काठमाडौंमा २२० डन
नयाँ पत्रिका काठमाडौं उपत्यकामा १३ वटा गुन्डागर्दी समूह छन् जसमा दुई सय २० जना सक्रिय छन् । गुन्डागर्दी गर्ने समूह, सदस्य र तिनको काम अनुसन्धान गरेर प्रहरीले तयार पारेको प्रतिवेदन नयाँ पत्रिकाले फेला पारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको पिलर ४ ले तयार पारेको पछिल्लो गोप्य प्रतिवेदनमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १३ समूह सक्रिय छन् । महाशाखाले यी समूह निस्तेज पार्न 'गुन्डा निर्मूल अप्रेसन' सुरु गरेको छ । महाशाखाको प्रतिवेदनमा दीपक मनांगे, काभ्रेली, चक्रे मिलन, बाघे, चरी, कुमार घैँटे, रिंकी-पिंकी, विश्वक्रान्ति समूह, भक्तपुर समूह, गोर्खाली समूह, ललितपुर समूह, बौद्ध समूह र जसवन्त समूह उपत्यकामा संगठित अपराध र गुन्डागर्दीमा सक्रिय रहेको उल्लेख छ । प्रहरीका अनुसार संगठित समूह जग्गा प्लटिङ, मेनपावर, व्यापारी कम्प्लेक्स, ठेक्कापट्टा, बालुवाखानी, रेस्टुरेन्ट र रक्तचन्दन तस्करीबाट धाकधम्की देखाएर रकम असुलीमा सक्रिय छन् । 'प्रमुख नाइकेले आफ्ना समूहका सदस्यलाई परिचालन गर्न लगाई उपरोक्त कार्यहरू गर्न लगाउने गरेका छन्,' प्रतिवेदनमा भनिएको छ, 'संगठित अपराधमा सक्रिय समूहले 'विभिन्न कामबाट कमाएको रकम क्यासिनो र रेस्टुरेन्टमा खर्च गर्ने गरेका भए पनि हाल आएर जग्गा प्लानिङ, हाउजिङ र रेस्टुरेन्टमा लगानी गर्ने गरेका छन् ।' प्रतिवेदनअनुसार १३ समूहमध्ये सबैभन्दा ठूलो समूह चक्रेमिलन हो । सो समूहमा ६३ सदस्य छन् । प्रतिवेदनमा चक्रे समूह चक्रपथ क्षेत्र रहेको उल्लेख छ । चक्रे समूहको प्रतिस्पर्धी मानिने दीपक मनांगे समूहमा सक्रिय नौजनाको नाम प्रतिवेदनमा उल्लेख छ । सो समूहले ठमेलमा आइसबार, बियरबार, सिन्सियरबार सञ्चालन गरिरहेको छ । दोस्रोमा गणेश लामा समूह रहेको छ जसमा १८ जना सदस्य रहेको महाशाखाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै काभ्रेली समूहलाई मनांगेबाट विभाजित समूह रहेको प्रतिवेदनमा उल्लेख छ । सो समूह ठमेल र बानेश्वर क्षेत्रमा क्रियाशील रहेको र सो समूह तीनकुनेमा रहेको सिरुवा निर्माण कम्पनी, ठमेलको मेट्रो फाइनान्स, एस मूर्ति कन्ट्रक्सन, क्रिस्टल बियरबार, रेड फायर सो गर्ल र निरमाया दोहोरीसाँझमा संलग्न रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं, १९ कात्तिक
विष्णु लामा गणेश समूहबाट छुट्टिएर अहिले आफ्नै समूह निर्माणमा लागेका छन् । स्रोतका अनुसार उनको समूहमा तीर्थ लामा, दावा लामा, अमृत लामा, चन्द्र लामालगायतका व्यक्ति गणेश समूह छोडेर विष्णु समूहमा सक्रिय छन् ।
बालाजु क्षेत्रमा क्रियाशील बाघे समूहमा १३ सदस्य छन् । चरी समूहमा चार सदस्य रहेका छन् भने त्रिपुरेश्वर, कालिमाटी, सीतापाइला र कलंकी क्षेत्रमा क्रियाशील जसवन्त गुरुङ समूहमा ६ सदस्य छन् ।
