Newsletter
Email:
Home | कभरस्टोरी | 'माओवादीको वार्ता अब सीधै दिल्लीसँग'

'माओवादीको वार्ता अब सीधै दिल्लीसँग'

Font size: Decrease font Enlarge font
image

'राजा ज्ञानेन्द्रका पालामा प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा गएका एमाले र कांग्रेसको एउटा हिस्साले वार्ता गरौं भन्दै आएका थिए । मैले भनेको थिएँ— वार्ता नोकरसँग होइन, सीधै मालिकसँग हुन्छ । अब पनि वार्ता कांग्रेस र एमालेसँग होइन, तिनलाई परिचालन गर्ने दिल्लीसँग सीधै हुन्छ । वार्ता यही मञ्चबाट सुरू भयो ।’ — विरोधसभामा माओवादी अध्यक्ष प्रचण्ड

नयाँ पत्रिका

काठमाडौं, ७ पुस

एकीकृत माओवादीले सत्तारूढ दल र सरकारलाई रिमोट कन्ट्रोलबाट चलेको 'रोबोट' को संज्ञा दिँदै अब उनीहरूसँग वार्ता नगर्ने घोषणा गरेको छ । माओवादीले सीधै 'रिमोट' हातमा लिएको शक्तिसँग मात्र वार्ता गर्नेसमेत स्पष्ट गरेको छ ।

तीनदिने आमहडताल समापन गर्न राजधानीको बानेश्वरचोकमा आयोजित केन्द्रीय सभामा माओवादी अध्यक्ष प्रचण्डले उद्घोष गरे, 'अबको वार्ता नयाँदिल्लीसँग हुन्छ ।' उनले सत्तारूढ दल र सरकारलाई 'नयाँदिल्ली' ले चलाएको आरोप दोहोर्‍याउँदै नागरिक सर्वोच्चताका लागि आफ्नो पार्टी नयाँदिल्लीसँग वार्ता गर्न इच्छुक रहेको पनि बताए ।

तीन चरणसम्मको आन्दोलन र पटक-पटकका वार्ताबाट समेत नागरिक सर्वोच्चता बहाली गर्न राजनीतिक दल सहमत नहुनुमा 'नयाँदल्ली' को रिमोट-कन्ट्रोल कारक रहेको निष्कर्ष निकाल्दै माओवादीले नयाँदिल्लीसँग कुरा गर्न चाहेको घोषणा गरेको हो ।

जनयुद्धकालमा समेत संसद्वादी दलसँगका वार्ता असफल हुँदा माओवादीले राजालाई 'मालिक' र सत्तासीन संसद्वादी दललाई 'नोकर' को संज्ञा दिँदै वार्ता 'नोकर' सँग होइन, 'मालिक' सँग गर्ने बताउँदै आएको थियो ।

'सहमतिका लागि पटक-पटक वार्ता भएका छन्, आन्दोलन भएको छ । यति ठूलो पहलकदमी र सहभागिताका बाबजुद पनि उनीहरू (सरकार र सत्तरूढ दल) लाई छोएको छैन । जनताको मत र आफ्नो विवेकले बनेको सरकार भए केही सोच्थ्यो होला,' सभामा प्रचण्डले भने, 'रोबोटहरूले जनतालाई देख्दैनन्, जनताका आवाज सुन्दैनन् ।'

नागरिक सर्वोच्चताको लडाइँ राष्ट्रिय स्वाधीनतासँग जोडिएकाले 'नोकरहरू'सँग कुरा गरेर केही नहुने प्रचण्डको स्पष्टोक्ति थियो ।

