पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा
आफ्नै पियनका छोराले एमबिबिएसका लागि छात्रवृत्ति पाएको विरोध गर्दै टिचिङ अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिए
अर्जुन, प्रमिला/नयाँ पत्रिका
काठमाडौं, २६ भदौ
वर्षौंदेखि भान्सामा भाँडा माझेर आफूहरूलाई सघाउँदै आएकी एक पियनको छोराले एमबिबिएस छात्रवृत्तिका लागि नाम निकालेपछि त्यसको विरोधस्वरूप महाराजगन्जस्थित शिक्षण अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रेको रहस्य खुलेको छ ।
गत २० दिनदेखि आन्दोलनमा रहेका चिकित्सकले अहिले खुलेआम नै प्रश्न गर्न थालेका छन्, 'पियनका छोराले डाक्टर पढ्न पाउने, डाक्टरकै छोराछोरीले नपाउने ?' उनीहरूले आफ्ना छोराछोरीलाई एमबिबिएस अध्ययनका लागि विशेष कोटा छुट्याइनुपर्ने माग गरेका छन् । आफ्ना छोराछोरीले अन्य कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धा नै नगरी विशेष कोटा पाउनुपर्ने माग गर्दै अस्पतालका चिकित्सक तथा प्राध्यापकले एक सातादेखि दुई बजेपछिको बिरामी जाँच्ने सेवा बहिस्कार गर्दै आएका छन् । त्यस्तै, २० दिनदेखि महाराजगन्ज क्याम्पस चिकित्साशास्त्रका विद्यार्थीको पठनपाठनसमेत ठप्प पारेका छन् त्यहाँका प्राध्यापक तथा चिकित्सकले ।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसले १५ वर्षदेखि अस्पताल तथा क्याम्पसका कर्मचारीका छोराछोरीका लागि एमबिबिएस अध्ययनमा एउटा सिट छुट्याउँदै आएको छ । अस्पतालको कर्मचारी कोटामा भएको प्रतिस्पर्धामा यसपटक भान्सामा काम गर्ने पियन चाँचरी खड्काको छोरा सविन कार्कीको नाम निस्कियो । कार्कीको नाम निस्किएपछि आफ्ना छोराछोरीले कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धामा नाम निकाल्न नसक्ने ठहर गर्दै प्राध्यापक तथा डाक्टरहरू हड्तालमा उत्रिएका हुन् । सविन ८० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो नाम निकाल्न सफल भएका थिए ।
सविनकी आमा चाँचरी ०४१ सालदेखि शिक्षण अस्पतालको भान्सामा काम गर्दै आइरहेकी छिन् । छोरो १४ महिनाको हुँदा नै लोग्ने बितेकाले चाँचरी एक्लैले छोरा हुर्काइन् । माइतीमा पनि दाजुभाइ कोही नभएकोले आफ्नी आमाको जिम्मेवारी पनि चाँचरीले नै उठाउनुपर्यो । उनी अहिले पनि ललितपुर भैंसेपाटीमा रहेको माइतीमै बस्दै आइरहेकी छिन् । छोरा सविनलाई आफूले दुःखले हुर्काएको र त्यसमा आफ्नी आमाले गाईको दूध बेचेर नातिलाई कापी-कलमको जोहो गरेको पृष्ठभूमि चाँचरीले सुनाइन् । भनिन्, 'दुःख गरेर पढाएको छोराले डाक्टर पढ्न नाम निकालेपछि हामीलाई खुसी लागेको छ ।'
छोराले कर्मचारीका छोराछोरीको कोटामा एमबिबिएस अध्ययनमा नाम निकालेपछि निकै खुसी बनेकी चाँचरी आफ्नै हाकिमहरू आफूविरुद्ध आन्दोलनमा उत्रिएपछि भने दुःखी बनेकी छिन् । 'कतिपय डाक्टरसापहरू घरमै आएर बधाई दिनुभयो, तर केही डाक्टर भने निकै रिसाए,' चाँचरीले नयाँ पत्रिकासँग गुनासो गरिन्, 'तर ठूला मान्छे भए पनि रिसाउनेहरूको मन ठूलो हुन सकेको रहेनछ । यो देखेर मेरो मन रोएको छ ।'
२० वर्षीय सविन प्राध्यापक र वरिष्ठ डाक्टर तथा उच्च ओहोदाका कर्मचारीका छोराछोरी जसले राजधानीका राम्रा र महँगा स्कुलमा अध्ययन गरेका थिए, उनीहरूभन्दा प्रतिस्पर्धामा अब्बल ठहरिए । 'हामी डाक्टर भएर पनि हाम्रा छोराछोरीले नाम निकालेनन्, तिम्रो छोराले निकाले, तिमी त भाग्यमानी रहिछौ,' आफूलाई बधाई भन्ने डाक्टरलाई उद्धृत गर्दै चाँचरीले सुनाइन् ।
