Newsletter
Email:
Home | कभरस्टोरी | उपकुलपति पनि प्लस टु व्यवसायमा

उपकुलपति पनि प्लस टु व्यवसायमा

Font size: Decrease font Enlarge font
image

भवानीश्वर गौतम/नयाँ पत्रिका

काठमाडौं, ३० भदौ

विश्वविद्यालयका उपकुलपतिदेखि विभागीय प्रमुख र आंगिक क्याम्पसप्रमुखसम्मको निजी उच्चमाविमा संलग्नता रहेको पाइएको छ । उच्चमाविमा उनीहरूमध्ये कसैको लगानी छ भने कोही पढाएर तलबभत्ता खान्छन् ।

त्रिवि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, काठमाडौं विश्वविद्यालयका उपकुलपति र उच्च माध्यमिक शिक्षापरिषद्का उपाध्यक्षसमेत निजी प्लस टुमा संलग्न पाइएका छन् ।

त्रिविका विभागीय प्रमुख, प्राध्यापकहरू र आंगिक क्याम्पसप्रमुखहरूसमेत नियमविपरीत यस्तो कार्यमा संलग्न छन् । आयोगका चारवटा केन्द्रीय विभागका प्रमुखले निजी कलेजमा आर्थिक लगानी नै गरेका छन् भने कतिपयले पढाउने काम पनि गर्छन् । त्रिवि केन्द्रीय विभागका दर्जन प्राध्यापकसमेत निजी कलेजमा संलग्न छन् ।

पदाधिकारी मात्र होइन, त्रिविका स्थायी शिक्षकले समेत कानुनी रूपमा कुनै निजी शिक्षणसंस्थामा संलग्न हुन पाउँदैनन् ।

त्रिविका केन्द्रीय गणित विभागप्रमुख प्रा. यादवप्रसाद कोइराला, जुलोजी विभाग-प्रमुख प्रा.डा. वसन्तकुमार थापा, ग्रामीण विकास विभाग-प्रमुख प्रा.डा. प्रदीपकुमार खड्का र अंगे्रजी विभाग-प्रमुख प्रा.डा. कृष्णचन्द्र शर्मा निजी प्लस टु तथा कलेजमा संलग्न छन् । प्रा. कोइराला पुरानो बानेश्वरस्थित न्यु समिट कलेज, थापा लैनचौरस्थित निस्ट कलेज, खड्का के एन्ड के कलेज र शर्मा गोल्डेनगेट कलेजमा संलग्न छन् ।

त्रिचन्द्र क्याम्पसका क्याम्पसप्रमुख हरिप्रसाद पराजुली ज्ञानेश्वरस्थित क्याम्पियन कलेजमा संलग्न छन् भने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मा ललितपुरस्थित आदर्श विद्यामन्दिरमा । उच्च माध्यमिक शिक्षापरिषद्का उपाध्यक्ष प्रा.डा. उपेन्द्र कोइराला ललितपुरस्थित डिएभी कलेज र गौरीशंकर कलेज, विराटनगरको विराट साइन्स क्याम्पसलगायतमा संलग्न छन् ।

उच्च शैक्षिक कार्यभार रहेका क्याम्पसप्रमुख, केन्द्रीय विभाग-प्रमुख र डिनले अन्य शिक्षण संस्थामा पढाउन तथा संलग्न हुन नपाउने व्यवस्था रहेको त्रिविका उपकुलपति माधवप्रसाद शर्माले बताए । उपकुलपति शर्माले नयाँ पत्रिकासँग भने, 'धेरै भार भएका क्याम्पस-प्रमुख, डिन, डाइरेक्टर, केन्द्रीय विभाग-प्रमुखले चौबीसै घन्टा पनि काम गर्नुपर्छ, अन्त पढाउन मिल्दैन ।' विश्वविद्यालयका स्थायी शिक्षकले भने विश्वविद्यालयबाट स्वीकृति लिएर मात्र विश्वविद्यालयमा पढाउने सिफ्टबाहेकको समयमा संलग्न हुन पाउने शर्माले जनाकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा त्रिविका पूर्वउपकुलपति प्रा.डा. कमलकृष्ण जोशीको जेभियर कलेज र काइनस्टोन कलेजमा संलग्नता छ ।

त्यसैगरी, प्रा.डा. बालकृष्णको ललितपुरस्थित युनाइटेड एकेडेमी, व्यवस्थापन केन्द्रीय विभागकै प्रा.डा. कुन्दनदत्त कोइराला ह्वाइटहाउस कलेज, प्रा.डा. राधेश्याम प्रधान र प्रा.डा. मनोहरकृष्ण श्रेष्ठ सेन्ट जेभियर्स कलेज तथा प्रा.डा. पुष्कर प्रधान ग्लोबल कलेजमा संलग्न छन् । गणित केन्द्रीय विभागका डा. केदारनाथ उप्रेती गोल्डेनगेट इन्टरनेसनल कलेजमा संलग्न छन् ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसका गुणराज ढुंगेल र प्रमोद झा स्नातकोत्तर विराटनगर मेरिल्यान्ड कलेजमा संलग्न छन् । दर्जनजति त्रिविका लेक्चररहरूसमेत नियमविपरीत प्लस टुमा संलग्न रहेको पाइएको छ ।

अनशनकारी अस्पतालमा

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय, आंशिक प्राध्यापक संघका दुईसूत्रीय माग राखी आमरण अनशन बसेकामध्ये लीलाराज बरालको स्वास्थ्यस्थिति चिन्ताजनक अवस्थामा पुगेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अनशनकै क्रममा बेहोस भएपछि अस्पताल लानुपरेको संघका सदस्य विष्णु पौडेलले बताए ।

अनशन बस्नेमा प्रेमकुमार विश्वकर्मा, अमृतेन्द्र कर्ण र बराल छन् । संघका सदस्य त्रिविका आंशिक शिक्षकलाई करार नियुक्त गरिनुपर्ने र नयाँ आउने शिक्षकको सेवासुविधा प्रस्ट पारिनुपर्ने मागसहित २२ भदौदेखि रत्नपार्कको शान्तिवाटिकामा आमरण अनशन बस्दै

आएका छन् ।

 

Subscribe to comments feed Comments (4 posted):

bhagwaiti on 17/09/2009 03:21:45
avatar
k nepal ma aaja samma ansun ma baseko manchhey mareko record chha yo ta sub natak matra ho
Thumbs Up Thumbs Down
0
Famous on 16/09/2009 11:02:53
avatar
Yo ta euta Namuna matrai ho kasari desh ka padhalikha bhanauda harule byapar garchhan bhanne. Yiniharule nai aafno byapar anukul niti niyam banaune dekhi jasari hun6 paisa kamaune dhanda angalchhan. Desh ja Bhaad ma, Paile aafai dhan kamau bhanne jwalanta udaharan ho yo.
Thumbs Up Thumbs Down
0
Subu on 16/09/2009 07:16:42
avatar
sala khate haru, duniya le kam napayar bideshinu pareko chha, yasto behave harchhan, ranko layar khednu parchha testo haru lai
Thumbs Up Thumbs Down
0
BHAWANI BASNET on 16/09/2009 05:19:58
avatar
KHANA NAPAAKA PAAKHE HARULAI JASSARI BHAYE PANI KHANU TA CHHA NI... SAAE PAAKHE HARU DESH BIKASH GARNE BHANERA RAAJDHANI AAUNE ANI ... YESTAI YESTAI KUKARMA GARERA BASNE TA HO NI... MARNA NASAKYA HARU
Thumbs Up Thumbs Down
2
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?