Newsletter
Email:
Home | कभरस्टोरी | दबाबमा सिंहदरबार

दबाबमा सिंहदरबार

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं २५ कात्तिक

माओवादीले बिहीबार र शुक्रबार सिंहदरबारभित्र 'मुसो र बिरालो पनि' छिर्न नदिने घोषणा गरेको छ । तर, प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार नै मन्त्रिपरिषद् बैठक गर्ने तयारी गरेका छन् । दुईमध्ये एक पक्ष 'ब्याक' नभए झडप चर्कने खतरा छ ।

सेनापतिलाई कारबाही गर्ने सरकारी निर्णय उल्टाउने राष्ट्रपतिको कदमविरुद्ध माओवादीले सुरु गरेको दोस्रो चरणको आन्दोलनको अन्तिममा बिहीबार र शुक्रबार मुलुकको सर्वोच्च प्रशासनिक क्षेत्र सिंहदरबार घेराउ गर्दै छ । तर, बिहीबार मन्त्रिपरिषद् बस्ने तयारी भएको छ ।

मन्त्रिपरिषद् बैठक बुधबारका लागि तय भएको थियो, तर अचानक बिहीबार सारिएको छ । बैठक सारिनुसँग माओवादी आन्दोलनको कुनै सम्बन्ध नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताए । 'गिरिजाप्रसाद कोइरालालाई बाहिर लग्ने वा काठमाडौंमै उपचार गर्ने भन्ने विषयमा निर्णय गर्न डाक्टरको रिपोर्ट पर्खनुपर्ने भयो, त्यस्तै प्रधानमन्त्रीको आफ्नै स्वास्थ्य पनि खासै राम्रो भएको छैन,' रिजालले भने, 'त्यसैले बुधबार मन्त्रिपरिषद् बसेन ।' बुधबारको सट्टा बिहीबार बैठक बस्ने सम्भावना भए पनि यकिनसाथ आफूले भन्न नसक्ने उनले बताए ।

उता प्रहरी प्रधान कार्यालय स्रोतले भने बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएकोले मन्त्रीहरूलाई सकुशल सिंहदरबार छिराउने व्यवस्था गर्न सरकारबाट आदेश आएको बताएको छ । 'सारा मन्त्रीलाई सिंहदरबार छिराउनुपर्छ, के-कसरी गर्ने भन्ने जिम्मा तपाईंको हो,' प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई बोलाएर यस्तै निर्देशन दिएको स्रोतले बताएको छ ।

उता आन्दोलनरत माओवादीले भने सिंहदरबारभित्र कसैलाई पनि छिर्न नदिने दाबी गरेको छ । 'मन्त्री त के मुसो पनि छिर्न दिँदैनौँ, बिहीबार र शुक्रबार बिहान आठ बजेदेखि अपराह्न पाँच बजेसम्म मुसो र बिरालो पनि छिर्न दिन्नौँ,' माओवादी उपाध्यक्ष तथा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका संयोजक डा. बाबुराम भट्टराईले भने ।

नाकाबन्दी तोडेर प्रधानमन्त्री, मन्त्री र कुनै पनि कर्मचारीलाई भित्र छिर्न नदिइने उनले स्पष्ट पारे । 'केही मान्छेलाई भित्र छिर्न दिने भए त हामीले आन्दोलन नै फिर्ता लिए भइहाल्यो नि,' डा. भट्टराईले भने, 'हामी शान्तिपूर्ण नाकाबन्दी गर्छौं, कोही भित्र छिर्न खोज्छ भने सुरुङ खने हुन्छ ।'

माओवादीले कम्तीमा पनि तीन लाख जनता उतार्ने र बिहान आठदेखि साँझ पाँच बजेसम्म सिंहदरबार ठप्प पार्ने दाबी गरेको छ । माओवादीले सिंहदरबार ठप्प पार्ने घोषणा गरेपछि मंगलबार सरकारले पूर्वघोषित निषेधित क्षेत्र बढाएको थियो । तर, थपिएको निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि सरकारले क्षेत्र घटाएर पुरानै ठाउँमा ल्याएको छ ।