प्रचण्डले हालै मात्र भारतीय सेनापति दीपक कपुरले माओवादी लडाकुलाई समूहगत रूपमा समायोजन गर्नु हुन्न भनी दिएको अभिव्यक्तिप्रति पनि आक्रोश पोखे । 'भारतका सेनापतिलाई नेपालको शान्ति-सम्झौता र संविधान मिच्ने अधिकार कसले दियो ? के ऊ नेपालको गभर्नर हो ?' प्रचण्डले भने, 'यो नेपाली जनताको लज्जाजनक अपमान हो । यति नांगो हस्तक्षेप हुँदा पनि नबोल्ने यो सरकारका मन्त्रीलाई के भन्ने ? यस्तो अवस्थामा अब भारतसँग कुरा गर्नैपर्ने भो ।'

'शान्ति-सम्झौता र नागरिक सर्वोच्चताविरुद्ध दिल्लीमा खुलेआम बोलिन्छ, नागरिक सर्वोच्चता दिल्लीमा पुगेको छ,' प्रचण्डले भने, 'अब वार्ता दिल्लीसँग गर्नुपर्ने भएको छ ।'

प्रचण्डले राजनीतिक दलहरूसँग कुरा गर्न अल्छी लाग्न थालेको पनि बताए । 'प्रत्येक पटक कुरा गर्दा दिल्लीमा गएर अड्किन्छ, जति कुरा गरे पनि रिमोट कन्ट्रोलबाट केही नआएसम्म नतिजा आउँदैन,' प्रचण्डले भने ।

प्रचण्डले नागरिक सर्वोच्चताको मुद्दा राष्ट्रिय स्वाधीनतासँग जोडिएकाले आफूहरू भारतसँग वार्ता गर्न तयार रहेको पनि उद्घोष गरे । 'राष्ट्रिय स्वाधीनतालाई नजितेसम्म नागरिक सर्वोच्चता नआउने भो,' प्रचण्डले भने, 'यसका लागि हामी भारतसँग वार्ता गर्न तयार छौँ, यही मञ्चबाट भारतसँग वार्ता गर्न सुरु गरेँ, यहाँ वार्ता गरेर केही नआएपछि त्यहाँ वार्ता गर्न जानुपर्ने भएको हो ।'

प्रचण्डले भारततर्फ संकेत गर्दै माओवादीलाई घँुडा टेकाउने सपना नदेख्न आग्रह पनि गरे । 'माओवादीलाई घँुडा टेकाउने सपना नदेख्दा हुन्छ,' उनले भने, 'माओवादी अन्तिमसम्म लड्न तयार छ ।'

माओवादीले सत्ताकब्जा गर्न थाल्यो भनेर राष्ट्रपतिलाई निवेदन हाल्नेहरूले गल्ती स्विकार्नुपर्ने वेला आएको प्रचण्डको भनाइ थियो । 'कटवाल प्रकरणमा माओवादीले सत्ताकब्जा गर्न थाल्यो भनेर राष्ट्रपतिलाई कदम चाल्न लगाइएको थियो । सात महिना भयो माओवादीले सत्ताकब्जा गरेको छैन,' प्रचण्डले भने, 'अब राष्ट्रपतिले गल्ती भएछ भनेर क्षमा माग्नुपर्छ अनि राजनीतिक दलले भ्रममा परिएछ भनेर निवेदन फिर्ता लिनुपर्छ ।'

प्रचण्डले संविधानसभा विघटन गर्ने षड्यन्त्र भए जनताले सार्वभौम अधिकार प्रयोग गरी सडकबाटै संविधान बनाउने दाबी पनि गरे । बानेश्वरचोकमा आफ्नो मन्तव्य राख्नुपूर्व प्रचण्डले पार्टीका पदाधिकारी र स्थायी समिति सदस्यसँग छलफल गरेका थिए ।

माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, नागरिक सर्वोच्चता बहाली हुनुपर्ने, शान्ति, नयाँ संविधान र राष्ट्रिय स्वाधीनताका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने अडान राख्दै आएको छ । पूर्वप्रधानसेनापति रुक्मांगद कटवाललाई अवकाश दिने माओवादी नेतृत्वको सरकारको निर्णयलाई राष्ट्रपतिले उल्टाइदिएपछि बढेको राजनीतिक तनाब आमहडतालसम्म पुगेको हो ।