चार सय १० रुपैयाँबाट ०४१ सालमा सेवा सुरु गरेकी चाँचरीको अहिलेसम्म बढुवा नभएको गुनासो पनि छ । उनले अस्पतालको भान्सामा भाँडा माझ्नेदेखि पकाउने र भुइँ सफा गर्नेसम्मको काम गर्नुपर्छ । 'भान्साको काम भनेपछि के गर्नुपर्दैन, सबै गर्नुपर्छ,' उनले भनिन् । छोरा सविनले एसएलसीमा ७७ प्रतिशत र 'प्लस टु'मा ८१ प्रतिशत अंक ल्याएका रहेछन् ।
प्राध्यापकका छोराछोरीका लागि विशेष कोटाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक प्रा. डा. मोदनाथ मरहठ्ठाले आफ्ना छोराछोरीका लागि एमबिबिएसमा दुई सिट नपाए आन्दोलन जारी राख्ने बताए । 'हामी सेवा पनि दिन्छौँ, पढाउँछौँ तर हामीलाई त्रि-चन्द्रमा पढाउने प्राध्यापकजत्तिको मात्र व्यवहार गरेर पुग्दैन । अब हामी मान्नेवाला छैनौँ,' मरहठ्ठाले नयाँ पत्रिकासँग भने । 'समग्रमा यति सिट चाहिन्छ पनि त भन्न सक्नुहुन्थ्यो नि, प्राध्यापकका छोराछोरीलाई मात्रै किन छुट्टै कोटा माग्नुभयो ?' भन्ने प्रश्नमा मरहठ्ठाले भने, 'कर्मचारी एउटा नभए अर्को ल्याउन सकिन्छ, कर्मचारीहरू महत्त्वपूर्ण होइनन् तर हामी डाक्टर त महत्त्वपूर्ण हौँ नि ।'
मरहठ्ठाले कर्मचारीहरू चिकित्सकभन्दा कम हैसियत भएको भन्दै उनीहरूका छोराछोरी र डाक्टरका छोराछोरीका लागि एउटै व्यवहार स्वीकार्य नभएकोसमेत बताए । 'एउटा कर्मचारीले डाक्टरको भाषा बुझ्न सक्छ ? छोराछोरी डाक्टर पढाउन हामी डाक्टरले पो सक्छौँ, हामीलाई पनि कर्मचारीको हैसियतमा दाँज्न मिल्छ ? तपाईंलाई के लाग्छ ?' उनले प्रतिप्रश्न गरे । डा. मरहठ्ठाले भन्दै गए, 'पियनका छोराले पढ्न पाउने, हाम्रा छोराछोरीले नपाउने ?'
प्राध्यापकहरूको आन्दोलनका कारण क्याम्पस 'फ्याकल्टी बोर्ड एमबिबिएस छात्रवृत्तिमा कोटा बढाउनसमेत सहमत भइसकेको छ । प्राध्यापकका छोराछोरीका लागि तीन सिट सुरक्षित गर्ने निर्णय स्वीकृतिका लागि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा बोर्डले सिफारिससमेत गरेको छ ।
तर, चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीका संगठनहरूले केन्द्रीय क्याम्पस घेराउ गरी प्रतिस्पर्धाबाट विद्यार्थी छान्न दबाब दिएपछि विश्वविद्यालयले यो विषयमा निर्णय गर्न सकेको छैन । विद्यार्थी संगठनले विरोध जनाएपछि प्राध्यापकहरूले ६० जना विद्यार्थी कोटा बढाएर ७५ बनाउन सिफारिस गरेको क्याम्पस प्राध्यापक संघका अध्यक्ष डा. कविरनाथ योगीले बताए । तर, विद्यार्थी संगठनहरू त्यसका लागि पनि राजी नभएपछि प्राध्यापकहरूले पढाउनै छाडिदिएको दाबी गरेका छन् । 'हाम्रा भुराहरूले हाम्राविरुद्ध आन्दोलन गर्नु जरुरी थिएन । अत्यन्त छुद्र ढंगले विरोधमा उत्रिए,' योगीले भने ।
आन्दोलनमा उत्रिएका अर्का एक प्राध्यापकले १५ वर्षमा प्रायः कर्मचारीकै छोराछोरीले नाम निकालेको बताए । 'दुई-तीनचोटि मात्रै डाक्टरका छोराछोरीको नाम निस्किएको छ, कर्मचारीका बच्चा मिहिनेत गरेर पढ्छन् उनीहरूले नै नाम निकाल्छन्, हाम्राले त के निकाल्छन् र ?' उनले भने, 'हाम्रा त खाइमातेकाहरू छन् ।'
आन्दोलन सुरु भएपछि पछिल्ला दिनमा मागको फेहरिस्त बढ्दै गए पनि चुरो कुरोचाहिँ पियनका छोराले नाम निकालेको र आफ्ना छोराछोरी पाखा परेको भन्ने डाक्टरहरूको मनस्थितिका कारण यस्तो अवस्था आएको कर्मचारीहरूले बताउँछन् । 'डाक्टरहरू आफूलाई अर्कै ग्रहबाट आएको भन्ठान्छन् । एउटा गरिबको छोराले छात्रवृत्ति पायो भनेर क्याम्पस र अस्पतालमा खैलाबैला मच्चाए डाक्टरहरूले,' अस्पतालमा कार्यरत एक कर्मचारीले भने, 'त्यो बिचराले नाम निकालेपछि खप्नै सकेनन् डाक्टरहरू ।' अनौपचारिक र औपचारिक कुराकानीमा पनि प्राध्यापक तथा डाक्टरहरूले यो विषयमा डाह अभिव्यक्त गर्ने गरेको ती कर्मचारीको दाबी थियो ।
