सहायक वन अधिकृत निलम्बित
सप्तरी/ बकधुवा-२ छप्पकीबाट दुई साताअघि काठ तस्करी गर्ने समूहका नाइके इलाका वन कार्यालय कञ्चनपुरका सहायक वनअधिकृत आनन्द साह निलम्बनमा परेका छन् । गत १० असारमा 'तस्करले गरे राजमार्गमा चक्काजाम' शीर्षकमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि गठित छानबिन टोलीको प्रारम्भिक अनुसन्धानपछि अधिकृत साह निलम्बनमा परेका हुन् । जिल्ला वन कार्यालय सप्तरीले रेञ्जर सिंहेश्वर यादव र दिनेश यादव तथा जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी रामविलास राय यादव, प्रशासनका प्रशासकीय अधिकृत देवनारायण यादव, निमित्त जिल्ला वनअधिकृत अशोक रहेको छुट्टाछुट्टै छानबिन समिति गठन गरेको थियो । दुवै टोलीको प्रारम्भिक छानबिनपछि साह निलम्बनमा परेका हुन् । टोलीको अनुसन्धानका क्रममा रेञ्जर साह काठ तस्करीमा संलग्न पाइएकाले वन ऐनअनुसार निलम्बन गरेको सप्तरीका वनअधिकृत इमाउद्धिन अन्सारीले बताए । इलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रहरीटोलीले रेन्जर साहको मिलोमतोमा ना१ख ८५२४ नम्बरको ट्रकमा चोरी निकासी गर्न लागिएको करिब पाँच लाख मूल्यबराबरको साखु र अन्य जातका एक सय ५३ थान काठ दुई साताअघि बरामद गरेको थियो । छोटकरी समाचार विश्वविद्यालय माग महेन्द्रनगर/ सुदूपश्चिमाञ्चल क्षेत्रमा विश्वविद्यालय स्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । प्रस्तावित सुदूरपश्चिममाञ्चल विश्वविद्यालय संयुक्त विद्यार्थी संघर्ष समिति कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्न सरकार गम्भीर नभएको ज्ञापनपत्रमा उल्लेख छ । देशका चारवटा विकास क्षेत्रमा विश्वविद्यालय स्थापना भइसकेको छ । ज्ञापनपत्रमा विगतमा गठित कार्यदलले बुझाएका प्रतिवेदन कार्यान्वयन गरी विश्वविद्यालय स्थापनाको घोषणा गर्न माग गरिएको छ । दुर्घटनामा मृत्यु महेन्द्रनगर/ झलारी-७ का कृष्ण पार्कीको शनिबार जिपको ठक्करबाट मृत्यु भएको छ । झलारीबाट धनगढी जाँदै गरेको से१च ३२९ नम्बरको जिपले उनलाई ठक्कर दिएको प्रहरीले बताएको छ । विद्यार्थी सम्मानित काठमाडौं/ भिएस निकेतन स्कुलबाट एसएलसी उत्तीर्ण दुई सय ५० विद्यार्थीलाई सोही कलेजका विद्यार्थीले शनिबार सम्मान गरेका छन् । सो अवसरमा कलेजका संस्थापक पि्रन्सिपल डा. बाबुराम पोखरेलले एसएलसी उत्तीर्ण विद्यार्थीलाई ११ कक्षामा निःशुल्क भर्ना लिनुका साथै ५० जना विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति दिने घोषणा गरे ।



del.icio.us
Digg
Post your comment