Newsletter
Email:
Home | देश | दलितका माग पूरा गर्ने आश्वासन

दलितका माग पूरा गर्ने आश्वासन

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, ११ माघ

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले दलितका अधिकार र मागका विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरी सहमति जुटाउने आश्वासन दिएका छन् ।

विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन प्रचण्डनिवास नयाँबजार पुगेका सात दलित संगठनको साझा संयन्त्रका प्रतिनिधिलाई प्रचण्डले आफ्नो पार्टी दलित अधिकारका पक्षमा संवेदनशील रहेको बताए ।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग उनले 'दलित मागप्रति पूर्ण समर्थन रहेको' जानकारी दिए । उनले संविधानसभामा पनि माग पूरा गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

'माओवादीले विगतदेखि नै दलित अधिकारका पक्षमा आवाज उठाएको हो,' प्रचण्डले भने, 'नयाँ संविधानमा पनि दलित अधिकार सुनिश्चित गर्न हामी संवेदनशील छौँ ।'

ज्ञापनमा नयाँ संविधानमा क्षतिपूर्तिबापत समानुपातिक प्रतिनिधित्वमा १० प्रतिशत दलित अधिकार सुनिश्चित गर्नुपर्ने, वैज्ञानिक भूमिसुधार लागू गरी दलित सुकुम्बासीलाई प्राथमिकताका आधारमा जग्गा वितरण गर्नुपर्ने, जातीय विभेदलाई राज्यले गम्भीर सामाजिक अपराधका रूपमा लिनुपर्ने, दलित आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्नेलगायत माग समेटिएका छन् ।

संयन्त्रमा आबद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, मुक्ति समाज, नेपाल दलित संघ, जातीय समता समाज, उत्पीडित जाति उत्थान संघ (एकीकृत), नेपाल सद्भावना दलित संघ र नेपाल राष्ट्रिय दलित केन्द्र आबद्ध छन् । ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाइसकिएको र अन्य राजनीतिक दलका प्रतिनिधिलाई पनि बुझाइने मोर्चाका अध्यक्ष तिलक परियारले जानकारी दिए ।

Subscribe to comments feed Comments (7 posted):