यता, डाक्टरहरू भने कर्मचारी भन्नेबित्तिकै आक्रोशित हुन्छन् । 'भारतीय आयल निगमबाट उधारोमा तेल ल्याएर पैसा नतिरी यहाँ बोनस खान्छन् आयल निगमका कर्मचारीहरू, दूरसञ्चारका कर्मचारीले फोनको पैसा तिर्दैनन्, विद्युत् प्राधिकरणका कर्मचारीले बिजुलीको पैसा तिर्दैनन् । हामीले आफ्ना छोराछोरी पढाउन किन नपाउने ?' एक डाक्टरले नयाँ पत्रिकासित प्रश्न गरे । आफ्ना छोराछोरीलाई पढाउन तीस लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने तर पियनको छोराले फ्रि पढ्न पाएको भन्दै उनले आक्रोश पोखे । प्राध्यापक संघ क्याम्पस एकाइका अध्यक्ष योगीले पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकका छोराछोरीका लागि दुई सिट छुट्याइएकोले महाराजगन्ज क्याम्पसमा पनि त्यस्तै हुनुपर्ने जिकिर गरे । 'हामीसँग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईवटा सिट छुट्याएको नजिर छ,' उनले भने, इन्जिनियरिङ क्याम्पसमा दुईवटा सिट छन् ।' प्राध्यापकका छोराछोरीका लागि दुई-तीन सिट छुट्याउनु भन्नु गलत नभएको उनको भनाइ थियो ।
अस्पतालका प्राध्यापक र वरिष्ठ चिकित्सकहरू आफ्ना छोराछोरीलाई एमबिबिएसमा कोटा सुरक्षित गर्न सेवा नै ठप्प पारी हड्तालमा उत्रिएपछि अस्पतालका नर्सिङ विभागका कर्मचारी पनि आफ्ना छोराछोरीलाई डाक्टर पढाउन कोटा छुट्याउनुपर्ने भन्दै हस्ताक्षर अभियानमा जुटेका छन् । तर, प्राध्यापक आन्दोलनको अगुवा गरेका डा. मरहठ्ठा नर्सहरूले नर्सिङ कोटामा आफ्ना सन्तानको सिटका लागि आन्दोलन गर्नुपर्ने बताउँछन् । 'मानविकी र व्यवस्थापनमा पनि छात्रवृत्ति हुन्छ, हामीले त्यता मागेका छौँ र, हामी जहाँ काम गर्छाैं त्यहीँ मागेका हौँ, सबै कर्मचारीले आ-आफ्नै क्षेत्रमा मागे भइहाल्यो नि,' मरहठ्ठाले भने ।
प्राध्यापक आन्दोलनले शिक्षण अस्पतालको दिउँसोको सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा. केशवप्रसाद सिंहले बताए । प्राध्यापकहरूको माग क्याम्पससँग सम्बन्धित भए पनि अस्पतालको सेवामा असर परेको उनले गुनासो गरे । 'उहाँहरूको एउटा पनि माग अस्पतालसँग सम्बन्धित छैन, तर सेवा अवरुद्ध भएको छ,' सिंहले भने । डाक्टरको हड्तालले बिहान बिरामीको चाप बढेको उनको भनाइ थियो । यस्तै पेइङ सेवामार्फत हुने अस्पतालको कमाइ पनि बन्द भएको छ । अस्पतालका कर्मचारीहरू प्राध्यापकहरूमध्ये धेरैजसोको क्लिनिक दुई बजेपछि भएकोले हड्ताल बिहान मात्र भएको आरोप लगाउँछन् ।
प्राध्यापक संघका अध्यक्ष योगीले भने आन्दोलनका विषयमा छलफल गर्न वरिष्ठ प्राध्यापक तथा विद्यार्थीलाई बोलाइसकेको बताए । तर, आफ्ना सन्तानका लागि प्रतिस्पर्धाविनाको सिट सुरक्षित हुनुपर्नेमा भने उनले जोड दिए । 'मैले आठजना वरिष्ठ प्राध्यापक र विद्यार्थी संगठनका दुई-दुईजना गरी आठजनालाई आइतबार ११ बजे छलफलका लागि बोलाइसकेको छु,' योगीले भने, 'प्राध्यापकलाई पनि अहिले नै धेरै नखोज, विद्यार्थीलाई पनि गुरुहरूको विषयमा टाङ नअड्काऊ भनिदिएको छु ।'
कुरो मिलेर आफ्ना छोराछोरीले प्रतिस्पर्धाविना नै पढ्न पाउनेमा योगी विश्वस्त थिए । 'भोलि हामीले पढाउँदा फलानो सरले स्पेलिङ गलत भन्यो, अर्काले राम्रोसँग सिकाएन भनेर कम्प्लेन नगर्नु भनेर भन्दिएको छु विद्यार्थीलाई, उनीहरू पनि सकारात्मक छन् ।'
