Newsletter
Email:
Home | देश | कपालबाट सोलार

कपालबाट सोलार

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ उच्चमाध्यमिक तहमा अध्ययनरत दुई युवाले कपाल प्रयोग गरी सोलार बनाएका छन् । राजधानीको टि्रनिटी इन्टरनेशनल कलेज कक्षा १२ मा अध्ययनरत मिलन कार्की र हरिहर अधिकारीले मानिसको कपाल प्रयोग गरी सोलार बनाएका हुन् ।

उनीहरूले बजारमा बिक्री भइरहेका सोलारमा प्रयोग गरिने सिलिकन र सेलिनियमको ठाउँमा कपाल प्रयोग गरी सोलार बनाएको दाबी गरेका छन् । कार्की र अधिकारीसहित कलेजको साइन्स एन्ड टेक्नोजोली गुल्डका विद्यार्थीले मानव कपाललाई कुचालकका रुपमा प्रयोग गरी सोलार बनाएको मंगलबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्कीले कक्षा ९ देखि नै कपालबाट सोलार बनाउने प्रयास गरेको र अन्ततः सफल भएको बताए । उनीहरूले ३ हजार खर्च गरेर ८ भोल्ट १८ वाटको सोलार विकास गरेका छन्, जसबाट युपिएसको ब्याट्री चार्ज गर्न सकिने दाबी उनीहरूको छ । उनीहरूले ऊर्जा संकट समाधानमा यस्तो प्रविधिको व्यावसायिक उत्पादन गर्न सकिने दाबीसमेत गरेका छन् ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव शंकर कोइरालाले समस्याले नै समाधानका अनेक विकल्पको खोजी हुने बताए । उनले सो प्रविधिको थप खोज अनुसन्धानका लागि सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने आश्वासन समेत दिए ।

Subscribe to comments feed Comments (4 posted):

anitashrestha on 03/02/2010 09:06:55
avatar
Thanks a lots of your goodwork do better in comig day .
Thumbs Up Thumbs Down
0
Yklo pradesa mailo on 08/07/2009 11:40:35
avatar
mamy -many thanks for your work
Thumbs Up Thumbs Down
0
ramesh on 08/07/2009 05:09:30
avatar
yesta nava scientiest harulai rajyako tarfabata aabazyak sahayog, motivation garinu pardachha. rfjyale wasta nagarema yi prativa palayan hune chha. sabailai chetana vaya.
Thumbs Up Thumbs Down
0
on 08/07/2009 04:55:31
avatar
thanks a lots my kids. do better then this
Thumbs Up Thumbs Down
0
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?