श्रीमान्को यातनाबाट पीडित महिला सदरमुकाममा
बाग्लुङ, २६ पुस : श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी गौस्वारा-४, म्याग्दीकी ३१ वषर्ीया शोभा थापा क्षेत्री ज्यान बचाउन डेढ वषर्ीय छोरो च्यापेर बाग्लुङ सदरमुकाम आएकी छिन् । श्रीमान् मनबहादुर थापाको कुटाइबाट अचेत भएकी शोभा होस खुलेपछि घरबाट भागेर बाग्लुङ बजार आएकी हुन् ।
श्रीमान्ले चिरपट प्रहार गरेपछि देब्रेखुट्टाको गोलीगाँठोमा गहिरो चोट लागेकी शोभा हिँड्नसमेत सक्ने अवस्थामा छैनन् । उनी गाउँलेको सहयोगमा जिप चढेर बाग्लुङ बजार आएकी हुन् । शोभालाई बजारवासीले रिक्सा चढाएर उपचारका लागि धौलागिरि अञ्चल अस्पताल पठाएका छन् । श्रीमान्को कुटाइबाट शोभाको अनुहार र शरीरका विभिन्न भागमा नीलडाम छन् ।
'शनिबार बिहान घर पोत्दै थिएँ, मेरो सम्पत्ति सबै सकिस् भन्दै श्रीमान्ले चिरपट प्रहार गरे,' धौलागिरि अञ्चल अस्पतालको शय्याबाटै शोभाले भनिन्, 'प्रहारबाट बेहोस बनेकी रहेछु, होस खुलेपछि ज्यान जोगाउन बाग्लुङ आएँ ।' साना-साना कुरालाई ठूलो बनाएर श्रीमान्ले चार वर्षदेखि सधैँ पिट्ने गरेको उनले बताइन् । शोभाले भनिन्, 'रक्सी सेवन गरी सधैँ मानसिक र शारीरिक यातना दिन्छन् ।'
रातदिन श्रीमान्को कुटाइ र यातना सहनुभन्दा होटलमा भाँडा माझेर आफू र छोरोलाई पाल्ने उनले बताइन् । 'यो ज्यान ढुंगा, फलाम त होइन नि, कतिञ्जेल श्रीमान्को कुटाइ खाने र यातना सहने,' उनले भनिन् । शोभाले जीवनरक्षाका लागि पहल गरिदिन महिला अधिकारकर्मीसमक्ष अपिलसमेत गरेकी छिन् ।
'एक दिन त श्रीमान् सुधि्रएलान् भनेर यातना सहिरहेँ,' उनले भनिन्, 'माइतबाट के ल्याएकी छेस् र भन्दै श्रीमान्ले यातना र ज्यान मार्ने धम्की दिएपछि घर छोड्न बाध्य भएँ ।' शोभाका चार छोरा र एक छोरी छन् ।
पीडित महिलालाई अहिले अस्पतालबाट महिला विकास कार्यालयअन्तर्गतको अल्पकालीन महिला सेवाकेन्द्र बाग्लुङमा ल्याइएको छ । केन्द्रका प्रमुख शर्मिला थापाका अनुसार शोभालाई सात दिनसम्म खान-बस्नको व्यवस्था गरिनुका साथै कानुनी उपचार खोजिनेछ ।



del.icio.us
Digg
परिवार को लागी केही गरेर देखाऊ
ससुरालिको धन ताकने होइन मित्र
आफ्नै हतले केही गरेर देखाऊ /
तब बनीन छ बहादुर श्रीमति कुटेर होइन......?
Post your comment