उता, माओवादीको शनिबारको स्थायी समिति बैठकले सदन संघर्षको आन्दोलनको रूप बदलेर शान्ति र नयाँ संविधान निर्माणमा केन्दि्रत गर्ने निर्णय लिएको छ । माओवादीले अबको आन्दोलन 'वैदेशिक दलाल' का विरुद्ध गर्नेसमेत निर्णय लिएको छ ।

भारतसँग वार्ताका एजेन्डा

प्रचण्डले भारतसँग वार्ताका लागि पाँच एजेन्डा अघि सारेका छन् । सन् १९५० को सन्धि खारेजी तथा पुराना सबै गोप्य सन्धि-सम्झौतालाई खुला गरिनुपर्ने प्रचण्डको पहिलो एजेन्डा छ ।

कालापानीबाट भारतीय सेना हटाइनुपर्ने र सुस्तालगायतका सीमा-समस्याको हल हुनुपर्ने दोस्रो एजेन्डा बनाइएको छ । नेपाल-भारतबीच बढ्दो व्यापार असन्तुलन हटाउन अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालले पाउनुपर्ने पारवहन सुविधा पाउनुपर्ने माओवादीको तेस्रो एजेन्डा रहेकोसमेत प्रचण्डले बताए । अहिले नेपालले भारतसँग वाषिर्क एक खर्बभन्दा बढी व्यापार-घाटा बेहोरिरहेको छ ।

त्यसैगरी, प्रचण्डले भारतसँग वार्ता गर्न भारत, चीन र नेपालबीच नेपालको विकासका लागि उच्चस्तरीय रणनीति बनाउन भारतले सहयोग गर्नुपर्ने बताए ।

माओवादीले चीन र भारतसँग समान सम्बन्ध बनाउन चाहेको भन्दै प्रचण्डले भारतसँग २१ औँ शताब्दीको चेतनाअनुसार सम्पूर्ण इतिहासको समीक्षा र नयाँ एकताको आधारशिला तयार हुनुपर्ने आफ्नो एजेन्डा हुने बताए ।

चौथो चरणको आन्दोलन घोषणा

तेस्रो चरणको आन्दोलनअन्तर्गतको तीनदिने आमहडतालको समापन गर्न आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले चौथो चरणको आन्दोलनको समेत घोषणा गरे । चौथो चरणको आन्दोलनबाट समेत नागरिक सर्वोच्चताबहाली र राष्ट्रिय स्वाधीनताको रक्षा नभए १० माघदेखि अनिश्चतकालीन आमहडताल गर्ने प्रचण्डले चेतावनी दिए ।

चौथो चरणको आन्दोलनअन्र्तगत १० पुसदेखि १० माघसम्म एकमहिने राष्ट्रिय जागरण तथा भन्डाफोर अभियान सञ्चालन गरिने प्रचण्डले घोषणा गरे । माओवादीले १० माघसम्म पनि माग पूरा नभए त्यसै दिनबाट अनिश्चितकालीन आमहडताल गर्ने जनाएको छ ।

'माघ १० गतेसम्म पनि राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनतिर सोचेनन् भने माघ १० गतेदेखि अनिश्चितकालीन आमहडतालमा जानेछौँ,' प्रचण्डले आन्दोलनको उद्घोष गर्दै थपे, 'हामी युद्धमा जानेछैनौँ, आन्दोलनबाट फैसला हुनेछ । ऐतिहासिक जनआन्दोलनलाई कसैले रोक्न सक्नेछैन ।'

'हाम्रो आन्दोलन राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चताको आन्दोलन हो । त्यसैले हामीले बाध्य भएर कठपुतलीसँग होइन, कठपुतली नचाउनेसँग वार्ता गर्नुपर्ने भएको हो,' सभामा संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका अध्यक्षसमेत रहेका माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले समापन सभामा भने ।

