Newsletter
Email:
Home | देश | एमबिबिएस पढ्न विदेशी विद्यार्थी नेपालमा

एमबिबिएस पढ्न विदेशी विद्यार्थी नेपालमा

Font size: Decrease font Enlarge font
image

काठमाडौं, १३ साउन : त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर खस्केको आरोप लाग्ने गरेको छ । तर, त्रिविमै अध्यापन गराइने कुनै विषय पढ्न विदेशी विद्यार्थीसमेत नेपाल आउने गरेका छन् 

त्रिवि योजना महाशाखाका अनुसार चिकित्साशास्त्र संकाय र मानविकी संकायमा विदेशी विद्यार्थी अध्ययनरत छन् । विदेशबाट नेपालमा पढ्न आउने विद्यार्थी संख्या बढ्दो रहेकोसमेत महाशाखाले जनाएको छ 

महाशाखाका अनुसार ०६७ मा मात्र चिकित्साशास्त्रमा मात्रै ५८ जना विदेशी विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यसमध्ये दुईजना अमेरिकन विद्यार्थी एमबिबिएसमा अध्ययनरत छन् । नेपालीलगायत अन्य भाषाका ३७ जना विदेशी विद्यार्थीले अध्ययन गरिरहेका छन् 

हाल त्रिविमा आठ देशका विद्यार्थीले एमबिबिएस, एमडी/एमएस पढ्दै छन् । सबैभन्दा बढी माल्दिभ्सका ३१ जना विद्यार्थी चिकित्साशास्त्र संकायमा अध्ययनरत छन् । अमेरिकाबाहेक श्रीलंकाका १०, इस्ट इन्डियाका दुई, पाकिस्तानका चार, न्युजिल्यान्डका एक, माल्दिभ्सका ३१, भुटानका चार र बंगलादेशका चारजना विद्यार्थी एमबिबिएस, एमडी/एमएस तहमा अध्ययनरत छन् । एमबिबिएस पढ्ने ४१ र एमडी/एमएस पढ्ने १७ जना रहेको त्रिवि योजना महाशाखाले जनाएको छ 

यसैगरी मानविकी संकायअन्तर्गत विभिन्न भाषा पढ्ने ३७ जना विदेशी विद्यार्थी छन् । तीमध्ये दुईजना अमेरिकाका छन् । विभिन्न भाषा अध्ययनका लागि अमेरिकाबाट दुई, स्पेनका एक, श्रीलंकाका सात, फिलिपिनी एक, पाकिस्तानी एक, माल्दिभ्सका एक, कोरियाका ११, जापानका पाँच, जर्मनीका दुई, चीनका एक, बंगलादेशका तीन, अस्ट्रेलियाका दुई गरी १२ देशका विद्यार्थी मानविकी संकायमा अध्ययनरत छन् 

त्रिवि योजना महाशाखा प्रमुख प्रह्लाद पन्तले चिकित्साशास्त्रमा पढ्न आउने विदेशी विद्यार्थीको संख्या हरेक वर्ष बढ्दो रहेको बताए । पन्तले भने, 'त्रिविको आइओएममा पढाइ राम्रो र शुल्क सस्तो भएकाले विदेशी विद्यार्थी आकषिर्त भएका हुन् ।' नेपालमा ५० हजार डलरमा एमबिबिएस पढ्न सकिने र अमेरिकामा कम्तीमा एक लाख डलर लाग्ने पन्तको भनाइ छ 

हाल विनाआकर्षक कार्यक्रम पनि विदेशी विद्यार्थी आइरहेको महाशाखा प्रमुख पन्तले बताए । उनका अनुसार त्रिविले आगामी दिनमा राम्रो योजना बनाएर विदेशी विद्यार्थी नेपालमा भित्र्याउने लक्ष्य राखेको छ 

'प्रमाणपत्र तह हुँदा उच्च शिक्षामा नयाँ कार्यक्रम ल्याउन सकेका थिएनौँ,' पन्तले भने, 'अब योजनासहित व्यवस्थित ढंगले विदेशी विद्यार्थी ल्याउनेतर्फ पनि लाग्छौँ ।' त्रिविबाट प्रमाणपत्र तह हटाउन मुख्य तीन विद्यार्थी संगठनले सहमति दिएपछि उच्च शिक्षामा त्रिविले नयाँ-नयाँ कार्यक्रम ल्याउने उनको दाबी छ । प्रमाणपत्र तहका नर्सिङ, इन्जिनियरिङ र बन विज्ञानका कार्यक्रम भने तत्काल खारेज नगर्ने सहमति भएको छ 

त्रिविबाहेक अन्य विश्वविद्यालयमा समेत विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन् । अरू विश्वविद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीको यकिन तथ्यांक भने छैन । काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्रमा पनि विदेशी विद्यार्थी अध्ययनरत छन् 

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
4.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?