यता, क्याम्पसले प्रतिस्पर्धामा नाम निस्किएका विद्यार्थीको भर्ना सुरु गरिसकेको छ । भर्ना-प्रक्रिया सुरु भइसके पनि विद्यार्थी थप्न सकिने उनले जिकिर गरे । 'यसअघि पनि एकजना विद्यार्थी थपेको उदाहरण छ,' उनले भने । तर, चिकित्साशास्त्रमा पनि अन्य संकायमा जस्तो निर्धारित कोटाभन्दा धेरै विद्यार्थी भर्ना गर्न खोजिएको भन्दै विद्यार्थीले चिन्ता जनाएका छन् ।



del.icio.us
Digg
and say hey Basterds Dr
Yesto doctor lai goli hannu parcha hai.
गर्लान त?राचीमा लग्नु शिबाय अर्को बिकल्प छैन..हा हा हा.पागल,साला बिरोधी डाक्टर हरु
thank you for hance me to give my opinian,
Doctor bhanaudaharuko sochai kati mean!!!!!!!!!
sabin lai Badhai chha
Ramro sanga padhera dekhaidinu tiniharulai
kohi gareb manche le afno chori chori ko future ko barema ramro sochna pani napaine bhayo.
if i am in ther i will kill them.
if same matter how can improve our nepal.
thanks
subash SHARMA 98198545****
it is very very shameful to know the so called doctors' sick mind......
mari ja dr..
So do not be selfish.
Anyway Congratulation Sabin. Don't worry your knowledge is not in their control, your knowledge will always be with you.
Best of luck for your Bright future.
BOYCOTT PG ENTRANCE
This is to make aware that the PG seat you are fighting for is not on your merit basis of your performance in the entrance examination. It is one and only based on the MONEY. The PG entrance examination scheduled to be held on 2066-11-29, Saturday and 2066-12-1st, Sunday by Dean’s Office, Institute of Medicine (IOM) is under the circumstances of full corruption. You might have come across this fact. So we students of IOM (both undergraduate and PG students) are now united to fight till we get environment to see Dean’s Office conducting free and fair entrance examination. Prof Dr Ram Prasad Uprety, Campus chief of Maharajgunj Campus, IOM has publicly claimed that Dean, Arun Sayami has earned more than 1 crore during this entrance examination from corruption. He also claimed that Assistant Dean, Dr. Ratindra N Shrestha is also earning the same amount publicly. So he has given written application to address this situation to Dean’s Office. He also has publicly announced that he will not entertain the students who get their name through this corrupt entrance exam into Maharajgunj Campus, IOM for admission. On 2066-11-28th Campus chief and Assistant Dean met and finalized money to be shared among them and now campus chief is out of the campaign to make this entrance examination free and fair. What a coward and corrupt campus chief!!!
So you all aspirants of PG studies in IOM- what will you do now? Sit in the corrupted exam? and support the corrupt personnel of Dean Office and Campus or help fight for right of sincere and hard working students?
