Newsletter
Email:
Home | देश | तलब वृद्धि सिफारिस 'अन्यायपूर्ण'

तलब वृद्धि सिफारिस 'अन्यायपूर्ण'

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ प्रशासनिक पुनर्संरचना आयोगले माथिल्लो दर्जाका कर्मचारीलाई लाभ मिल्ने गरी सरकारलाई तलब वृद्धि सिफारिस गरेको छ । आयोगले पेस गरेको तलब वृद्धि र समायोजनसम्बन्धी प्रतिवेदनमा ठूला कर्मचारीको बढी साना कर्मचारीको न्यून अनुपातमा वृद्धि प्रस्ताव गरिएको छ ।

आयोगले बिहीबार प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको हो । प्रतिवेदनमा कार्यालय सहयोगीको भन्दा सचिवको तलब पाँच गुणा बढीले वृद्धि गर्न सिफारिस गरिएको छ । सरकारका मुख्य सचिवको तलब ४५ हजार पुर्‍याउन प्रस्ताव गरिएको छ भने कार्यालय सहयोगीको तलब आठ हजार दुई सय बनाउन प्रस्ताव गरिएको छ ।

हाल मुख्य सचिवको तलब २४ हजार आठ सय ६० रहेको छ भने कार्यालय सहयोगीको ६ हजार ६ सय रुपैयाँ छ । प्रस्तावमा कार्यालय सहयोगीको हालको तलबमा १६ सय मात्रै थप्न सुझाब दिएको छ । जबकि मुख्य सचिवको हालको तलबमा २० हजार एक सय ४० रुपैयाँ थप गर्न भनिएको छ । यसैगरी आयोगले सचिवको तलब ४१ हजार बनाइनुपर्ने प्रस्ताव गरेको छ । सचिवको हालको तलब २२ हजार तीन सय २० छ । सिफारिसमा सचिवको तलब पनि झन्डै ९० प्रतिशतले नै वृद्धि गर्न सुझाब दिइएको छ । प्रतिवेदनले कार्यालय सहयोगीभन्दा माथिका पद र सचिवभन्दा मुनिका पदको तलब कति हुनुपर्ने भन्नेमा स्पष्ट किटान गर्न सकेको छैन ।

आयोगले सबै राष्ट्रसेवक कर्मचारीलाई मासिक दुई हजार शैक्षिक भत्ता, परिवहन भत्ता पाउन योग्य कर्मचारीलाई मासिक १ हजार तीन सय रुपैयाँ र अवासभत्ता पाउनयोग्य कर्मचारीलाई १५ सय रुपैयाँ भत्तास्वरूप छुट्टै उपलब्ध गराउन सरकारसमक्ष सुझाब दिएको छ ।

यसैगरी अशक्त तथा अपांग कर्मचरीलाई भैपरी आउने बिदा १८ दिन, उनीहरूले उपयोग गर्ने उपकरण निःशुल्क, परिवहन भत्ता ५० प्रतिशत बढी र विशेष प्रकारको सामान खरिद गर्दा कर्मचारी संचय कोषको सापटी ५० प्रतिशत व्याज सहुलियत दिन आयोगले सरकारालाई सुझाब दिएको छ ।

प्रशासन पुनर्संरचना आयोगका सदस्य सचिव युवराज भुसालले तलब वृद्धिसम्बन्धी आयोगले दिएको सुझाब व्यावहारिक भएको दाबी गरे । 'हामीले गरेको प्रस्ताव त्यस्तो अन्यायपूर्ण छजस्तो लाग्दैन,' भुसालले नयाँ पत्रिकासँग भने, 'सार्क मुलुकको स्थितिलाई हेर्ने हो भने साना कर्मचारी र ठूला कर्मचारीबीचको अन्तर आयोगले गरेको सिफारिसभन्दा पनि अझ निकै धेरै छ ।'

 

Subscribe to comments feed Comments (3 posted):

krishna shrestha on 11/07/2009 12:03:55
avatar
Anyway govt. should make good and reliable decision so every body will benefit same category as the situation of nepal
Thumbs Up Thumbs Down
0
साना कर्मचारी on 11/07/2009 09:17:18
avatar
kasako lagi jiban bachnu ko lagi samanya ausadhi kinna paisa nabhayer marnu pareko 6, kasaiko mahina ko 50,000. la la UML ko MARKSBAD le tehi sikayeko 6. asamanta nai samajbad ho.
Thumbs Up Thumbs Down
0
Ram Kumar on 11/07/2009 08:31:23
avatar
Talab matrai badhne, tara output nabhadhe ho bhane yo sarbasadharn mathi thulo bhar huncha.So, talab badhaunu parcha tara output pani tetikai badhnu parcha
Thumbs Up Thumbs Down
0
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?