अबको आन्दोलन थप पेचिलो बन्ने माओवादी नेता डा. बाबुराम भट्टराईको आँकलन थियो । 'देशभित्रका दलालसँग मात्र होइन, विदेशी दलालहरूसँग पनि एकसाथ लड्नुपर्ने भएको छ, अबको लडाइँ थप पेचिलो बन्नेछ,' उनले भने, 'यसका लागि माओवादी तयार छ ।'

तेस्रो चरणको आन्दोलनमा १३ वटा स्वायत्त गणराज्य घोषणा र तीनदिने आमहडताल गरेको माओवादीले नागरिक सर्वोच्चता कायम नभएसम्म आन्दोलन नरोकिने चेतावनी पनि दिएको छ ।

बन्दको प्रभाव कायम

एकीकृत माओवादीले आह्वान गरेको तीनदिने लामो आमहडतालको प्रभाव तेस्रो दिन पनि कायम रह्यो । तर, मंगलबारको बन्द भने आधा दिन मात्र रह्यो । बन्द सफल भएको भन्दै माओवादीले मंगलबार दिउँसो १२ बजेपछि यातायात चल्न दिएको थियो । उपत्यकाका विभिन्न भागबाट १२ बजेपछि माओवादी कार्यकर्ता, समर्थक र्‍यालीसहित विरोधसभामा सहभागी हुन बानेश्वरतर्फ आएका थिए । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट निस्किएका जुलुस बानेश्वरमा केन्दि्रत भई सभामा परिणत भएका थिए । त्यसैबीच, एमालेनिकट किसान संघका उपाध्यक्ष धर्मदत्त देवकोटा मंगलबारको कार्यक्रममा माओवादी-प्रवेश गरेको घोषणा गरिएको थियो ।

Subscribe to comments feed Comments (32 posted):