प्रहरीका अनुसार सामाखुसी क्षेत्र आधारभूमि रहेको घैँटे समूहमा २२ सदस्य छन् । चलचित्र निर्माता तथा नायक रोज राणासमेत घैँटे समूहका सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । पुरानो बानेश्वरमा सक्रिय रिंकी-पिंकी समूहमा १३ सदस्य छन् । अहिले रिंकीपिंकी समूह त्यति सक्रिय छैन । विश्वक्रान्ति समूहको चार सदस्य रहेको र उनीहरू कलंकी, सानेपा र ललितपुर क्षेत्रमा सक्रिय रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार भक्तपुर समूहमा १७ जना संगठित अपराधमा सक्रिय रहेका छन् । चाबहिल क्षेत्रमा राजु गोर्खालीका १२ जना र ललितपुर समूहमा ११ जना रहेका छन् । बौद्ध क्षेत्रमा ११ जना रहेका छन् । बागबजार क्षेत्रका दुईजना, नागपोखरी क्षेत्रका एक, पानीपोखरी क्षेत्रका एक र सुन्धारा क्षेत्रमा दुईजनाको नामावलीसमेत गोप्य प्रतिवेदनमा उल्लेख छ ।
गणेश लामाबाहेक प्रभावशाली संगठित समूहका प्रमुख नाइकेहरू हाल कारागारमा भए पनि उनीहरूले कारागारभित्रैबाट आपराधिक काम गरिरहेको रिपोर्ट आएपछि प्रहरीले सबै समूहको अध्ययन गरी १५ कात्तिकबाट १३ समूहलाई निस्तेज पार्न 'गुन्डा निर्मूल अप्रेसन' सुरु गरेको छ । दीपक मनांगे, चक्रेमिलन, कुमार घैँटे, राजु गोर्खाली, गणेश लामा, शुक्रे तामाङ, सगुन श्रेष्ठ, राजेश महर्जन, दलबहादुर घिसिङ र दिनेश अधिकारी चरी विभिन्न अभियोगमा केन्द्रीय कारागार र डिल्लीबजारमा बन्दी छन् । जेलमा बन्दी रहेका समूहका प्रमुखहरूले आफ्ना सहयोगीमार्फत आपराधिक काम गराइरहेको रिपोर्ट आएपछि १५ कात्तिकबाट 'गुन्डा निर्मूल अप्रेसन' सुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी जयबहादुर चन्दले बताए ।
अप्रेसनको नेतृत्व प्रहरी निरीक्षकले गरेका छन् । उनको सहयोगीका रूपमा १५ प्रहरी खटाइएको छ । अप्रेसनअन्तर्गत कुख्यात डनहरू बन्दी रहेका कारागार, उनीहरूको चहलपहल बढी हुने स्थान, रेस्टुरेन्ट, जग्गा प्लटिङ भएका स्थानमा प्रहरी निगरानी बढाउने रणनीति लिइएको छ । अप्रेसनअन्तर्गत नै आइतबार केन्द्रीय कार्यालयमा चक्रेमिलनलाई भेट्न आएका १६ जनालाई महाशाखाको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिबारे अनुसन्धान गरी अपराधमा संलग्न नरहेका ११ जनालाई रिहा गरी चक्रेका सहयोगीको अभियोगमा विशाल गुरुङ, मानबहादुर लामा, शमशेर थापामगर, राजु भण्डारी र नीरज लामामाथि कारबाही प्रक्रिया सुरु गरिएको छ ।
चन्दले संगठित अपराधीको सक्रियता बढेकाले उनीहरूलाई निर्मूलीकरणका लागि विशेष अभियान सञ्चालन गरिएको बताए । उनले भने, 'कुख्यात डनहरू जेलमा भए पनि उनीहरूको सक्रियतामा कमी नआएपछि उनीहरूलाई निष्त्रिय बनाउन विशेष अप्रेसनको निर्माण गरेका हौँ ।'