Kamali from Germany on 26/01/2010 15:15:20
avatar
Yo sarai ramro kura ho. Sano jat ra thulo jat bhanera chuttaune anpadh ra jangali sobhab ho. Yo Prithibi ma janmeka sabai manish haru Autai hun. Sabai ka Ragat rato cha.
Thumbs Up Thumbs Down
0
Kamali from Germany on 26/01/2010 15:09:29
avatar
Yo dherai jaruri ra ramro Kura ho. Sabai ka ragat rato cha ani sabai jana 9 mahina Ama ko Pet ma rahera janmeka hau tesaile yo Prithivi ma janmeka sabai manche haru Eutai hun. Thulo jat ra Sano jat bhanera bhed bhawa garnu anpadh ra Jangali sobhab ho.
Thumbs Up Thumbs Down
0
p on 26/01/2010 14:32:35
avatar
Prachanda do not think about DALIT right and never do. People can understand by now looking at Mr Dahal's action deviding the country by JATIYA states. Does it help to those who are DALIT ? NO !
Thumbs Up Thumbs Down
0
raja babu on 26/01/2010 11:44:00
avatar
ईतिहास ले पटक पटक क्षमा गर्दैन ,किनकी नेपाली जनताले धरै दु:ख पाइ सकेछन ,१५०० को ज्यान गाई सकेको छ त्यती हुँदाहुँदै पनि संबिधानसभामा भोट दिएर ठुलो पार्टी बनाएका छन तर त्यो मत को अबमुल्यन गर्दै माओवादी ले अझै जनता लाई दु:ख दिने काम गरी रहेको छ ,निर्वाचन बाट ठुलो पार्टी भएर सरकार मा गये पनि कुनै उल्लेखनिय काम नगरि उल्टै सत्ता को मात लागेर जुन काम गर्नु पर्ने हो त्यो नगरि अन्ट शन्ट काम गर्न थालेर आँफै सत्ता बाट भग्यो अहिले आएर फेरी नागरिक सर्बोच्चताको नाम मा सत्तामा पुग्न को लागि अनेकौ नाटक मंचन गरी आन्दोलन को बहना गरिरहेको छ ,अरुलाई बिदेसी प्रभु भन्ने आँफै कहिले चाइना त कहिले हङ्कङ चाहर्दै बिलौना गाउदै हिड्दैछन कसैको आसिर्बाद मिल्छ कि भनेर , अनी सबै माओवादी नेता हरु अती असभ्य भाषा मा भाषाण गर्दै हिड्छन जुन भाषा नेता को मुख बाट बोल्न सुहाउदैन ,सत्तो सराप गर्दैमा कसैले टिका लगाएर सरकार जिम्मा लगाउदैन ,सर्कार चलाऊन पनि त्यती सजिलो छैन संसार सँग मेल खाने काम र कुरा गर्नु पर्छ जङलमा आफ्न कार्यकार्तालाई फौजी सैलिमा निर्देशान् छाटे जस्तो मात्रै हुँदैन कसले प्रती प्रश्न गर्ने आफ्ना कार्यकार्ताले त बोल्यो कि नजरबन्द हुने एउटा पिन्जदा भित्र भएको सुगा ले के गर्न सक्छ जे बकायो त्यही न बकेर ,त्यस्तैगरि आफ्न कार्यकर्ता लाई निर्देशन् दिने नेता ले सबैले त्यही पलना गर्छन् कि भन्ने लागेको थियो होला तर कहाँ हुने हो त्यस्तो। अपरिपक्कता को उधाहरण त्यही हो ,सिद्दान्त लेख्न र पढ्न जती सजिलो हुन्छ तर त्यसलाई पालना गर्न सयौ गुना गर्हो हुन्छ । त्यसैले प्रभाकर जि ले भने जस्तै जनताले एक पटक मौका दिएका थिए तर फेरी यस्तो मौका दिने छैनन र म के अनुरोध गर्न चाहन्छु भने १० बर्षा मा बन्दुक पड्काउन परिपक्क हुनु भयो भने अब १० बर्षा कोशीस गर्नुस् सत्ता चलाऊने बल्ल सक्षम हुनुहोला तर घमन्ड र अहन्कार त्यागेर अल्पमत लाई पनि सम्मान गर्नुस कसैलाई हरुवा र जितुवा नबनाउनुस किन कि ती हरुवा पनि नेपाली जनता नै हुन्छन १०० मा ५१ जितुवा हुन्छ भने ४९ हरुवा हुन्छ होला तर के त अब ४९ को चाँही अस्तित्व नै समाप्त भएको त हुँदैन होला माओवादी को भाषामा सानो र थोरै हरुवा हुन्छ भने अल्प सन्ख्यक जाती ,बर्ग,समुह को मुद्दा बोकेर हिंड्ने हरु ले के तिनिहरुको अस्तित्व बच्चाउन सक्लान त ? त्यसैले आफ्नो बोली र व्यबहार सच्याउन आग्रह गर्दछु ।
Thumbs Up Thumbs Down
0
manu on 26 /01 on 26/01/2010 11:11:14
avatar
maobadi le dalit ko mudda lai bewast garyo bhane again andolan hunecha maobadi ko birudda kinaki sabai dalit lai timi haru ko mudda lai hami atma sath garchau bhanera banduk bokayako cha jana yudda ma sabai bhanda dhrai ragat dalit ko nai bage ko cha so that don't forget
Thumbs Up Thumbs Down
0
krishna on 26/01/2010 09:12:58
avatar
maobadi prachandali yo kura pura garnu bhayko bhane jantali nai uhalai feri sarkarma basaunu chhan
Thumbs Up Thumbs Down
0
rb on 26/01/2010 08:46:05
avatar
great job keep it up
Thumbs Up Thumbs Down
0
total: 7 | displaying: 1 - 7

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?