shiva on 25/12/2009 23:05:34
avatar
sabai chor hun sabaile janta dhatera aafno bhudi bharne matra hun.baru sara desh nai bharat lai diera NEPAL PRADESH banauneho bhane baru janta lai rahat hunthyo ki? antya ma hune pani tehi ho. neta haruta khali dhan kamauna bhanerai rajniti ma lage ka chhan bhanne kura gham jatikai prastai chha.mahan neta girija ko koirala niwas ma samet chorera
bijuli balinchha bhane aruko ke kura?
Thumbs Up Thumbs Down
0
kattak on 24/12/2009 04:14:33
avatar
Maobadi haru satta panuna ko nimti chapamar saile ma Indian Ambassodor lai 7 palta bhet na gayaka thiya........8 pelta ko bela ma matra press lay thaha paya......yes palta India gaya ra nai Jana Gana Mana......gauna k bera.....
Thumbs Up Thumbs Down
0
pradeep on 24/12/2009 03:13:25
avatar
Pachande afai Bharitiya Dalal Bhayeko le usle afno malik sangha Barta Nagarera Nepali haru sangha ta barta gardaina ni.Balla usle afno haisiyat tha paye cha Duniya lai dukha diyera.
Thumbs Up Thumbs Down
0
don't know on 24/12/2009 00:23:49
avatar
k *ula haru yasto samacharma comment di rakehko...comment kina hanne sakcha bhanne goli hanna ...
Thumbs Up Thumbs Down
0
kimelsung on 23/12/2009 17:55:09
avatar
This is the history which is threatened by prachanda to Indian government I never seen like this strong and brave political leader. It was Nepalese soul which he gives speech against to Indian government like Brazilian president, who currently threaten to Barak obama. And Second things about the Gynedra, Now day’s Indian government are suffering with complicated controversy matter because of Tilangana state, congress I already had sanction for the separate state. So currently a lot of voice is appearing inside the Indian parliament like gorkhaland and Purbanchal of UP STATE also recently it was sanction by CM of UP Ms Mayawati .so it will be effect like chain to other state. Today huge Indian Nepalese are supporting to GORKHALAND. Like Indian Bengali and Indian Panjabi .since long time they are trying to unite each other one Bengaladesh and one Panjab but still not yet success. It was created by Gandhi and Nehru intelligence because when British east India company handover to them after revolution it should be clear like Pakistan but they scrapped and step to them because of pilgrim war between HINDU AND MUSLIM . So that for the time being CONGRESS I could be refuse meeting with Gynendra. But if I review all this matter we should be with Prachanda which is he strongly hit to Government of Indian by speech. This is the history for us.
Thumbs Up Thumbs Down
0
sunil khanal on 23/12/2009 17:02:00
avatar
maobadi le yasto kura garera nepali janta ko maz ma aafno chabbi aafno astitwo dau ma lagaya ko chaa well doen prachand ji
Thumbs Up Thumbs Down
0
ashok shrestha on 23/12/2009 16:42:31
avatar
prachanda le je bhane yo sahi kura ho yo MAKUNE ko sarkar lai india le banayeko ho/kahi navayeko jatra hadi gau ma bhanne yo ho .bharat le je bhanchha yesle tehi manchha .tyo OLI kati palta india gayo ,surya bahadur kati palta india gayo ,ini haru le nepal ra nepali lai bideshi ko bhariya banauna khojdaichha .aabhami le sochanu parchha india kati samma nepal ra nepali lai hepdaichha .yo MAKUNE ta india ko remote baat chalchha ni ta?
Thumbs Up Thumbs Down
0
mohan bikram tumbahangphe on 23/12/2009 15:10:58
avatar
prachanda ji harek nepali ko asha badi cha rajya ko srot party sanga huncha harek nepali pet ko lagi party pachadi hunchan bastab ma mepal ardha upanibes jadto cha purna awatantra huna lai malai lagcha arko 15-20 barsa dukha vognu parcha ma yo swikarnu tayar chu tyas karan tapaiharu le rastiyata ko lagi kura samarthan garchu tara hosiyar hunu hola kati nepali dukha ma basna sakchan.
Thumbs Up Thumbs Down
0
harka on 23/12/2009 15:03:15
avatar
Pracanda ta ramro neta jasto lageko thiyo Daka po rai6.prime minister vai sakeko man6ele boleko testai ho bhane aba veda gothalolai lagera prime minister banaunu parla jasto 6.kasto nirdai tetro manche marera pani pugena timlai ,ek din timile pani kuhiera marnu par6 jeyanmara.
Thumbs Up Thumbs Down
0
bishnu on 23/12/2009 13:58:15
avatar