प्रहरीले समूहका सदस्यहरूको नामावली तयार पारी उनीहरूको आपराधिक रेकर्डसमेत उतारेको छ । गणेश समूहका सञ्जीव लामा र रमेश सुनुवारविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा छ । सञ्जीव ज्यान मार्ने अभियोगमा फरार रहेको प्रतिवेदनमा उल्लेख छ । चक्रे समूहका राजेश महर्जन यादव डंगोललाई गोली हानेको अभियोगमा कारागारमा छन् । सुरेन्द्र घलेमाथि हातहतियार तथा खरखजानाको अभियोग छ भने सन्ते लामा र डब्लू गुरुङ ज्यान मारेको अभियोगमा फरार छन् । माने गुरुङमाथि सार्वजनिक अपराधको मुद्दा छ ।
सुजन गुरुङ ६ माघमा चितवनमा अनिल गिरीको हत्या गरेर फरार रहेका अभियुक्त हुन् । किस्मत गुरुङ, रोहित सुनुवार, सुनिल लामा, सुदर्शन थापा ज्यान मार्ने उद्योगको मुद्दाका फरार अभियुक्त हुन् ।
बाघे समूहको अर्जुन पुतुवार ज्यान मार्ने उद्योग केसमा फरार रहेका अभियुक्त हुन् भने दावा लामाको नाममा विभिन्न मुद्दा रहेका छन् । रिंकी-पिंकी समूहका उमेश लामा, मञ्जिल हमाल अपहरणको अभियोगमा फरार रहेको प्रतिवेदनमा उल्लेख छ । विश्वक्रान्ति समूहका लायन भन्ने नेमबहादुर श्रेष्ठ शेखर गुरागाईंको अपहरण मुद्दाका अभियुक्त हुन् । उनी फरार छन् । ललितपुर समूहका दीपक बान्तवा ज्यान मार्ने उद्योगका फरार अभियुक्त हुन् ।
भ्यालीमा संगठित १३ समूहका २२० डनहरू
१) दीपक मनांगे भन्ने राजीव गुरुङ समूह (ठमेल एरिया)
उमेश लामा - गौशाला
माइला भन्ने राजु सिंह, सामाखुसी
भुपेन्द्र कुँवर- काभ्रे
चल्ला भन्ने अर्जुन गुरुङ
गंगाराम श्रेष्ठ
मन्त्री भन्ने राजीव मानन्धर
सोनाम लामा
रमेश श्रेष्ठ
अन्य नयाँ केटाहरू
२) गणेश लामा समूह (काभ्रेली ग्रुप) (ठमेल, नयाँ बानेश्वर एरिया)
मनांगेबाट विभाजित
तीर्थ लामा - काभ्रे-मैतिदेवी
दावा लामा - काभ्रे
विष्णु लामा - काभ्रे-मैतिदेवी
जित लामा - काभ्रे
अमृत लामा - काभ्रे-बानेश्वर
गणेश लामा - काभ्रे-तीनकुने
सञ्जीव लामा - काभ्रे
रमेश सुनुवार - दोलखा
चन्द्र लामा - काभ्रे-बानेश्वर
बलराम सापकोटा - बानेश्वर
रविन चौधरी - मैतिदेवी
अजय - कालिमाटी-बानेश्वर
काली भन्ने विष्णु पाण्डे - मैतिदेवी
रूपन श्रेष्ठ - मैतिदेवी
अभिमन्यू राणा - कालिमाटी
अभिमान
३) मिलन चक्रे भन्ने मिलन गुरुङ समूह (चक्रपथ एरिया) हाल लागूऔषध र हतियारको मुद्दामा केन्द्रीय कारागारमा बन्दी
बरुण गुरुङ - महाराजगन्ज
देवराज गुरु - बुढानीलकण्ठ
लालबहादुर आले - धापासी
काले भूत भन्ने धनबहादुर लामा -नारायणथान
विमल गुरुङ - बालाजु
दावा गोले - सुनसरी-बसुन्धरा
राजेश श्रेष्ठ/महर्जन - धापासी
सागर श्रेष्ठ - दोलखा/सामाखुसी
राजेश महर्जन - ललितपुर
सुरेन्द्र घले (गुरुङ) - सामाखुसी
तर्कराज घले - सामाखुसी
काले भन्ने राजन श्रेष्ठ - विष्णु गाविस
