राजु गोर्खालीलाई छुटाउन मन्त्रीलाई दबाब
नयाँ पत्रिका पुर्पक्षका लागि थुनामा रहेका काठमाडौंका 'डन' राजु गोर्खालीलाई छुटाउन प्रमुख सत्ताधारी दल एमालेका एक नेता सक्रिय छन् । केन्द्रीय सदस्य मोहमुद आलमले गोर्खालीलाई छुटाउन गृह राज्यमन्त्री रिजमान अन्सारीलाई दबाबसमेत दिएका छन् । राज्यमन्त्री अन्सारीले यस सम्बन्धमा खुलेर बोल्न चाहेनन् । 'हेर्नोस्, गृह मन्त्रालयमा आपराधिक व्यक्तिहरूको संरक्षणका लागि पनि धेरै किसिमका राजनीतिक दबाब आउँदारहेछन् । तर, हामीले दबाबमा परेर गलत काम गरेका छैनौँ र गर्नेवाला पनि छैनौँ,' राज्यमन्त्री अन्सारीले नयाँ पत्रिकासित भने । केन्द्रीय सदस्य आलमले भने गोर्खालीलाई छुटाउन आफू गृह राज्यमन्त्रीकहाँ गएको कुरा गलत भएको दाबी गरे । 'कसले भन्यो त्यस्तो कुरा ? वहियात कुरा हो,' उनले नयाँ पत्रिकासित भने । आफू गोर्खालीको दाइलाई लिएर राज्यमन्त्रीकहाँ गएको प्रमाणित गर्न पनि उनले चुनौती दिए । राकेश लिम्बूको हत्या गरी फरार रहेका गोर्खाली सात वर्षपछि गत २७ वैशाखमा पक्राउ परेका थिए । प्रहरीको मोस्टवान्टेडको सूचीमा रहेका उनको पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट उनी साधारण तारेखमा रिहा भएको रहस्य खुलेको थियो । उनले अदालतमा प्रमाणको रूपमा पेस गरेको कलैया अस्पतालको पत्रको बारेमा प्रहरीले अनुसन्धान गर्दा अस्पतालले सो पत्र नक्कली भएको लिखित जानकारी दिएपछि प्रहरीले उनीमाथि किर्ते मुद्दा अगाडि बढाएको थियो । काठमाडौं जिल्ला अदालतले किर्ते अभियोगमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने फैसला गरेलगत्तै लिम्बू-हत्या अभियोगमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै पुनरावेदन अदालतले पनि उनलाई थुनामा पठाउने फैसला गरेको थियो । आलम एमालेको भ्रातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष हुन् भने राज्यमन्त्री अन्सारी सोही संगठनका उपाध्यक्ष । प्रहरीले 'मोस्टवान्टेड'को सूचीमा राखेका व्यक्तिसित आलमको सम्पर्क रहेको तथा भारतीय एजेन्टको रूपमा काम गरिरहेको दाबी गर्दै उनीविरुद्ध पार्टीमा उजुरीसमेत परेको छ । आलम अध्यक्ष रहेको इत्तेहाद संगठनकै महासचिव ताज मोहमद मियाँले पार्टी केन्द्रमा उजुरी हालेका थिए । केही दिनअघि मात्रै एमाले स्थायी समिति बैठकले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा छानबिन गर्न उपाध्यक्ष अशोक राईलाई जिम्मा दिएको छ । स्रोतका अनुसार केही दिनअघि केन्द्रीय सदस्य आलम गोर्खालीका दाजुलाई लिएर राज्यमन्त्री अन्सारीलाई भेट्न गृह मन्त्रालय पुगेका थिए । उनले गोर्खालीलाई छुटाउन राज्यमन्त्री अन्सारीलाई प्रहरीका माथिल्ला अधिकृतहरूलाई निर्देशन दिन दबाब दिएका थिए । 'निर्दोष व्यक्ति फसेको छ, जसरी भए पनि उसलाई -गोर्खाली) बचाउनुपर्छ । तपाईंले प्रहरीलाई भन्नुपर्यो,' आलमले राज्यमन्त्री अन्सारीलाई भनेको उद्धृत गर्दै स्रोतले भन्यो । तर, राज्यमन्त्री अन्सारीले भने उनको दबाबलाई अस्वीकार गरेको स्रोतको दाबी छ । राज्यमन्त्री अन्सारीले गोर्खालीलाई छुटाउन आफूले पहल गर्न नसक्ने बरु यस सम्बन्धमा गृहमन्त्री भीम रावलसित आग्रह गर्न आलमलाई सुझाब दिएको स्रोतले जनाएको छ । आलमले भने गोर्खालीलाई जसरी पनि छुटाउन राज्यमन्त्रीसित भनेका थिए । आफ्नै नेताको बारम्बारको दबाबपछि राज्यमन्त्री अन्सारीले 'म बुझ्छु के रहेछ' भनेर जवाफ फर्काएको स्रोतले बतायो । आलमको दबाबअनुसार अन्सारीले त्यस्तो कुनै निर्णय गरेका छैनन् ।
काठमाडौं, २१ साउन



del.icio.us
Digg
tini haru lai saghaune lai pani jail ma halnu parchha
astai gadha harule desh lai bigarne hun
sampadak jew,
Ma nepal ma basda yo naya patrika ko dainik grahaak thiya tara ma ahile australia ma chu yo patrika malai sarai man parda cha tara mero yauta sujhaav cha tyo k bhane naya patrika yas patrika ka ma sampurna janata lai saveta ko bato sikaune khaal ko kura,sandesharu sapretion garnus ra kharab neta beerudha ganata lai sachet garaunus.
yoursincirly
SURAJ SHAHI
where u want to meet me.
aba ta yaha j garda hunchha
yo kasto naya nepal?
aba rajanitik dabab kai karad biren pani chuter feri arko khiyati kanda bhayo bhane anautho namane huncha
Post your comment