'सरकारले थप गरेको निषेधित क्षेत्र हटाएको छ, अब आन्दोलन शान्तिपूर्ण हुनेछ,' माओवादी केन्द्रीय सदस्य तथा नेवाः राज्य समितिका सेक्रेटरी नारायण दाहालले बुधबार साँझ नयाँ पत्रिकासँग भने, 'हामीले गर्न चाहेको जनप्रदर्शनमा लाखौँ जनता उतारेर देखाउने छौँ ।'

आठ ठाउँबाट घेराउ

माओवादीले सिंहदरबारवरिपरि आठ स्थानबाट घेराउ गर्ने योजना बनाएको छ । पुतलीसडकस्थित पद्मोदय स्कुलअगाडि, भद्रकाली, माइतीघर मण्डला, बबरमहलस्थित सडक डिभिजन कार्यालयअगाडि, जिल्ला प्रशासन कार्यालयअगाडि, अनामनगर हनुमानथानअगाडि, घट्टेकुलो मिरमिरे एफएमअगाडि, कालिकास्थान सडकअगाडि घेराउ गर्ने माओवादी योजना छ ।

सिंहदरबार घेराउका लागि माओवादीले पार्टी कार्यकर्ता, जनवर्गीय संगठन, विभिन्न जिल्लाका गणतान्त्रिक मोर्चालाई परिचालन गर्दै छ । कार्यक्रमको व्यवस्थापन र सुरक्षाको जिम्मा सहायक संगठन वाइसिएलले लिएको छ ।

माओवादी पदाधिकारीहरूको मंगलबार बसेको बैठकले दोस्रो चरणको आन्दोलन अन्त गर्न मंगलबारसम्म भएका आन्दोलन शान्तिपूर्ण र सफल भएको ठहर गर्दै बिहीबार र शुक्रबारको सिंहदरबार घेराउ पूर्ण रूपमा शान्तिपूर्ण बनाउने निर्णय लिएको छ ।

माओवादीले उपत्यकासहित ताम्सालिङ, तमुवान र अबध राज्य समितिका जिल्लाबाट समेत जनसहभागिता गराई लाखौं जनता सिंहदरबार घेराउमा सहभागी बनाउने योजना बनाएको छ ।

सिंहदरबार घेराउका लागि शीर्ष नेता र सभासद्सम्मलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशित गरेको छ । माओवादी संविधानसभा दलको कार्यालयले आफ्ना सभासद्लाई खाना खाएर बिहान सात बजे आफ्नो जिम्मा पाएको ठाउँमा जान निर्देश गरेको छ ।

माओवादीले सभासद्हरूलाई सभासद्को पोसाक र लोगोसहित उपस्थित हुन निर्देशन दिएको छ । माओवादीको संविधानसभा दलको कार्यालयका अनुसार त्यस दिन पद्मकन्या माविनजिक माओवादी नेवाः राज्य समितिका सभासद्, भद्रकालीनेर ताम्सालिङ राज्य समितिका सभासद् र माइतीघर मण्डलानेर मगरात राज्य समितिका सभासद् सिंहदरबार घेराउमा सहभागी हुनेछन् ।

त्यसबाहेक बबरमहलस्थित सडक डिभिजन कार्यालयअगाडि थारुवान राज्य समितिका, जिल्ला प्रशासन कार्यालयअगाडि भेरी-कर्णाली राज्य समितिका, अनामनगर हनुमानथाननेर अबध र तमुवान राज्यसमितिअन्तर्गतका, घट्टेकुलो चोकनेर लिम्बुवान र किराँत राज्य समितिका र कालिकास्थाननेर कोचिला राज्य समिति र मनोनीत सभासद् सिंहदरबार घेराउका लागि सहभागी हुनेछन् ।

