झाडापखाला नियन्त्रणबाहिर
कर्मचारी गाउँ जान छाडे
नयाँ पत्रिका जाजरकोट, २४ असार जाजरकोटमा गत तीन महिनादेखि फैलिएको झाडापखाला नियन्त्रणभन्दा बाहिर गएको छ । झाडापखालाले महामारीको रूप लिँदै गएपछि सरकारी कर्मचारी गाउँ जान छाडेका छन् भने अन्य जिल्लाबाट समेत मान्छेको आवतजावत बन्द भएको छ । जाजरकोटमा दिनहुँ झाडापखालाका बिरामी बढ्दै गएका छन् । झाडापखालाबाट अहिलेसम्म पाँच दर्जनभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ भने ६ हजार बढी गाउँले बिरामी परेका छन् । अधिकांश बिरामीको अवस्था चिन्ताजनक छ । जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले मर्नेहरूको संख्या यकिन गर्न सकेका छैनन् । महामारी नियन्त्रणबाहिर गएपछि सरकारी तथा अन्य कामको सिलसिलामा सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारी गाउँ जान छाडेका हुन् । ती संस्थाले गाउँमा कार्यरत आफ्ना कर्मचारीलाई सदरमुकाम बोलाइसकेका छन् । कर्मचारी गाउँमा महामारीको डरले स्वास्थ्य सुरक्षाका लागि सदरमुकाम आउन थालेका हुन् । गाउँमा खटिएका एक दर्जनभन्दा बढी कर्मचारीलाई नै झाडापखाला लागेपछि उनीहरू सदरमुकाम फर्किएका हुन् । झाडापखालाबाट लह-८ का ५५ वषर्ीय बाबुबहादुर खड्का र २५ वषर्ीय छोरा कालीबहादुर खड्का, ढिमे-२ मा २५ वषर्ीया आमा गौरी नेपाली र ६ वषर्ीया छोरी कालिका नेपालीको ज्यान गएको छ । मजकोट-४ का ३० वषर्ीया रूपा खड्का, पुन्मा-१ का ४८ वषर्ीय तीर्थ शाही र कार्ताग-४ का ६० वषर्ीय कुमार बस्नेतको बुधबार दिउँसो मृत्यु भएको छ । अहिलेसम्म जाजरकोटमा झाडापखालबाट मर्नेको संख्या ७१ पुगेको छ । विकट गाउँमा महामारीको प्रकोप बढे पनि अहिलेसम्म स्वास्थ्यकर्मीको टोली र औषधी पुगेको छैन । ती गाउँमा बिरामीको औषधीउपचार नै नपाएर मृत्यु भएको मजकोटका स्थानीय सुरेन्द्रबहादुर सिंहले बताए । पछिल्लो चरणमा जिल्लाको ३० वटै गाविसमा झाडापखालाको प्रकोप बढेको भए पनि बढी प्रभावित कोर्ताग, लह, पुन्मा, मजकोट, ढिमेलगायतका रहेका छन् । अहिले माहामारीका बिरामीहरू जिल्ला अस्पताल, स्थानीय स्वास्थ्य संस्था र निजी मेडिकलहरू उपचारका लागि खचाखच भरिएका छन् ।
सरकारी उदासीन : इन्सेक इन्सेकका अनुसार जाजरकोटका ३० गाविसमध्ये २१ गाविसमा झाडापखाला फैलिएको छ । सक्लाका नौ, रोकायगाउँका ६, नायकवाडाका तीन, रामीडाँडाका तीन, पुन्माका सात, कार्कीगाउँका एक, झाप्राका दुई, भगवती गाविसका तीन, लहाका चार, पजारुका एक, सुवानाउलीका १६, कात्तेडिङका दुई, थालारैकरका दुई, जुंगाथापाचौरका एक, साल्माका पाँच, गर्खाकोटका चार, अछिनीका दुई, टालेगाउँका दुई, दसेरा गाजिसका एक गरी ७४ र साल्मा, पुन्मा, सुवानाउली, झाप्रा र कार्किगाउँ गाविसमा थप १४ जनाको ज्यान गएको छ । रोगको प्रकोप जाजरकोटका छिमेकी जिल्ला दैलेख, सुर्खेत र सल्यानमा पनि फैलिएको इन्सेकले जनाएको छ । सुर्खेतको घोरेटाका दुई, दैलेखको कटीका एक, जगन्नाथका दुई, सल्यानको मुलखोलाका एक र स्युकोटका चारजनाले ज्यान गुमाइसकेका छन् । सरकार सर्वसाधारणको स्वास्थ्य र जीवनको अधिकारप्रति गम्भीर नभएको र हालसम्मको सरकारी प्रयास पर्याप्त र प्रभावकारी नभएको इन्सेक नेपालगन्जका भोला महतले बताएका छन् ।
बाँके/ सरकारी उदासीनताका कारण झाडापखालाबाट जाजरकोटमा ८८ जनाको मृत्यु भएको ठहर इन्सेकले गरेको छ । वैशाखको अन्तिम सातादेखि फैलिएको झाडापखालालाई हालसम्म पनि नियन्त्रणको प्रयास नगरिएकै कारण यति धेरैको ज्यान गएको इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ । इन्सेकका अनुसार ६ हजारभन्दा बढी सर्वसाधारण झाडापखालाबाट प्रभावित भएका छन् ।



del.icio.us
Digg
ke uuhaharu nepalko janata hoinan re?
yo rogko niyantran garna nasakema dhaerai manchhek jayan jana sakchha.
Post your comment