Newsletter
Email:
Home | देश | हरेक वर्ष बढ्दै छन् मुटुरोगी

हरेक वर्ष बढ्दै छन् मुटुरोगी

Font size: Decrease font Enlarge font

नयाँ पत्रिका

काठमाडौं, १४ माघ

हरेक वर्ष मुटुका समस्या लिएर अस्पताल पुग्ने नयाँ बिरामीको संख्या बढ्दै गएको सहिद गंगालाल हृदय केन्द्रले जनाएको छ ।

सन् २००९ मा अस्पतालको बहिरंग सेवामा अघिल्लो वर्षभन्दा २६ प्रतिशत बढी बिरामीले मुटुको परीक्षण गराएको अस्पतालले जनाएको छ । त्यस्तै क्याथ ल्याबलगायतका उपचार गराउने बिरामीको संख्या पनि सन् २००८ को तुलनामा १९ प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ । क्याथ ल्याब बन्द भएको मुटु चलाउने साँघुरिएको भल्ब खुलाउनेलगायतको सेवा हो ।

त्यस्तै अघिल्लो वर्षभन्दा १० प्रतिशत बढी बिरामीलाई शल्यक्रिया सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । त्यस्तै आर्थिक वर्ष ०६५/६६ मा पेइङ सेवामा ५० प्रतिशतले बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।

गत आर्थिक वर्षमा सहिद गंगालाल अस्पतालबाट ११ हजार ९ सय ४३ जनाले पेइङ सेवा लिएको अस्पतालले जनाएको छ । आर्थिक वर्ष ०६४/६५ मा पेइङ सेवा लिने बिरामीको संख्या सात हजार नौ सय ५४ रहेको अस्पतालले जनाएको छ । त्यस्तै संख्याका हिसाबमा उपचारका लागि अस्पताल आउने बिरामीमा महिलाभन्दा पुरुषको संख्या बढी छ । अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा उपचारका लागि अस्पताल आएका बिरामीमध्ये ५४ प्रतिशतभन्दा बढी पुरुष छन् । सो आर्थिक वर्षमा अस्पतालको जनरल सेवा लिनेमा पुरुषको संख्या ४२ हजार एक सय ४१ छ भने महिलाको संख्या ३७ हजार तीन सय ३३ छ ।

त्यस्तै पेइङ सेवा लिने पुरुषको संख्या सात हजार दुई सय ५६ छ भने चार हजार ६ सय ८७ जना महिलाले मात्र पेइङ सेवा लिएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्ष ०६४/६५ मा उपचारका लागि आएका बिरामीमा ५३ प्रतिशत पुरुष छन् । सो आर्थिक वर्षमा अस्पतालबाट जनरल सेवा लिने पुरुषको संख्या ३६ हजार पाँच सय ७३ छ । त्यस्तै पेइङतर्फ चार हजार सात सय ६८ जना पुरुषले सेवा लिएका छन् । त्यस्तै ३२ हजार नौ सय ३७ महिलाले जनरल र तीन हजार एक सय ८६ महिलाले पेइङ सेवा लिएको अस्पतालले जनाएको छ ।

त्यस्तै सन् २००९ मा शल्यक्रिया सेवा पनि अघिल्लो वर्षभन्दा १० प्रतिशतले बढेको अस्पतालले जनाएको छ । सन् २००९ मा सहिद गंगालाल अस्पतालले १४ सय आठ बिरामीको मुटुका विभिन्न प्रकारका शल्यक्रिया गरेको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?