Ma kasam khayar Bhanchu , yo desh baat raja phalne maobadi lagayat nepal ka Aru parti hoinan pranchda Babu timi ta Bali ko boko hau raja phaleko ta india le ho timi jasari Boldai gayaka chaau yasle timi pheri kaha kati kher baliko boko banchau ani pheri bhanchau ya malai ta india ko kunai pranta ko mukhya mantri po banaiyo.
Thumbs Up Thumbs Down
0
kumar on 23/12/2009 13:35:15
avatar
dhaka prachanda india ma gayera kura garney hoina indian neta ko khutta molne bhan na dhaka. India la jay bhanyo tai manney daka ahele sojho nepali lai dhak laucha
Thumbs Up Thumbs Down
0
ram on 23/12/2009 13:23:24
avatar
aba prachanda ni pm vayeko theyo ni tyo bela kina kai garna saknu vayena taa
Thumbs Up Thumbs Down
0
chure pariyar on 23/12/2009 12:18:23
avatar
parchand je tapaele vaneko kura ta thik ho tar jati kurle pani harut varute le sunne wala 6en aakhiri rimot control ta vannu vayo mareko dhote le 7 jana pahadiya thak6 vane jhae aakhiri ta npl ko king ta thote nai ho
ani kaha bat npli ko kura buj6 hami bides vaya pani 7di lai tayarr 6u
hamro npl aamar rahoss
Thumbs Up Thumbs Down
0
prasanna on 23/12/2009 12:07:53
avatar
mao kina bistarbadh sanga haat milauna jadhaichha. makuna chor lai goli handhai bhayo ni.
Thumbs Up Thumbs Down
0
simit on 23/12/2009 11:43:54
avatar
Malik le Nokar ko kuraa nasuni Maaovaadi sarta ke maanchha holaa. ahile ko sarakarko Malik haru lai Nepal baneko bhandaa bigrieko mai Faidaa chha.
Thumbs Up Thumbs Down
0
नवराज खड्का on 23/12/2009 11:35:36
avatar
माओवादीले ल्याएको चौथो चरणको कार्यक3म अत्यन्तै सान्दर्भिक छ । जनजागरण अभियान चलाएर जनतालाई राष्ट्रियता र नागरिक सर्बोच्चताको ज्ञान दिनु स्वागतयोग्य कुरा हो । प्रचन्डले भारतसँग वार्ता गर्ने कुरा राष्ट्रियतासँग गाँसिएको कुरा भएको ले झनै स्वागत योग्य छ । यसलाई हाल नेपाली काँग्रेस, एमाले लगायतका दलहरुले वुझपचाए पनि उनीहरुको केही बर्षपछि होस खुल्नेछ जवकी संविधानसभा र गणतन्त्रलाई पनि उनीहरुले दश बर्शपछि मात्र पचाउन सकेको इतिहास साक्षी छ ।
Thumbs Up Thumbs Down
0
saroj on 23/12/2009 11:20:55
avatar
at last prachanda declare NEWA GANARAJYA from khulla manch and also declare NEPAL AS A STATE OF INDIA from new baneshwor. SOOOO SAD..........
Thumbs Up Thumbs Down
0
sevek on 23/12/2009 11:14:59
avatar
comment lekhne sathi haruko le pahila aafno anuhar hernuhos ani sochnuhos. huna ta birodhi ko bhasa use garnu bhayeko hola. tara lekhne ra bhanne pani hamro nepali ma ramra words haru chhan. ti use garna dimag le sakchha bhane use gari aafu lai sabbhe banaunu hola. khas kura nepal ma maobadi bahek arko kunai party le des ra janatako lagi socheko chhaina. deska gaddar haru milera banayeko sarkar ho. gaddar haruko sarkarle nepali janata lai khi dina sakdaina. yo sarkar lai chhito bhanda chhito bidai garera maobadiko sarkar banauna sabaile kammar kasnai parchha. mukti ko bato yo matrai ho. aru nasochnu hola. maobad jindabad dimagko khaltima rakhera karma garnu hola mukti conform 6.
Thumbs Up Thumbs Down
0
santa tamang on 23/12/2009 11:06:47
avatar
वार्त दिल्ली म भन्ने कुर कुनै नम्रो शब्द होइन जुनखल्को हरुव हरुले चलाई रहेको कदम्लाई हेर्नेहो भने देश लाई तेतिकै पनि नचुक अबस्थमा पुकिसकेकोछ देश अहिले बेचेती म दुबिरहेकोछ जनताले चुन्नेर पढय को बेक्तितो ले खुले आम कम गर्नदियको छैन यो पनि कुनै देशमा देखेको छ योकुर अन्ध लाई पनिथह छ सैहो अब दिल्ह्ली बट्टा नै हुनुपर्छ नभय चाइना लैपनी साथ् लिनुपर्छ
Thumbs Up Thumbs Down
0
aathma on 23/12/2009 10:58:24
avatar
you sarkar katputali sarkar na bhayara ke hun chha? two two thau bata hareko jantale bahiskar gareko man chhe lok tantarik ganatantara nepal ko pardhan matiri....? yo sarkar lai bharatiya dhoti harule purna samar than chha bhanda wawa garne tara sara wan ki mun le nepal ma rastriya sarkar huna par chha bhanda baidesik hast chhep hune kasari? adi nepali ko samasya ie neta haru le garne bhaya kina bharat janthe eni haru? kina bhane ini haruko palik dilhi ma chha tesaile nokar sanga hoina aba malik sanga barta garna parchha parchanda le bhaneko kura 100% sahi chha. hijo ko khate haru rasnite ma chhere pachhi rata rat kasari dhani bhaya ghus khori kamisan khori ie neta haru lai goli thokna parchha.
Thumbs Up Thumbs Down
0
Mukhale on 23/12/2009 10:38:27
avatar
Prachanda le je bole pani HEAD LINE mai thau nadi na-hune ani arule desh ra janatako lagi je bole pani je garepani jana birodhi hune ke ho yo???
