Newsletter
Email:
Home | देश | एमालेको निर्णय नकुर : खनाल

एमालेको निर्णय नकुर : खनाल

Font size: Decrease font Enlarge font
image

काठमाडौं, १४ साउन : एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री निर्वाचनमा आफूलाई मत दिने सपना देखेर एमालेको निर्णय नपर्खन माओवादी र कांग्रेसका उम्मेदवारलाई सुझाब दिएका छन् । उनले बहुमतीय सरकारलाई मतदान नगर्ने निर्णयमा एमाले चट्टानझैँ उभिने पनि बताए ।

'एमालेले भोट दिन्छ भनेर तपाइर्ंहरू सपना देखेर कुरिरहनुभएको छ भने त्यस्तो सपना नदेख्नुस्,' पार्टीनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा खनालले भने, 'झन्डै दुई तिहाइ मतको समर्थन पाएर पनि उम्मेदवारी फिर्ता गरेको एमाले बहुमतीय सरकारका लागि मतदान गर्दैन ।'

खनालले दुवै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर सहमतिबाट प्रधानमन्त्री चयनमा लाग्नसमेत सुझाब दिए । उनले भने, 'तपाईंहरूले दुई-दुईवटा चुनावमा बहुमत ल्याउन सक्नुभएन, अब सहमतिमा सरकार बनाउन बाटो खोल्नोस्, आफ्नो उम्मेदवारी फिर्ता लिनोस् ।'

दुई तिहाइ सभासद्को समर्थन नपुगेको भन्दै प्रधानमन्त्रीका लागि भएको पहिलो निर्वाचनमा खनालको उम्मेदवारी फिर्ता लिँदै एमालेले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको थियो । एमाले कुनै पनि हालतमा बहुमतीय सरकारमा सामेल नहुने पनि खनालले ठोकुवा गरे ।

'दुई-दुईवटा बहुमतीय सरकारले शान्ति र संविधानको कार्यभारलाई पूरा गर्न सकेन,' अध्यक्ष खनालले भने, 'फेरि बहुमतीय सरकार नै बनाएर संविधान निर्माण गर्ने बाँकी १० महिना खेर फाल्न एमाले तयार छैन ।' प्रक्रिया बहुमतीय भए पनि मुख्य राजनीतिक शक्तिहरू भएको सहमतीय सरकार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?