माओवादी अध्यक्ष प्रचण्ड पनि सिंहदरबार घेराउमा सहभागी हुँदै छन् । प्रचण्ड, पार्टीका उपाध्यक्ष किरण, महासचिव बादल र नेवाः राज्य समितिका इन्चार्ज हितमान शाक्यले भद्रकालीबाट घेराउ गर्ने छन् । त्यस ठाउँमा मजदुर संगठनले घेरा गर्दै छ ।

उपाध्यक्ष डा. बाबुराम भट्टराई, सचिव पोष्टबहादुर बोगटी दिवाकरसहितको टोलीले माइतीघर मण्डलामा घेराउको नेतृत्व गर्दै छ । यहाँबाट गणतान्त्रिक मञ्च, धादिङ, चितवन र मकवानपुरबाट आएका माओवादी कार्यकर्ताले घेराउ दिनेछन् ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, सचिव सिपी गजुरेलले पद्मोदय मोडअगाडिको टोलीको नेतृत्व गर्नेछन् । यहाँ काठमाडौं, नुवाकोट र चितवनका माओवादी कार्यकर्ता तथा ती जिल्लाबाट सहभागी हुनेले सिंहदरबार घेराउ गर्नेछन् ।

स्थायी समिति सदस्य कृष्णबहादुर महरा, लीलामणि पोखरेलले काठमाडौं जिल्ला प्रशासन कार्यालयअगाडिबाट घेराउ गर्ने टोलीको नेतृत्व गर्नेछन् । यहाँ विद्यार्थी संगठन र सिन्धुपाल्चोक जिल्लाका माओवादी कार्यकर्ताले घेराउ दिनेछन् ।

यस्तै स्थायी समिति सदस्य अमिक शेरचन, वर्षमान पुन अनन्त, पम्फा भुसालले सडक डिभिजन कार्यालयअगाडिबाट घेराउको नेतृत्व गर्नेछन् भने त्यहाँ माओवादीको ललितपुर जिल्लाले घेराउ गर्ने नेवाः सेक्रेटरी दाहालले जानकारी दिए । स्थायी समिति सदस्यद्वय देव गुरुङ र टोपबहादुर रायमाझीले हनुमानथानबाट नेतृत्व गर्नेछन् । भक्तपुर र काभ्रेका माओवादी कार्यकर्ताले यहीँबाट घेराउ दिनेछन् ।

अनामनगर घट्टेकुलो चोकबाट स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता दीनानाथ शर्माले घेराउ टोलीको नेतृत्व गर्नेछन् । यहाँ गणतान्त्रिक मञ्चले घेराउ गर्नेछ ।

कालिकास्थानबाट स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, हिसिला यमी र कृष्णदास श्रेष्ठले नेतृत्व गर्ने नेवाः राज्य समितिले जानकारी दिएको छ । यहाँ बुद्धिजीवीले घेराउ गर्ने माओवादीले जनाएको छ ।

१५ कात्तिकबाट सुरु भएको माओवादीको दोस्रो चरणको आन्दोलन शुक्रबारको सिंहदरबार घेराउसँगै सकिँदै छ । आफ्ना माग पूरा नभए अझ सशक्त तेस्रो चरणको आन्दोलनमा जाने निर्णय मंगलबार बसेको माओवादी पदाधिकारीहरूको बैठकले लिएको छ । माओवादीले तेस्रो चरणको आन्दोलनमा आमहड्ताल गर्ने संकेत दिएको छ ।

यसअघि माओवादीले अन्तर्राष्ट्रिय समुदायको आग्रहमा हवाई नाकाबन्दी तथा आन्तरिक तयारी नभएको भन्दै गणराज्य घोषणाको कार्यक्रम फिर्ता लिएको थियो ।

सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने तथा नागरिक सर्वोच्चता वहाली हुनुपर्ने माग गर्दै १५ कात्तिकदेखि माओवादीले दुई साता लामो दोस्रो चरणको आन्दोलन सुरु गरेको थियो ।

नाचगानसहित घेराउ गर्ने

गाविस, नगरपालिका र जिल्ला प्रशासन कार्यालय घेराउ तथा उपत्यका नाकाबन्दीमा जस्तै सिंहदरबार घेराउलाई पनि माओवादीले उत्सवका रूपमा सम्पन्न गर्ने योजना बनाएको छ । विभिन्न बाजागाजासहित आएका माओवादी कार्यकर्ताले प्रचण्डले भनेजस्तै आन्दोलनलाई 'उत्सव'का रूपमा मनाउने बताएका छन् । दर्जनौं ठाउँमा लाउडस्पिकर लगाएर नाचगाच गर्ने, विभिन्न झाँकी प्रस्तुत गर्ने र अन्य साहित्यिक कार्यक्रमसमेत गर्ने माओवादी योजना छ । सांस्कृतिक कार्यक्रम, कविता, नाचगान गर्दै आन्दोलनलाई मनोरञ्जनात्मक गरिने नेवाः राज्यका सेक्रेटरी दाहालले जानकारी दिए ।

Subscribe to comments feed Comments (37 posted):