Thumbs Up Thumbs Down
0
sajan rai on 23/12/2009 09:53:03
avatar
mao ko yo bhanai ramro haina yasle pratakshya bideshi hastakhsepko kura gareko chha yo kura barta bata haina hamile sabgathit bhayera garnu aprchha yadi dilli nai malik ho bhane hami dilliko apman sahera basna sakdainau baru nalapaniko yudda ladna tayar hhau.tara dilli sanga barta garne echchha nikalnu prachandako ramro bani haijna kaatarpan ho .baru devkota g ko party pravesh bhane ramro lagyo.
Thumbs Up Thumbs Down
2
sailendra on 23/12/2009 09:44:31
avatar
ohe prachanda talai laj lagdaina, nepal ko sovereignty india ma chha bhanda, nepal ko satta india ma chha re ani tehi dhoti haru sanga dilli ma gayera ghuda tekera satta magera pheri moj garumla bhanne bichar, sungur lai ghee napachejasto satta chodera hidne ani pheri pagal jastai lajpachako kura garne, maobadi le ta aba nepal lai india ko state ko rum ma po herna thalechha, kasto durbhyagay nepali ama ko saput bhaneko ta kaput po rahechha
Thumbs Up Thumbs Down
0
nayan on 23/12/2009 09:22:58
avatar
thuikka prachanda laaz kaha pachyo.aafu satta ma basda delhi le jata ghumayo ghumyau aba satta bata bahira niskiepachhi aba delhi dalal bhayo hoina.hoina yi maobadi ka neta haru lai kahile buddi auna ho bhaneko yini haru 8 mahina ma satta ma basi desh ko khoon chusera masti gare aba satta napauda baulauna bhaee.hoina ho nepal ka satta pachya ka neta haru yeso 1-2 mahina lai bhaee pani yini haru lai satt dina milchha bhane dinu paruo yini haru theek hunchhan ki.
Thumbs Up Thumbs Down
1
prachanda pokharel surkhet on 23/12/2009 09:16:57
avatar
प्रचन्ड को अभिबेक्ती झत्ट सुन्दा राष्ट्रियताको अपमान गरेजस्तो देखिय्पनी वास्तवइक्तालाई नलुकाइ जसरी उनका बिचार प्रकट भय यस्लाई अनयथा लिन जरुरी जस्तो लाग्दैन । कती दिन जनतालाई ढातेर गुम्राहामा राख्न सकिनछ । प्रचन्ड काम्रेद उठाउनु भयका मुदा जायज छ न बिचलित नभै लग्नुहोस् आबसेक्ता परे रगत को होली खेल्न हामी तयार छ यू ।
Thumbs Up Thumbs Down
9
arnav on 23/12/2009 08:57:56
avatar
thukka ekchoti prime minister bhayeko manche le boleko shame on u.janata lai kati jhuto bolna sakeko hamilai nai laaz lagne gari. hoina tapai jasto manche ko yesto soch ?
Thumbs Up Thumbs Down
-25
jay on 23/12/2009 08:44:50
avatar
kate vhor haru
Thumbs Up Thumbs Down
1
Indra Dev Rai Pandhare now Mozambique on 23/12/2009 07:51:02
avatar
Aba bhane balla Maoistle kura bujhe6.Sattako sacho ta dilli sanga nai 6 bhanera!Pahila nai yo kura thaha payako bhaya satta bata hat dhunu parne nai thiyanani!Akhir dilli bina nepalka netaharuko sas nai banda hune nai bhako rahe6.Aba rajdhani dillki bhannu matra baki bhayo.
Thumbs Up Thumbs Down
-1
Bibash Nepali on 23/12/2009 07:50:44
avatar
............Parchanda babu tapai paniDelhi malik ho bhanee kura ma dhukka hunuhunchha bhanee yee ra yasta aanak tandav machhyara tee gharib ra aanak karan le peedat lai bhadkayara yo tandav machayako tei lakhu ko oochchhyan ma sutna lai ho ?
sorry ma tapai jasto rajnitik ka saphal khaladi tapai bahnera samman garera bolauna sakdeena keena ki samman bhaneko bhtra bata aayako ramrro bhane ma teemaeu lai kasari sammanjanak shabada paryog garna sakchhu keena ki mear nazar ma teemaru sab udush hau ra dosee hau !
Mr ............... parchanda teemeeharu ko sakali rupa lai dekera pharee teo samarthan ma lagera jatabata batas chhalo uatai pharkera shawartha lutne haru le talee pani bajaya holan hoi?
samajik dosee lai teeka layara sangthan bistar garne le matra aaru lai dos layara matra aafu nirdos chhu bhanera parman deene paryas garnu bhanda aaru lagga aaru ke huna sakchha aaihile thula hukar chodnu bhanda tee aakranta berojghar shakti lai durupyoug garera aanak tandav machhayara matra dosaropan garera pad shakti wa satta ko lagi aaljhanu bhanda .............................
parchanda babu naramro sanga mauka lai chukayau ra aaba patan ko sangar ma pughau ,matra pad shakti ra satta ko lagi jaha pugera bharastachhar garera aaanak tandav machhauna payeenchha tesko lagi bato ma jas le ra jasta le samarthan gare pani hunchha bhanera aabir bokera dobato ma uvne .............. ko malik sanga kura garna jane ................ lag pachheko.................................