जितबहादुर तामाङ - धापासी
निमा लामा - धापासी
हेमकुमार तामाङ - धापासी
झलक गुरुङ - गोरखा-महाराजगन्ज
सन्ते लामा - गोरखा
डब्लू भन्ने डब्लू गुरुङ - गोरखा
सुरेन्द्र पौडेल - धापासी
विशाल गुरुङ - लम्जुङ
माने तामाङ - महाराजगन्ज
प्रवीण तामाङ - धादिङ
जित लामा - वनस्थली
दीपु प्रजापति - बालुवाटार-विशालनगर
विनय थापामगर - बाँसबारी
दिलबहादुर घिसिङ
शेरबहादुर थापामगर - सामाखुसी
योगेन लामा - सामाखुसी
तुला गुरुङ - सामाखुसी
साजन गुरुङ - सामाखुसी
सुजन गुरुङ - सामाखुसी
नीरज लामा - बालाजु
शमशेर थापा - बालाजु
राजु भण्डारी - बालुवाटार
बागसिंह गुरुङ
भीमदेव कार्की - सामाखुसी
सन्तोष कुँवर - गोंगबु
दिनेश थापा - गोंगबु
सन्नी श्रेष्ठ - गोंगबु
नितेश केसी - सामाखुसी
सुमनरत्न शाक्य - बौद्ध
सम्मी बस्नेत - रानीबारी
रोशन मगर - बुढानीलकण्ठ
किस्मत गुरुङ - सामाखुसी
रोहित सुनुवार - धापासी
सुनील लामा - धापासी
सुदर्शन थापामगर - बालुवाटार
भीमसेन पण्डित - बसुन्धरा
कर्मा गुरुङ भन्ने राजु गुरुङ - सामाखुसी
सुकमान लामा - सामाखुसी
सिमान गुरुङ - सामाखुसी
दीपक हमाल - महाराजगन्ज
विनोद थापामगर - महाराजगन्ज
दोर्जे शेर्पा - महाराजगन्ज
लालबहादुर तामाङ - धापासी
विनय थापामगर - महाराजगन्ज
तेजेन्द्र गुरुङ - महाराजगन्ज
नीराजन पौडेल - धापासी
नारायण तामाङ लामा - धापासी
नवराज गुरुङ - धापासी
अमृतकुमार क्षेत्री - बालाजु,
नगेन्द्र श्रेष्ठ - सुनसरी
दीपक पण्डित - धापासी
लक्षे भन्ने लक्ष्मण थापा - धापासी
जित लामा - सुकुम्बासी टोल
सिवा पुन - महाराजगन्ज
४) बागे भन्ने बाघबहादुर लामा समूह (बालाजु एरिया)
माइला लामा भन्ने वीरबहादुर ग्याम्ताङ - बालाजु
कान्छा भन्ने दीपेन्द्र प्याकुरेल - बालाजु
शशि अधिकारी - स्वयम्भू
अर्जुन पुतुवार - बालाजु
कुमार लामा (ठूलो)
नारायण तामाङ
दावा लामा - बालाजु
लुम्बडी भन्ने रविन कार्की
राज थापा भन्ने राजकुमार थापा
राम मगर भन्ने सीताराम पुलामी
ज्याक भन्ने दीपेश धिताल
राज लामा - लामाबगर
ओम गुरुङ
अस्पुर तामाङ
५) चरी भन्ने दिनेश अधिकारी समूह (धादिङ) नयाँ बजार एरिया, ज्यान मार्ने उद्योग र हातहतियारमा पक्राउ परी हाल डिल्लीबजार कारागारमा
दिनेश लामा
किरण श्रेष्ठ
चल्ला भन्ने अर्जुन गुरुङ
कालिज भन्ने श्याम लामा
जोन घले भन्ने राजकुमार गुरुङ-
६) जसवन्त गुरुङ समूह त्रिपुरेश्वर, कालिमाटी, सीतापाइला, कलंकी एरिया
मधु श्रेष्ठ - कालिमाटी
राजु खत्री - चोभार
वसन्त मगर - चोभार
कृष्णहरि थापा - चोभार
अर्जुन कार्की - सानेपा
समीरमान बस्नेत - बाफल,
प्रवेश श्रेष्ठ - कुलेश्वर
अन्य - सामाखुसी
७) कुमार घैँटे समूह (सामाखुसी एरिया) ज्यान मार्ने उद्योग र हतियार मुद्दामा केन्द्रीय कारागारमा बन्दी
साजन महर्जन - गोंगबु
