाई प्रयोग गर्न जान्नुपर्ने भन्दै उनले भने, 'खाद्यान्नबाट हैजा हुँदैन । प्रयोग गर्ने विधि जान्नुपर्छ, नजाने त झाडापखाला हुन सक्छ,' उनले भने, 'हात नधोएर, नपखालेर खाए हैजा हुन सक्छ ।' नयाँ पत्रिकाले सुत्लिफसँग जिज्ञासा राखेको थियो, 'तपाईंहरूले वितरण गरेको चामल कहाँबाट ल्याइएको हो, कति पुरानो हो ?' जवाफमा उलने विस्तृत जानकारी दिन मानेनन् । 'यो त अहिले भन्न सक्दिनँ,' उनले भने, 'म यति मात्र भन्न सक्छु, चामलका कारण महामारी फैलिएको भन्ने भ्रम चिर्न आवश्यक छ ।'
राष्ट्रसंघका विभिन्न निकाय यस्तो खान हुन्छ र यस्तो खान हुन्न भनेर गुणस्तरीय खाद्यान्नको मापदण्ड निर्धारण गर्छन् । तर, राष्ट्रसंघकै विश्व खाद्य कार्यक्रमले गरिब नेपालीका लागि कुहिएको चामल वितरण गर्यो, फलस्वरूप मध्य र सुदूरपश्चिममा हैजाको महामारी फैलियो ।



del.icio.us
Digg
U silly morons...u would know the pain of poverty n scarcity only if anyone of ur close relatives get knocked over with this disease.hope soon....anyways wat else can i do, my prayers r always with u people in jajarkot, rukum..n so on whr this epidemics is at large....
haamro desh kaa neta haru janmaaune ti aama haru laai dikkaar chha.jash le yo desh laai narka banaaye.
Post your comment