bibash.nepali@yahoo.com
Thumbs Up Thumbs Down
0
Ramji Balami,rbalami2008@gmail.com on 23/12/2009 07:44:47
avatar
Kura ta sahi ho but aafu sarkar ma gaya pachhi feri india kai chaplusi gare bhane janatale k bhanlan kamred bichar garnus,natra india le nepali mathi diyako dukha bujheko ma thanks.
Thumbs Up Thumbs Down
2
deshbhaktanepali on 23/12/2009 07:35:52
avatar
Good yo chor dhoti lai sabk dinai parcjja keep it up Maobadi....
Thumbs Up Thumbs Down
32
anjan on 23/12/2009 06:50:37
avatar
Dear Prachanda jee, Kasto laaz pache ko kura gareko. Euta Nepali Leader le garne kura yestai ho?? Nepali Janta le timi mathi kati thulo aasa gareka thiye ra chhan tara yesta bhasan le k buzne?? Hamlai lage ko thiyo Mao badi le kehi garla bhane ra sab mithya bhayo. Je bolda pani hunchha bhane ra bole ko ki k ho? Yo bhanai le lepal k ho bhanne buzau na khoje ko ki sidhai India lai Aaija Nepal Ma raaj Gar Ani Je garna maan lagchha gar, & laija bhanna khoje ko ho???

K Nepal ko astitwo Metau na lai lagi pari ye ko ho ki k ho?
Thumbs Up Thumbs Down
1
total: 32 | displaying: 1 - 32

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?