रोज राणा - रानीबारी
मनराज गुरुङ - सामाखुसी
जोक्स भन्ने जोगबहादुर गुरुङ - नयाँ बजार
राजेश महर्जन - सामाखुसी
विक्रम गुरुङ - सामाखुसी
शिव घले - रानीबारी
राम तामाङ (झोले) - म्हैपी
सानो लामा - लैनचौर
कोर्ता गुरुङ (रेन्बो) - पकनाजोल
सोनाम लामा - ठमेल बियरबार
कुमार लामा - ठमेल
शंकर श्रेष्ठ - नयाँबजार
मुख्या गुरुङ - धोबीचौर
छेदान गुरुङ - धोबीचौर
विकास श्रेष्ठ - नयाँबसपार्क
पासाङ लामा - नयाँबसपार्क
छिरिङ शेर्पा - धोबीचौर
छिरी शेर्पा - धोबीचौर
समीर अधिकारी
उमेश मानन्धर
नितेश अर्याल
राजन
नीरज गुरुङ
८) रिंकी-पिंकी समूह- पुरानो बानेश्वर एरिया
उमेश लामा - कोटेश्वर
मन्जिल हमाल - बानेश्वर
भीम राई - बानेश्वर
रवि - बानेश्वर
दमन बस्नेत
सोल्टी गुरुङ
राजु भोटे
दुर्गा तामाङ
पन्चे तामाङ
हिमाल बस्नेत
यदु मगर
पूर्ण कसाई
अन्य
९) बाबु भन्ने विश्वक्रान्ति सिंह समूह- कलंकी, सानेपा, ललितपुर एरिया
राजु खाते भन्ने राजु बोगटी
लाइन भन्ने नेमबहादुर श्रेष्ठ
नवीन गुरुङ - बाफल
काने भन्ने भोला खड्का - ललितपुर धापाखेल
१०) भक्तपुर समूह (भक्तपुर एरिया)
रोशन श्रेष्ठ - भक्तपुर नगरपालिका- १५
जितेन श्रेष्ठ - भक्तपुर नगरपालिका- १२
हरि साखकर्मी - भक्तपुर नगरपालिका- १०
नितिन हाडा - भक्तपुर नगरपालिका- ८
शुभराम मुनाकर्मी - भक्तपुर नगरपालिका- १०
वीरबहादुर तामाङ - सिन्धुली
सुन्दर लामा - सिन्धुली
आशिष लामा - काभ्रे
सुरेशकुमार धाङ - पनौती
बमबहादुर श्रेष्ठ सानो सगुन - मध्यपुर ठिमी
ठूलो सगुन - मध्यपुर ठिमी
अनिल हेक्का
रवि राना
जीवन श्रेष्ठ
सुरज लामा
कैलाश लामा
सतिश श्रेष्ठ
११. गोर्खाली समूह
राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली - केन्द्रीय कारागारमा बन्दी
विनोद श्रेष्ठ - शान्ति गोरेटो
प्रदीप थापा - मैजुबहाल
विष्णु मानन्धर - चाबहिल
विज्ञान श्रेष्ठ - मैतिदेवी
मनोज तुलाधार - मैतिदेवी
महारानी डंगोल - डल्लु
बबी राना - बागबजार
मिलन टी - शान्तिनगर बानेश्वर
भरत श्रेष्ठ - भृकुटीमण्डप
गोविन्द गुरुङ - चाबहिल
सुरज श्रेष्ठ (प्रतीक), सञ्जीव श्रेष्ठ नक्साल, राजु गुरुङ
१२) ललितपुर समूह- ललितपुर एरिया
मीनकृष्ण महर्जन
दीपक बान्तवा
पूर्ण तालु- पूर्ण गुरुङ
वीरेन्द्र महर्जन कुमारीपाटी
सानु मोक्तान लामा
श्याम महर्जन
विक्रम श्रेष्ठ
अशोक लामा
सुवर्ण तामाङ
भोला खड्का
१३ बौद्ध एरिया
राजेश लामा - बौद्ध
तेजमान लामा
उमेश लामा
मिलन लामा
श्याम लामा
रेसम लामा
निमा लमा
सोम लामा
कान्छा लामा
बागबजार एरिया
लक्ष्य भन्ने लक्ष्मण हरमागाई
नागपोखरी एरियाका
सञ्जय डंगोल
पानीपोखरी एरिया
प्रकाशमान श्रेष्ठ
सुन्धारा एरिया
पूर्ण गुरुङ
सूर्य गुरुङ



del.icio.us
Digg
Antim
Tufan
Chinese
Chimsey
1. SURYA LAMA
2. JAYARAM LAMA