mingma prdan on 14/11/2009 00:52:49
avatar
maobadi haruko aandolan ta
Thumbs Up Thumbs Down
0
agni on 14/11/2009 00:47:13
avatar
one iq question
What is the name of the country in which losers get prize?
..........Looking at the present , even the blind and deaf can say NEPAL NEPAL NEPAL.IS IT GOOD ?
Thumbs Up Thumbs Down
0
spain man on 14/11/2009 00:44:22
avatar
THIK6.KETA HARU.
Thumbs Up Thumbs Down
0
sahan on 13/11/2009 14:59:27
avatar
ye neta haru ho sadhai kati aandolan gar6au kamsekam aam janata lai garera khana deu .timi haru la 12 barsa samma janata le sath diyera tyanha puryayeko yanhi natak garna ho
Thumbs Up Thumbs Down
0
munnag on 13/11/2009 10:01:14
avatar
माओवादी ले मान्छे मार्न, देश बिगारन, जनातालाई लुत्न बाहेक के नै जानेको छ र? त्यत्रो बैंक लुटेको पैसा र जनता लुटेको पैसाले पर्तिपक्ष मा बसेर पनि राम्रो काम नगरेर खाली भुडि भर्ने काम मात्र गर्दैछन। अनी पचाउन आन्दोलन को नाटक गर्दैछन ।
Thumbs Up Thumbs Down
0
maobadi birodi on 13/11/2009 08:28:02
avatar
don't try to help Maoist coz they dont hav enough mind
Thumbs Up Thumbs Down
0
pralad on 13/11/2009 07:17:47
avatar
dear lidarship people make effitve sitak make nepal on your hand parchanda
Thumbs Up Thumbs Down
0
pasa on 13/11/2009 07:05:25
avatar
waihat kam sala.
Thumbs Up Thumbs Down
0
janak on 13/11/2009 03:28:57
avatar
maobadi u all r f*** bullshit because u want to get ur level and chair so u couldn't do anything try to adjust in same government otehrwise people give u big shit
Thumbs Up Thumbs Down
0
Tarakhar Adhikari on 13/11/2009 02:56:41
avatar
In the name of Singhdurbar blockade Maoist intention is hidden. They want to capture army force and capture the state machinery in their hand. It is totally wrong intention which is not fulfilled.
Thumbs Up Thumbs Down
0
raj on 13/11/2009 01:28:44
avatar
netako le aba sarkar chalachhu bhannu ta hoena ki aba janta ko hat ra basti mo najanu bhaneko ho ni ta
Thumbs Up Thumbs Down
0
newprince on 12/11/2009 22:21:34
avatar
Sagar Thapa,
प्रत्यक्ष चुनावमा कम सिट मात्र जितेका तर हारेका अलपमत जनताको पनि समानुपतिक प्रतिनिधित्व गराउनु पर्ने मावोबादिको एजेन्दा अनुसार अलि साहस फेर्न सक्ने करिब क्रमश: ३७ र ३० सिट वालाहरू १२० भन्दा बदी सिट मा जिताएर पठएका जनमतलाइ आफूहरूले नै राज्य संचालन् गर्न र संबिधान लेखन ७० प्रतिसत जनमत प्राप्तको धक्कू लगाउनु सिधा जनताको अंखामा छारो हाल्न खोज्नु लाज पनि लाग्दैन। जस्को त सिङ्ग् छैन उस्कै नाम तिखै।
Thumbs Up Thumbs Down
0
pds on 12/11/2009 17:48:05
avatar
Tyo Sagar Thapa bhanne pasu pani Ma ku ne ko Putra rachaki k ho?
Thumbs Up Thumbs Down
0
Gurung L.Bahadur on 12/11/2009 16:41:52
avatar
Sak6s vane Indialai rok, Girijalai bok, MAKUNE lai thok,Amerikilai rok.Ani Chinalai Laal Salaam thok, Janatalai napuryau shok, sadakma nadekhau jhok.Mero pani samarthan 6 yesma.yehi ho asali loktantrako Lok.
Thumbs Up Thumbs Down
0
Nabin on 12/11/2009 15:16:53
avatar
Yo chai ati nai bhayo Sata Kabja garne pani anik tarika huncha Mahobadi lye janata ko hit hoinna satta matra chaiyeko cha . Kam garne man hune ho bane Bipakcha ma basera pani ta kam garna sakinch amul agenda baneko sarkar hoinna sambidan ho sambidan banaun asarkar ma basnu parcha banne hoinna sambaidanik tarika huncha prjatantra ma satta ma basna ko lagi dadagiri hoinna.Yesari nai Sarkar banaune ho bane kina chaiye hamilye tetro sansad jasko kunai auchitye chainna bane . Sakchau bane sabai sansad lye rajinama deu ani sadak ma jau natra sansadiye bewasta pani manne ani tesko auchitye pani namanne yo kasto dohoro charitra ho???? Yo jabarjasti chai sambidanik ho???
Thumbs Up Thumbs Down
-1
asdasd on 12/11/2009 15:10:02
avatar
garib mara andolan phirta le
Thumbs Up Thumbs Down
2
nepal on 12/11/2009 13:52:55
avatar
sabai chore harulai satta chayeko 6 aagha ni yo bheda jantale kina bughdina ho?
Thumbs Up Thumbs Down
0
Ram gautam on 12/11/2009 11:28:01
avatar
that a great idea for strike.Everyone taking intertaitment and also suporting Moist.Everyone real nepalese is trying to through out this illegal govt.
Thumbs Up Thumbs Down
-1
on 12/11/2009 11:25:57
avatar
ati bho
Thumbs Up Thumbs Down
0
Prabhat on 12/11/2009 10:50:15
avatar
Three lakh janta ma half bhanda ta murka haru hola ni means "YCl" ani mantri haru bhayo ani baki ta time pass ani ali khana pauchu bhane lov le aauncha.Asal nepali nagrik bhayae ta andolan ma sabhagi hudai hunthae na ni. Ki kaso Sampadak Jyu??????
Thumbs Up Thumbs Down
0
Dhal Bahadur on 12/11/2009 10:04:13
avatar
तानाशाही बाहेक संसारको कुन देश होला जँहा चुनावमा हारेकाहरुको सरकार बनेको हुन्छ| तपाई माओबादीहरुको नीति र मांग संग सहमत हुनु र नहुनु बेग्लै कुरो हो तर हेर्नुस त हरुवा हरुको सांगलो सरकारमा
-प्रधान मंत्री
-उपप्रधान मंत्री परराष्ट्र मंत्री - गिरिजा पुत्री
-गृह मंत्री
-रक्षा मंत्री