Free Students’ Union (FSU) of IOM has already padlocked Dean’s Office, though later opened by police by brutal force and FSU has announced to boycott the entrance examination on 2066-11-29 and 2066-12-1 and strictly not agree with the results in this condition. Also Teachers’ Union of Campus has posted similar view officially. And Faculty Doctor’s Association of Teaching Hospital has also suggested stopping entrance exam now, set up investigation committee for this corruption and conduct free and fair entrance examination. Despite this, Dean’s Office is going to conduct the examination. What a shame!!! Assistant Dean, Dr Ratindra had said that he will conduct the exam by cutting the throat and shedding the blood. We can clearly view the motive of these corrupt officials now. Despite objection of almost all IOMites including students and teachers they are conducting this entrance examination. The students who are trying to speak and fight against this have been barred by using brutal police force that entered the hostel without any permission to terrorize the students on the eve of the exam-day. Few of the IOM students are already injured during this incident.
So we humbly request you all aspirants to boycott this corrupt entrance and help IOM be a better place again. And also give justice to your hard workings and sincerity.
Lets unite now and fight for the cause of quality medical education and quality medical manpower production in the country.
Thank you.
-Well wishers of IOM
hami nepaliharu hajur jasto dr payekoma garbha gar6au ra euta prasna hajurlai hajurko bau baje nai doctor hola ajhai vannu parda hajurko aama ani hajur aama ni?? feri garho parla ni kin ki hajurko aama ra bau dubai dr hoina bhane yo kura garna mildaina ra hoina rahechh vane goli thoker udaunu parchh hajurko chhora chhorinai dr padhnu parchh vane kissanle ubjaani gareko kin khanu bhako ni hajurle sabai kura drle matra hunchh vane samyojan hunu hunna jun chhetrama jasko matra ekalauti hunu chh vane ab khana khana chhoder cetamolko goli khana thalnu kin ki kissanko matra eklauti hak 6 hajur jasto doctorko bauharu sabai dr hoina tesaile yesto bolnu hunchh vane tapaiko chhora gande bhayo vane uslai kko doctor banaune.....??tehi bhayer bichar garer matra bolnu???
त्यो साले मरहठालाई पासो लगाएर झुन्दैदिए कती राम्रो होला?? ति.......... हरुले आफुलाई के सम्झेका छन् ?? खै हाम्रो देश म गरिबहरुको लागी भनेर निक्लिएका सस्थाहरु??
चोर डाक्टर कहींको !!! सालालाइ, म त्यहाँ भएको भए.. के गर्ने र खै...?
I am so proud to hear the news about that guy who success to get schoolership for his mbbs congralutation. I would like to requst to with my government please kick from his job to mr Marahatta that shold not be in his job. he is the crap of nepal and garib nepali. why government doesn't take any action against him? where is your law? rule? please nepali daju bhai ho yo marahatta lai ta bir haspital ko bahir patti nagna rakhera aago lagaunu parne bho ni k nepal ma doctor haru matrai bachne? garib ko chhora chhori padna pani napaune aafno padai ko chhemata pani dekhauna napaune? ek patak pacchadi farke ra hera ho doctor bhanauda haru nepal ma j jati naya kura haru ko srijana bhayeko 6 tini haru sabai garib pariwar batai suru bhayeko6. timi haru doctor bhayeko ta ghus diyera bhayeko ho. yedi karmachari euta nabhaye aarko magauna sakinchha bhanne bhanai tyo marhattha ko ho bhane,,,,hamro banai chha ki yesta marhattha jasta doctor haru nabhaye aarko magauna sakinchha ni...k nepal ma doctor haru ko kami chha ra? yesto silly lai what is eductaion, skill and profession sabai sikaideu sabin.Daju Bhai Didi Bahiniharu Plz go hospital and kick out the stupid Dog from his job, sale chor ho get the hell out from hospital soon.Sabin all the best. God bless u and wish you for your further life n sucess. Be one special doctor for our nation and be example for our society. God with you everytime.
Do be worry n hopeless in this condition. Yo ta ekdam thulo path ra khudkila ho aagadi badhnako lagi. All the best. Take care ani mom lai ekdam care garnu hai ani happy rakhnu.
All the best Sabin.
Sabin congrats!!! keep it up..ani yesto silly ko agai aafu lai prove garaa what is eductaion, skill and profession daka haru lai ali ali sakyaudauu.
garib le pasina bagauna sakchha but hune khane le pasina k ho? thaha hudaina.aba dekhis doctor le pasina ko phal kasto hunchha1.
australi
doctar haruko choraharule k pss mark lauda pani mbbs parneta
Post your comment