3. MD MALLA
4. RAVI THAPA
5. BANDHANA SUWAL
6. SUMAN BHATTARAI
7. RABIN SULUJU
8. PRAKASH SHRESTHA
9. SEASON PRAJAPATI
10. BHIM LAMA
11. ANUP GC
12. NARMATA GC
1. girija babu aka girija prasad koirala
1. prachanda aka puspa kamal dahal
1. jhalanath khanal
2. shere aka sher bhadhur deuba
2. baburam bhattari
2. makune aka madab kumar nepal
3. kujata aka sujata koirala
3. badal aka ram badal thapa
3. kp oli
4. upendra yadab
4.ycl aka young communist league (number one in term of members)
and now we have new one which shock us all... Karima Begam
shishir AKA munni BHAI
AMIT AKA BHANDARI BHAI AKA MOSquito bhai
SUJAN AKA BOKA
PRAYAS AKA chota gun
the danger gang of ktm
1 badri grung
2 umesh phudke
3 ajit kale
4 pratik halwaldar
etc
ini haru lai jiu dai rakhyo vane ta nepal yo vanda pani khattam huncha.
ani euta kura ktm valley ma gunda gardi garne valley bahira ko manche haru nai ho,
na paunele k payo bokro sudo chapayo vaneko yehi ho,
gau ma dhido pani khana pani na paune haru le ktm ma aayara bhat khana payako le matter ko ho ini haru,ra sathai valley ko manche haru lai pani uni haru ko kulat ma lyako iniharule nai ho.
ko ko gunda nirmul operation sure garne ni direct goli thokdine ni.
direct shut,
ini haru lai sakri pareko nai nepal sarkar le ho, yadi yesto gunda harulai shut out gari diyako vaya ta gunda haru badnenai thiyana, khali mathi ko aades vanera chodi diya,
mero bichara ma ta uniharulai sath dine mathilo manche haru lai pani shut out gari dinu parneni.
ok la la aru kehi kura hoina ye gunda haru lai shut out garnu paryo aba ani matra gunda haru lai taha lagauna sakincha natra ta impossible.
ra arko kura yo kasto gopya record ho ha prayajaso gunda ta out of nepal chhan tara police lai ta tha nai chhaina. nepal ka police kata paisa chhan bhanera matra hidchhan.je hos 2-4 din matra bhaye pani police le garne thu payo ani kamaun e thau pani hahahahah...........hahahahaha..............hahahahaha
TAPAIKO PRATRIKA THIK HO BUT.... NAAM YESARI DINU BHANDA AGADI EKCHOTI SOCHNU PARNE THIYO.... KASKO NAAM RIGHT ANI KASTO NAAM WRONG HUNCHA BHANERA...K.P JEE TAPAI ANI NEPAL KO CHOR POLICE... DUBAI JANALE DESHKO LAW KO PANI BICHAR GARU PARNE HUNCHA RA TYO MANCHEKO MATRA NAAM NIKALNU MICHA.... JASLAI COURT LE.. CRIMINAL KO PROVE GAREKO HUNCHA...