यिनीहरु विशेसग्य वा कुनै विद भएको भए पनि मान्नु हुन्थ्यो तर पर्यो निजागिरी, घूसखोरी र क्षमताहीन| अर्का तिर केपी ओली विद्या भंडारीलाइ रक्षा मंत्री बनाए भनेर आफै मंत्री भए सरह पद्केको छ पद्केको|

गिरिजा जादा रुन पर्ने केही छैन, उनी देशका हीरो बन्न सक्थे, स्टेट्स्म्यान बनेर इतिहासमा नाम अंकित गर्न सक्थे, तर बने सुजाताका बाऊ मात्र | पटक पटक पी एम बनेर पनि स्वार्थी रहे| अब रुएर केही छैन, गिरिजा बाबुले ने का लाइ पनि
खत्तम पारे| शेर बहादुर जस्तो नालायक प्र म जन्माउने पनि उनी नै हुन| समयमा चासो नदिएर माओबादीलाइ क्यान्सर बनाउने पनि उनी नै हुन| नेपालीको यो विडमबना हो |
Thumbs Up Thumbs Down
0
rami on 12/11/2009 09:47:38
avatar
Monkey ley afno ghar pani banaudhaina r aru ko ghar pani bigarcha bhaney jastai ho . every day ko banda r hartal ley sima nai nagi sak ko cha . please yo sabhi chodi nepal banauney tarfa laga nepali janta haru, mahabadi haru hinsha chodi santi tir lagha . nepal is going to be finished in every sector. wake up all nepali people
please wake up
Thumbs Up Thumbs Down
0
sanju on 12/11/2009 08:15:45
avatar
andolan ka andolan le kaile naya sambidhan banla ta ?? sabai jana milera janu parcha. andolan banda garera barta bata nikas khojnu parla.
Thumbs Up Thumbs Down
1
nastik on 12/11/2009 08:06:04
avatar
support maoist!this movement should be ultimate.
Thumbs Up Thumbs Down
0
sangita on 12/11/2009 07:48:46
avatar
aafu sarkaara rahera pura nepal aaffo kabjama lene sapana pura nabhayepachhi MB lai thulo chot pareko chha.. fheri ahile uniharuko kehi kam pani ta chhaina.thulo dal bhayeko natale isthir basnu pani ramro bhayena tesaile TIMEPASS ko lagi yo kadam uthayeko ho..aafuharu safal nabhayepachhi arulai pani dalne yo MB ko jelousy pana ho.
Thumbs Up Thumbs Down
0
kamal on 12/11/2009 07:35:19
avatar
iniharu janatako bhalo chahane hun ki ku bhalo chahane hun tha bhayan tra nero bicharma kam nalagne pati rahicha
Thumbs Up Thumbs Down
0
tsering on 12/11/2009 06:41:38
avatar
desh vikas ko bare kaile khabar sunna na paine bho, yesto taal le ta nepal somaliya huna time lagdaina
Thumbs Up Thumbs Down
0
Sagar Thapa on 12/11/2009 06:02:24
avatar
सरकारको सहनशिलता, धैर्यताको कारण हाल सम्म आन्दोलनवाट कुनै क्षति भएको छैन यो खुसिको कुरा हो । ३० प्रतिशत जनताको साथ भएको पार्टिवाट ७० प्रतिशत जनताको साथ रहेको सरकारले दमन नगरी रक्षात्मक अवस्थामा वसिरहेको छ । यसलाई सरकारात्मक रुपमा लिनु पर्छ । राजा लाई त फालियो माधव नेपाललाई किन नसक्नु भन्ने साथिहरुको सामन्तवादी चिन्तन, हुक्के, चिलिमे चिन्तन त्याग्दा राम्रो होला । माधव नेपाल पुर्व राजा ज्ञानेन्द्र होइन माओवादी अध्यक्ष प्रचण्ड भन्दा उच्च र क्षमताशिल भएका ब्यक्ति हुन भनेर वुझदा राम्रो होला । के माओवादीको सत प्रतिशत नेताहरु अर्को निर्वाचनमा विजय वन्छन भन्ने छ ? के माधव नेपाल अर्को निर्वाचनमा विजय वन्दैनन भन्ने ज्ञारेन्टी छ ? एक चोटीको निर्वाचनमा एक हजार मत ले पराजित हुदा माधव नेपाल कामै नलाग्ने ब्यक्ति हुन भनेर जति खेर पनि हरुवा भन्नेहरुले पछि पछुताउने वेला आउनेछ । समयलाई धैर्य गर्न सिकौ ।