OTHERWISE.!!! TAPAI BAAT RA CHOR POLICE BAAT HAMRO DESHKO LAWKO BADNAM/BEJJAT HUNCHA......
australia
१ २०४८ सालको आम चुनाबमा जहाँ पनि नेपाली कांग्रेस क कार्यकर्ता हरुलाई पिट्ने कामको नेत्रित्वो चक्रे ले गरेको थ्यो.उसलाई संचालन गर्ने काम रुपनारायण श्रेष्ठ र प्रदीप नेपालले गरेका थिए.
२ बामदेव गृह मन्त्रि भएको बेलामा चक्रे केहि कम बिसेसले काठमाडौँ जिल्ला प्रशासनकार्यालयमा गएको र तेहको कर्मचारीले गर्न मिल्दैन भनेपछि दलबल सहित बामदेवलाई भेट्न मन्त्रालय गएको र नीजको निजि सचिब संग पनि भनाभन भएको आफ्नै आँखाले देख्ने कर्मचारी गृहमा अझै छन्.
३ चक्रे मिलन को बिबाहमा एमाले का बडेबडे नेताहरुको लर्को जन्ती देख्नेहरु चक्रपथ मा धेरै छन् सोधे हुन्छा. देख्नेलाई भान हुन्थ्यो उ एमालेका निकै ठुलो नेता हुनापर्छा.
यी त केहि मात्र उदाहरण हुन् . आबस्यक परे यी गुन्दहरुलाई नेताहरुले प्रोटेक्सन गरेको अनगिन्ति उदाहरण हरु छन् . तेसैले बामदेव लाइ सलोट हान्ने प्रदिप नेपाल लाई नमस्ते गर्दै र रुपनारायण लाई नमस्ते गर्दै चक्रेलाई कारवाही गर्छु भन्नु नेपाल प्रहरीको लागि नैतिक रुप ले पनि तेती सजिलो नहोला .
VIJAY KUMAR
1-girija prasad koirala
2-prachanda bhanne puspa kamal dahal
3-upendra yadav
4-baburam bhattarai
5-sujata bhanne 1 matra lady don
6-jhalanath khanal
7-kanaha bhanne bijaya kumar gachhadaar
8-YCL samuha
यस्ता उदेश्य बिनाका गुन्डाले समाजलाइ बिगर्ने भन्दा अरु केहि गर्दैन यस्ता चोरहरु बाच्नु भन्दा मरे भलो।'डन'को समाधान भनेकै मुठभेडको नाटक गरेर ड्याङकाड्याङ गोली हानेर ठहरै पार्नुपर्छ । यही नै हो उपाय ।
१. नाम: रबिन्द्र वि.क.
उपनाम:सुजित लामिछाने@सुजित महत@सुजित वि.क.
वतन: जिल्ला तनहुँ घर भै हाल बुटवल नगरपालिका
वडा नं. ११, दीपनगरमा डेरा गरी बस्ने
विशेष पहिचान: मोटो बोली, आक्रमक स्वभाव र
छिटो उत्तेजित हुने
उमेर: अं. ३० बर्ष
उचाई: ५ फिट ६ इन्च
ka po garnu cha ra kati jan falo vana vasya huncha lognamancha la jan falo vana yastai gati chada huncha kam garna alchi lagara kunai sip navayara yasta kukritima lagaka harulai hamro jasto dasla k nai garna sakcha hamro das ma laisana vayaka gunda haru chana tiniharuka yinai sahapari ta hun ini hula ta luta vana 1 2 lakh lutlan daska gunda harula ta din dadai karodau luti rahaka chan to kasla harna ha .. thanks for news /
Nepal police,nepal army,nepal jay
सबैले एउटा कुरा बुझे हुन्छा एदी यो सरकारले की गर्ने हो भने गरिहाल्थ्यो येसरी लातले पप हेरेको जस्तो हेरेर बस्दैनथ्यो.यिनीहरु चुपचाप छ एसको मतलब येही सरकारमा बस्ने नेता हरुको नै ग्रुप हो .
राजेश राई
क्यु वेस्ट
ईराक
Aakir Neta haru ni yak khale Don nai ta hun
yeee madhyeee dherai ta naam mai nasuneko pani chan,,ra kunai pani apradh ma samlagna vayeko pramaan chaina..
ahile bhane nepal ko police thik gareko 6 .
Post your comment