Thumbs Up Thumbs Down
-3
Kshitiz on 12/11/2009 05:09:35
avatar
Sala kukur haru ko kam chaina
Thumbs Up Thumbs Down
-2
bishnu on 12/11/2009 04:57:58
avatar
sadeko ldai bachhako michai, nepali janta pani bokanai ta honi jegare pani saher basne.
Thumbs Up Thumbs Down
-2
Mustafa on 12/11/2009 04:45:31
avatar
Naya Nepal ma naya tarika le aafno aandolan sucharu rakhne dal Maobaadi le k garna khojeko ho kasaile bujhnai nasakne vayo. Ani sarkaar le chahi maag haruko barema kunai wasta nai nagarera k garna khojeko ho? Yaha ta sabai jana aa-aafnai surma masta dekhin6an. Kasailai janatako matlab nai 6aina. Nakabandi garera sabailai apthero pare maaobaadile ani janatako sewa garna baneko sarkaar le yasma kunai wasta nai garena. Sabai ustai hun. "JUN JOGI AAYE PANI KAANAI CHIREKA VANEJASTO."
Thumbs Up Thumbs Down
0
sajan rai on 12/11/2009 04:40:47
avatar
mao ko 2 dine gherau ra sarkarko tyahi dinma mantri parisadko baithakle mulukla durghatana nimtyaune sarkarko arko kasi ho.
Thumbs Up Thumbs Down
5
bhim bohara on 12/11/2009 04:31:48
avatar
ati vayepachhi lato le pani bol6 yo ta sabaile thaha payekai kura ho!yo haruwaharuko sarkar le kanma tel haler suteko6. ra kanko tel sukaunalai jantale aawaj uthairaheka 6na, ajha pani kanmai tel haler sut6 vane yo sarkar ko kanko jali tharkaun lai feri pani grinet ko aabasyekata naparla vanna sakinna!
Thumbs Up Thumbs Down
6
bimal on 12/11/2009 04:30:20
avatar
all nepali should support this strike programe........
Thumbs Up Thumbs Down
8
Nabin Gurung(macau) on 12/11/2009 03:34:30
avatar
j hos asta haroute mantri haruko ra pradhan mantriko sakhabp parnu parchha ani nepal ma naya dangale des chalunu parchanda ji agrim badae chha hajurlae hami sahabhagi navaya pani sath dine chhu hami macau basi haru bat agrim badae chha
Thumbs Up Thumbs Down
4
ankit on 12/11/2009 03:29:43
avatar
raja falna sakiyo bhane yo jabo makune ke ho ra jori khoje ko ho haru wale
Thumbs Up Thumbs Down
5
chakrapani sharma on 12/11/2009 03:25:48
avatar
Thanks andolon ko tarayari ta ramrai richha tara success hos sabi le sath dinu pachha bhanne mero mannateta ho
Thumbs Up Thumbs Down
6
total: 37 | displaying: 1 - 37

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
2.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?